काठमाडौँ, २५ भदौ । देशव्यापी रूपमा बृहत्तर कार्यक्रम साथ मनाइँदै आएको संविधान दिवस (राष्ट्रिय दिवस) यसपटक घर घरमै बसेर राष्ट्रिय झन्डा फहराएर मनाइने भएको छ । कोभिड–१९ महामारीबीच ‘संविधान दिवस (राष्ट्रिय दिवस) हर्षोल्लासका साथ मनाऔँ, घर घरमा राष्ट्रिय झन्डा फहराऔँ’ भन्ने मूल नारा तय गरिएको ...