काठमाडौँ, १२ फागुन । राजनीतिक छलफल कायमै रहेकाले प्रतिनिधिसभाको आजको बैठक समयमा सुरु हुन सकेको छैन । आज दिउँसो १ बजेका लागि निर्धारित बैठक १ः३० बजेसम्म सुरु हुने सङ्केत देखिएको छैन । आजको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल गर्नेलगायत कार्यसूची ...