ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वास्तवमा नेपाल र भारत दुई देश होइनन् – बीपी कोइराला


एबीसी न्यूज
भाद्र २४, २०७७ बुधबार   ४ : ५३   बजे


साथी हो,
हाम्रो यस सभाले जति कुरामा विचार गर्नुपर्ने थियो, तपाईहरु समक्ष विभिन्न प्रस्तावका रुपमा ती सबै उपस्थित भएको र तपाईहरुले तिनीहरु माथि आफ्नो स्वीकृति पनि दिइसक्नुभयो । वास्तवमा नेपाल र भारत दुई देश होइनन् ।

नेपा जातीय, धार्मिक र आर्धिक दृष्टिबाट हरेक प्रकारले भारतवर्षकै एउटा प्रमुख अङ्ग रहेको देखिन्छ । आज राजनीतिक दृष्टिले जुन भिन्नता देखिन्छ, त्यसको मुलमा कुटनीतिज्ञ र स्वार्थी राजनीतिज्ञहरुको चालबाजी मात्र छ । भारतालाई दासताको जुवा बोकाउने ब्रिटिस शासनले सन् १८५७ को भारतीय जनक्रान्तिपछि हिन्दुस्तानमा उसको राज्य केबल फुटले मात्र कायम हुनसक्छ भन्ने अनुभव ग¥यो । व्रिटेलले नेपाली र शिखहरुको सहायताबाट त्यस महान् आन्दोलनलाई बिफल पार्न सफल हुनु यसको प्रत्यक्ष दृष्टान्त थियो ।

त्यस आन्दोलनबाट ब्रिटिस राजनीतिज्ञहरुले शिक्षा लिएर ब्रिटिस राज्यमा भारतका साना–साना राज्यलाई गाभ्ने आफ्नोे नीति छोडे । त्यसको परिणाम के भयो भने आजसम्म पनि हाम्रा साथी नेपालीहरु भारतवर्षका आफ्नै दाजुभाइहरको स्वतन्त्रताको बाटोमा मुढो तेस्र्याउंदै छन्, उनीहरु माथि शत्रुझैं गोली चलाउँदै छन् । आफ्नै देशका दुईथरि दाजुभाइले मारकाट गर्नु र त्यसबाट विदेशीलाई लाभ लिनु लज्जाको विषय हो ।

नेपाललाई भारत भन्दा भिन्न देश घोषित गर्दा केबल ब्रिटिस साम्राज्यवादलाई मात्र लाभ छैन, यसबाट हाम्रा देशका स्वेच्छाचारी शासनहरुको पनि ठुलो स्वार्थसिद्ध हुन्छ । मानांै यसैमा उनीहरुको अस्तित्व कायम रहन्छ । उनीहरुले भारत भन्दा भिन्न घोषित गरेर नै अशिक्षा र अज्ञान्तमा राखेका आफ्ना सोझा प्रजाहरुलाई मुर्ख बनाउंदै भारत वर्षमा चलिरहेको स्वतन्त्रताको आन्दोलनबाट अलग राख्न र त्यसको बाधक बनाउन पनि सक्छन् । यसरी अलग हुंदा नेपालका प्रजा पनि उत्तरोत्तर बलवान हुंदै गएका आफ्ना भारतीय दाजुभाइ, दिदीबहिनीहरुको सहयोग र सहायताबाट बञ्चित हुनेछन् ।

तर हामी त्यति सजिलै ठगिने छैन । ज्ञानको प्रखर ज्योतीले हाम्रा आँखा पनि विस्तार विस्तार उघ्रिन लागेका छन् । हामीहरुलाई यति चांडै यतिका सहयोगीहरु प्राप्त हुनु त्यसैको प्रमाण हो । हामीले अब अझै संगठित भएर १ नेपालमा अहिंसात्मक साधनद्वारा जनताको सहयोगले उत्तरदायी शासनको स्थापना गर्ने र २ भारतीय स्वतन्त्रता संग्राममा पुन सहयोग दिने, आफ्नो संस्थाको यी उद्देश्यलाई प्रत्यक नेपाली दाजुभाइ, दिदीबहिनीहरुको कानसम्म पु¥याएर उनीहरुको सहानुभुति र सहयोग प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ ।

किनभने जनताको राज्य स्थापित गर्नको लागि जनताकै सहयोग चाहिन्छ । लुकेर वा गुप्त संगठनद्वारा यो काम सम्पन्न गर्न त्यति सजिलो हुंदैन । नेपालमा प्रजापरिषदको विफलता र भारतमा क्रान्तिकारी दलको असफलताले यो कुरा सिद्ध गरिसकेको छ । म मान्छु नेपालको वर्तमान शासन प्रणाली शिथिल भइसकेको छ । सुधारवादीको साधरण भन्दा साधरण कामले पनि अपराधी शासकहरु तर्सिन्छन् र उनीहरुलाई बलपूर्वक हटाउन गाह्रो छैन् । तर त्यस अवस्थामा मात्र यो काम सफल हुनसक्छ । जब ब्रिटिस शक्ति आफ्ना सहायक यी कठपुतली शासकहरुको सहायताका लागि जनतालाई दमन गर्न तोप र तरबार लिएर हाजिर हुनेछैन । यहि कारणले हामीले भारतमा ब्रिटिस शासनको अन्त्य गर्नका निमित भारतीय स्वतन्त्रता संग्रामलाई पनि पुर्ण सहयोग दिने उद्देश्य राख्नु आवश्यक भएको हो ।

यसका अतिरिक्त एउटै उद्देश्य लिएर अग्रसर हुँदा भारत र नेपालका साथीहरुलाई पारस्परिक सहायताले पनि निकै बल दिने छ र जर्जर भइसकेको ब्रिटिस शासनको नास अझ छिटो गरिदिनेछ । निसन्देह यो काम अखिल भारतीय कांग्रेस महासभाले लिएको अहिंसाको साधनबाटै हुनेछ । त्यसको अभेद्य शक्ति, सुरक्षित प्रयोग र स्थायी प्रभाव कसैको दृष्टिबाट लुकेको छैन ।

हाम्रा वर्तमान शासकहरुले हाम्रो देश नेपाल त अझै स्वतन्त्र छ भनेर आफ्ना सोझा प्रजालाई छक्याएको देख्दा हाँसो उठ्छ । के स्वतन्त्रताको लक्ष्यण यही हो रु यहाँ रहेको देशव्यापी अशिक्षा र दरिद्रताले मानिस र पशुमा खासै अन्तर छैन । जनतालाई बोल्ने स्वतन्त्रा छैन, हिंड्ने स्वतन्त्रता छैन, विचार गर्ने स्वतन्त्रता छैन, रुने–हांस्ने स्वतन्त्रता छैन । जनताको मान, इज्जत, जीवन, परिवार, धन, यश पनि केहि सुरक्षित छैन ।

स्वेच्छाचारी शासक वर्गको मर्जि र हुकुमको अगाडि सबै निरिह छन् । यहाँ कानुन भनेको केही पनि होइन, केबल प्रभुको हुकुम मात्र ठुलो कुरा हो । यो स्वतन्त्रता हो कि स्वतन्त्रताको उपहास रु जापान र टर्की पनि नेपाल जत्रै राष्ट्र हो तर नेपाल र उनीहरुमा तुलना गर्न मिल्दैन । उनीहरु भन्दा हामीहरु कुनै कुरामा हिन थियौँ रु तर किन हाम्रो यस्तो अवस्था छ रु प्रजालाई स्वतन्त्रताको धोकामा राख्ने नेपालका शासकहरुले यसको उत्तर दिऊन् ।

हामीहरुले निकै पछि चेत्यौँ । संसार हामी भन्दा निकै अगाडि बढिसक्यो । उसलाई हामीले दौगुरेर भेटाउनु पर्यो । अब हामीसंग ग्ड्यांैलाको चालले बामे सर्ने समय छैन । नेपाल सरकारले नगरपालिका र अरु त्यस्तै साधरण विभागमा काम गर्ने आफ्ना चाकरियालाई जनताका प्रतिनिधि हुन् भनेर प्रजाका आँखामा छारो हाल्ने समय उहिल्यै बितिसक्यो । हामी नेपालमा उत्तरदायी शासन स्थापना नभइ कदापि सन्तुष्ट हुन सक्दैनौँ । नेपालको वर्तमान सरकारले जनताको भलो चाहन्छ भने अझै बढी हानी हुनु भन्दा पहिले नै शुद्ध मनले तुरुन्तै यस कामा तात्पर्यता देखाओस् ।

यस सम्बन्धमा म एउटा कुरा अझ प्रस्ट पार्न चाहन्छु । हाम्रो कुनै वर्ग वा सम्प्रदाय सित कदापि शत्रुता छैन । नेपालमा बस्ने वा नेपालसंग कुनै प्रकारको सम्बन्ध हुने सबै व्यक्ति हाम्रा दाजुभाइ हुन् । देशको उपकार र उन्नति नै हाम्रो अभिष्ट र लक्ष्य हो । हामी केबल निरंकुश स्वच्छाचारी शासन प्रणालीका विरोधी हौँ । त्यस कारण कुनै वर्ग विशेषले हामीबाट व्यक्तिगत अनिष्ट हुने आशंका गर्नु उचित छैन । हाम्रा निमित सबैको सहायता ग्राह्य छ र हामी पनि जाति, वर्ग वा कुलको प्रभाव नगरी योग्यताको विचार गर्दै सबैको सहायक बन्ने छौ । सम्पुर्ण राष्ट्रको उन्नति र अभ्युदयका लागि नै हामी प्रयन्तशील रहेको छौँ ।

समय थोरै छ, काम ठुलो छ । यस कारण नेपाल राष्ट्रका प्रत्यक दाजुभाइ, दिदीबहिनी सित यस संस्थाका कुनै सदस्यले व्यक्तिगत रुपमा पुगेर सहयोग र सहायताका लागि प्राथना गर्ने बाटो नपर्खी हामीलाई सहायता गर्न स्वयम नै उपस्थीत हुनका लागि नेपाली राष्ट्रिय कांग्रेसका तर्फबाट मेरो नम्र निवेदन छ । उनीहरुबाट सहायता प्राप्त गर्ने नै हाम्रो प्रयन्त हो । त्यसकारण उनीहरुले आफ्नो यो संस्थामा स्वयम् अविलम्ब आएर यसलाई आफ्नो सहयोग दिंदै यसको शक्ति बढाउनुपर्छ । नेपालमा कुनै प्रकारको आर्थिक, राजनीतिक र सामाजिक सम्बन्ध भएको स्त्री, पुरुष यस संस्थाका सदस्य, प्रतिनिधि वा पदाधिकारी बन्न सक्छन् । तसर्थ यस प्रारम्भ गर्न जनताबाट जस्तो उत्साहजनक सहयोग हामीलाई प्राप्त भयो । त्यो उत्तरोत्तर बढ्दै जाने छ र हामीलाई उत्साह सहयोग र धन सम्बन्धी सहायताको अभाव कहिले हुने छैन भन्ने आशा मात्र होइन विश्वास पनि छ ।

दाताहरुको सहायतामा नेपाली भाषामै हाम्रो एउटा साप्ताहिक पत्रिका “कांशी”बाट प्रकाशित हुने भएको छ भन्ने सूचना दिदा मलाई हर्ष लागेको छ । यसद्वारा हामीहरु आफ्नो सन्देश कार्यक्रमको सूचना र आफ्ना राजनीतिक, सामाजिक, धार्मिक र सांस्कृतिक विचारहरु आफ्ना दाजुभाइ, दिदीबहिनीहरु सम्म अति शिघ्र र सुगमतापूर्वक पु¥याउन सक्नेछौँ । यस बीच हाम्रा सन्देशहरु स–साना पुस्तिका तथा बुलेटिन मार्फत प्रचारित हुनेछन् । तिनीहरु सुगमतापूर्वक र छिटो प्राप्त गर्नका निमित हामीलाई विशेष चन्दा स्वरुप कम्तिमा पाँच रुपैयांका साथ आफ्नो ठेगाना अपेक्षित छ ।
मलाई आदरपूर्वक सभापति बनाए बापत तपाईंहरुलाई पुनः धन्यवाद दिन्न्छु ।
बन्दे मातरम ।
२६, जनवरी १९४७÷१३ माघ २००३
– नेपाली राष्ट्रिय कांग्रेसको स्थापना सम्मेलनको उद्घाटन भाषण शिर्षमा प्रकाशित । स्रोत : नेपाली राष्ट्रिय कांग्रेसको कलकत्ता सम्मेलन पुस्तिका (विश्वेश्वरप्रसाद कोइराला प्रतिनिधि संकलन, प्रधानसम्पादक प्रदीप गिरी)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group