ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन


एबीसी न्यूज
बैशाख ८, २०८३ मंगलबार  ९ : २६ बजे

काठमाडौं, ८ वैशाख । सुशासनको सन्देश दिन भन्दै तत्कालीन श्रममन्त्री दीपककुमार साहलाई छिटो निर्णय गर्दै पदबाट हटाएका प्रधानमन्त्री बालेन शाह अहिले गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर प्रश्नमा भने मौन देखिएका छन्। एउटै सरकारभित्र फरक–फरक मापदण्ड अपनाइएको भन्दै आलोचना सुरु भएको छ।

स्वास्थ्य बीमा बोर्डमा श्रीमतीलाई सदस्य बनाएको आरोपपछि साहलाई कुनै औपचारिक स्पष्टीकरणको पर्याप्त अवसर नदिई प्रधानमन्त्रीले १३ दिनमै पदमुक्त गरेका थिए। उक्त निर्णयलाई त्यतिबेला सुशासनतर्फको ‘बोल्ड स्टेप’का रूपमा व्याख्या गरिएको थियो।

तर, अहिले गृहमन्त्री गुरुङमाथि सम्पत्ति विवरण लुकाएको, माइक्रोइन्स्योरेन्स कम्पनीमा ५० लाख रुपैयाँ बराबरको संस्थापक सेयर नदेखाएको तथा सम्पत्तिको स्रोत अस्पष्ट रहेको जस्ता गम्भीर आरोप सार्वजनिक हुँदा पनि प्रधानमन्त्री र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुवै पक्षबाट स्पष्ट प्रतिक्रिया आएको छैन।

यद्यपि, गुरुङले सामाजिक सञ्जालमार्फत सेयर खरिद ऋणमार्फत गरेको दाबी गरेका छन्, तर सार्वजनिक गरिएको सम्पत्ति विवरणमा त्यसको स्पष्ट स्रोत उल्लेख छैन। यसले कानुनी र नैतिक प्रश्न थप गहिरो बनाएको छ।

यसबीच रास्वपाको केन्द्रीय समिति बैठक बसे पनि गृहमन्त्रीसँग सम्बन्धित विवाद एजेन्डामै नपरेको बताइएको छ। बैठकमा अन्य संगठनात्मक निर्णयहरू भए पनि गुरुङ प्रकरणबारे छलफल नभएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

मन्त्रिपरिषद् बैठकमा समेत यो विषय प्रवेश नपाएको स्रोतले जनाएको छ। ‘यो मन्त्रिपरिषद्मा छलफल हुने विषय होइन,’ एक मन्त्रीले बताएका छन्।

पूर्वश्रममन्त्री साह प्रकरणमा सक्रिय देखिएको अनुशासन संयन्त्रसमेत गृहमन्त्रीको हकमा निष्क्रिय देखिएको छ। गुरुङसँग हालसम्म औपचारिक स्पष्टीकरणसमेत नमागिएको अनुशासन आयोगले जनाएको छ।

गृहमन्त्रीमाथि चौतर्फी प्रश्न उठिरहेका बेला सरकार र पार्टी नेतृत्व दुवै मौन रहनुले ‘दोहोरिएको मापदण्ड’को आरोप बलियो बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

सम्बन्धित

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

गृहमन्त्रीमाथि प्रश्न- पहिले शेयर किन लुकाए ?, अहिले ऋण छ भनेर किन ढाँटे ?

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com