ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रको बटमलाइन ६० सिट – कृष्णबहादुर महरा, प्रवक्ता, नेकपा माओवादी केन्द्र


एबीसी / संवाददाता

काठमाडौं, २ भदौ ।  सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले निर्वाचनका लागि पार्टीले ६० सिट दाबी गर्ने खुलाएका छन् । एबीसी टेलिभिजनको एक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्रले ६० सिटभन्दा कम लिन नहुने बताएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ६० सिटभन्दा कम, तल वा माथिमा केही लचक भए नेपाली कांग्रेस पनि लचक बन्नुपर्ने उनले बताए ।

उनले भने, “कांग्रेसले पनि दाबी गर्छ तर, कांग्रेस पनि लचक हुनुपर्छ । पाँच दल भनेको छनैछ । त्यसका एउटा दल थपिन सक्छ । जनता समाजवादी विभाजन भएको छ, अब ६ दल होला ।” यो विषयमा माओवादी केन्द्रमा अलग्गै नभई सत्ता गठबन्धन सँगसँगै बसेर छलफल भएको महराले बताए ।

उनले स्थानीय तहमा घनिभूतरुपमा गठबन्धन भनेजस्तो नभएको र अब पनि यस्तौ भए धेरै पराजय भोग्नुपर्ने र अरु ले पनि यो भोग्न नदिने उपायहरु खोजी भइरहेको बताए ।डा. बाबुराम भट्टराईको नेपाल समजावादी र वामदेव गौत्मको नेकपा एकता राष्ट्रिय अभियान पार्टीले माओवादी केन्द्रको चुनाव चिन्हमा लड्न गरेको अनुरोध पार्टीले स्वीकार गरेको र पार्टी संयोजन समिति बनाउने उद्देश्यमा आधारित भएर कुरा अघि बढेको उनले चर्चा गरे । यो केही दिनमा टुंगो लाग्ने उनको भनाइ छ ।

उनले भने, “राजनीतिक काम भइ नै रहन्छन् । चुनावको तयारीको कुरा छ, घोषणापत्र तयारी गर्ने । गठबन्धन कसरी लाने । निर्वाच्नका निमित्त सिट बाँडफाँट कसरी गर्ने र समाजवादी केन्द्र बनाउने उद्देश्यमा काम भइरहेकै छ । बाबुराम र वामदेवले माओवादी केन्द्रको चुनाव चिन्ह प्रयोग गर्ने भन्ने कुरा पार्टीको निर्देशन मान्ने भनेको अर्थ लाग्ने उनले जोडे ।
उनले विगतमा दुई/दुई पटक प्रतिनिधिसभा विघटनपछि प्रतिगमनले टाउनको उठाएको महसुस कांग्रेसले पनि गरेको र यो राजनीतिक यात्रालाई संवैधानिक ट्रयाक्मा राख्न गठबन्धनलाई चुनावसम्म लाने समझदारी भएको बताए ।

माओवादीभित्र भनेजस्त पार्टी निर्माण नभएको, जनताको विश्वस जितेर जनतातर्फ फर्कन नसकेको र यसलाई समिक्ष्ाँ गरेर अघि बढ्नुपर्ने उनले बताए । उनले भने, पार्टी नयाँ ढंगले सम्हाल्न तयार छ । त्यो अनुसारको कार्यकर्ताको व्यवस्थापन गर्न ।”

देशलाई परिवर्तनको दिशामा लान नदिने, यथास्थिती कायम गर्ने वा पछि हटाउने तीन खाले प्रवृत्ति रहेकाले यसका विरुद्ध माओवादी केन्द्र परिवर्तनलाई सम्हाल्ने शक्ति भएको दाबी गरे । “परिवर्तनकारी शत्तिः एकै ठाउँमा हुनुपर्ने पक्षमा छौं । त्यसका निमित्त समाजवादी उन्मुख वा साम्राज्यवाद उन्मुखतिर भन्ने छ नि , अग्रगामी परिवर्तनको दिशामा जति पनि शक्ति छौं, त्यो समेट्ने प्रयास भइरहेको छ । विगतमा अप्नाएको कमी, कमजोरी छन् भने आत्माआलोचना गरेका छौं । अब एकता कतिको हुन्छ । हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिन्नँ”, महरा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गृह मन्त्रालयबाट निस्किँदै रविले पत्रकारलाई भने– म अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ, फैसला सम्मान गर्छु

  काठमाडौं १३ माघ । सर्वोच्च अदालतले सांसद पद बदर गरिदिएका रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएका छन्। शुक्रबार साँझ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई सर्वोच्चको

झुठ लोकप्रियतावादको अवसान, लामिछानेको ३२ दिनमै उपप्रधान सहित पार्टी सभापति पद गयो, फोजदारी अभियोग लाग्ने निश्चत

  काठमाडौँ १३ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले स्तो लोकप्रियताबाद र राजनीतिक दलहरुप्रतिको आक्रोशबाट उदाउन नपाउंदै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको

रवि लामिछानेको सांसद पद खारेज (फैसलाको पूर्णपाठ)

काठमाडौं, १३ माघ सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । यससँगै उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको छ । ४

सम्बन्धित

गृह मन्त्रालयबाट निस्किँदै रविले पत्रकारलाई भने– म अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ, फैसला सम्मान गर्छु

झुठ लोकप्रियतावादको अवसान, लामिछानेको ३२ दिनमै उपप्रधान सहित पार्टी सभापति पद गयो, फोजदारी अभियोग लाग्ने निश्चत

रवि लामिछानेको सांसद पद खारेज (फैसलाको पूर्णपाठ)

रवि लामिछानेको सांसद पद खारेज

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

एक वर्षपछि राष्ट्रियसभाले उपाध्यक्ष पाउने, निर्वाचन मिति तोकियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...