वास्तवमा नेपाल र भारत दुई देश होइनन् – बीपी कोइराला




साथी हो,
हाम्रो यस सभाले जति कुरामा विचार गर्नुपर्ने थियो, तपाईहरु समक्ष विभिन्न प्रस्तावका रुपमा ती सबै उपस्थित भएको र तपाईहरुले तिनीहरु माथि आफ्नो स्वीकृति पनि दिइसक्नुभयो । वास्तवमा नेपाल र भारत दुई देश होइनन् ।

नेपा जातीय, धार्मिक र आर्धिक दृष्टिबाट हरेक प्रकारले भारतवर्षकै एउटा प्रमुख अङ्ग रहेको देखिन्छ । आज राजनीतिक दृष्टिले जुन भिन्नता देखिन्छ, त्यसको मुलमा कुटनीतिज्ञ र स्वार्थी राजनीतिज्ञहरुको चालबाजी मात्र छ । भारतालाई दासताको जुवा बोकाउने ब्रिटिस शासनले सन् १८५७ को भारतीय जनक्रान्तिपछि हिन्दुस्तानमा उसको राज्य केबल फुटले मात्र कायम हुनसक्छ भन्ने अनुभव ग¥यो । व्रिटेलले नेपाली र शिखहरुको सहायताबाट त्यस महान् आन्दोलनलाई बिफल पार्न सफल हुनु यसको प्रत्यक्ष दृष्टान्त थियो ।

त्यस आन्दोलनबाट ब्रिटिस राजनीतिज्ञहरुले शिक्षा लिएर ब्रिटिस राज्यमा भारतका साना–साना राज्यलाई गाभ्ने आफ्नोे नीति छोडे । त्यसको परिणाम के भयो भने आजसम्म पनि हाम्रा साथी नेपालीहरु भारतवर्षका आफ्नै दाजुभाइहरको स्वतन्त्रताको बाटोमा मुढो तेस्र्याउंदै छन्, उनीहरु माथि शत्रुझैं गोली चलाउँदै छन् । आफ्नै देशका दुईथरि दाजुभाइले मारकाट गर्नु र त्यसबाट विदेशीलाई लाभ लिनु लज्जाको विषय हो ।

नेपाललाई भारत भन्दा भिन्न देश घोषित गर्दा केबल ब्रिटिस साम्राज्यवादलाई मात्र लाभ छैन, यसबाट हाम्रा देशका स्वेच्छाचारी शासनहरुको पनि ठुलो स्वार्थसिद्ध हुन्छ । मानांै यसैमा उनीहरुको अस्तित्व कायम रहन्छ । उनीहरुले भारत भन्दा भिन्न घोषित गरेर नै अशिक्षा र अज्ञान्तमा राखेका आफ्ना सोझा प्रजाहरुलाई मुर्ख बनाउंदै भारत वर्षमा चलिरहेको स्वतन्त्रताको आन्दोलनबाट अलग राख्न र त्यसको बाधक बनाउन पनि सक्छन् । यसरी अलग हुंदा नेपालका प्रजा पनि उत्तरोत्तर बलवान हुंदै गएका आफ्ना भारतीय दाजुभाइ, दिदीबहिनीहरुको सहयोग र सहायताबाट बञ्चित हुनेछन् ।

तर हामी त्यति सजिलै ठगिने छैन । ज्ञानको प्रखर ज्योतीले हाम्रा आँखा पनि विस्तार विस्तार उघ्रिन लागेका छन् । हामीहरुलाई यति चांडै यतिका सहयोगीहरु प्राप्त हुनु त्यसैको प्रमाण हो । हामीले अब अझै संगठित भएर १ नेपालमा अहिंसात्मक साधनद्वारा जनताको सहयोगले उत्तरदायी शासनको स्थापना गर्ने र २ भारतीय स्वतन्त्रता संग्राममा पुन सहयोग दिने, आफ्नो संस्थाको यी उद्देश्यलाई प्रत्यक नेपाली दाजुभाइ, दिदीबहिनीहरुको कानसम्म पु¥याएर उनीहरुको सहानुभुति र सहयोग प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ ।

किनभने जनताको राज्य स्थापित गर्नको लागि जनताकै सहयोग चाहिन्छ । लुकेर वा गुप्त संगठनद्वारा यो काम सम्पन्न गर्न त्यति सजिलो हुंदैन । नेपालमा प्रजापरिषदको विफलता र भारतमा क्रान्तिकारी दलको असफलताले यो कुरा सिद्ध गरिसकेको छ । म मान्छु नेपालको वर्तमान शासन प्रणाली शिथिल भइसकेको छ । सुधारवादीको साधरण भन्दा साधरण कामले पनि अपराधी शासकहरु तर्सिन्छन् र उनीहरुलाई बलपूर्वक हटाउन गाह्रो छैन् । तर त्यस अवस्थामा मात्र यो काम सफल हुनसक्छ । जब ब्रिटिस शक्ति आफ्ना सहायक यी कठपुतली शासकहरुको सहायताका लागि जनतालाई दमन गर्न तोप र तरबार लिएर हाजिर हुनेछैन । यहि कारणले हामीले भारतमा ब्रिटिस शासनको अन्त्य गर्नका निमित भारतीय स्वतन्त्रता संग्रामलाई पनि पुर्ण सहयोग दिने उद्देश्य राख्नु आवश्यक भएको हो ।

यसका अतिरिक्त एउटै उद्देश्य लिएर अग्रसर हुँदा भारत र नेपालका साथीहरुलाई पारस्परिक सहायताले पनि निकै बल दिने छ र जर्जर भइसकेको ब्रिटिस शासनको नास अझ छिटो गरिदिनेछ । निसन्देह यो काम अखिल भारतीय कांग्रेस महासभाले लिएको अहिंसाको साधनबाटै हुनेछ । त्यसको अभेद्य शक्ति, सुरक्षित प्रयोग र स्थायी प्रभाव कसैको दृष्टिबाट लुकेको छैन ।

हाम्रा वर्तमान शासकहरुले हाम्रो देश नेपाल त अझै स्वतन्त्र छ भनेर आफ्ना सोझा प्रजालाई छक्याएको देख्दा हाँसो उठ्छ । के स्वतन्त्रताको लक्ष्यण यही हो रु यहाँ रहेको देशव्यापी अशिक्षा र दरिद्रताले मानिस र पशुमा खासै अन्तर छैन । जनतालाई बोल्ने स्वतन्त्रा छैन, हिंड्ने स्वतन्त्रता छैन, विचार गर्ने स्वतन्त्रता छैन, रुने–हांस्ने स्वतन्त्रता छैन । जनताको मान, इज्जत, जीवन, परिवार, धन, यश पनि केहि सुरक्षित छैन ।

स्वेच्छाचारी शासक वर्गको मर्जि र हुकुमको अगाडि सबै निरिह छन् । यहाँ कानुन भनेको केही पनि होइन, केबल प्रभुको हुकुम मात्र ठुलो कुरा हो । यो स्वतन्त्रता हो कि स्वतन्त्रताको उपहास रु जापान र टर्की पनि नेपाल जत्रै राष्ट्र हो तर नेपाल र उनीहरुमा तुलना गर्न मिल्दैन । उनीहरु भन्दा हामीहरु कुनै कुरामा हिन थियौँ रु तर किन हाम्रो यस्तो अवस्था छ रु प्रजालाई स्वतन्त्रताको धोकामा राख्ने नेपालका शासकहरुले यसको उत्तर दिऊन् ।

हामीहरुले निकै पछि चेत्यौँ । संसार हामी भन्दा निकै अगाडि बढिसक्यो । उसलाई हामीले दौगुरेर भेटाउनु पर्यो । अब हामीसंग ग्ड्यांैलाको चालले बामे सर्ने समय छैन । नेपाल सरकारले नगरपालिका र अरु त्यस्तै साधरण विभागमा काम गर्ने आफ्ना चाकरियालाई जनताका प्रतिनिधि हुन् भनेर प्रजाका आँखामा छारो हाल्ने समय उहिल्यै बितिसक्यो । हामी नेपालमा उत्तरदायी शासन स्थापना नभइ कदापि सन्तुष्ट हुन सक्दैनौँ । नेपालको वर्तमान सरकारले जनताको भलो चाहन्छ भने अझै बढी हानी हुनु भन्दा पहिले नै शुद्ध मनले तुरुन्तै यस कामा तात्पर्यता देखाओस् ।

यस सम्बन्धमा म एउटा कुरा अझ प्रस्ट पार्न चाहन्छु । हाम्रो कुनै वर्ग वा सम्प्रदाय सित कदापि शत्रुता छैन । नेपालमा बस्ने वा नेपालसंग कुनै प्रकारको सम्बन्ध हुने सबै व्यक्ति हाम्रा दाजुभाइ हुन् । देशको उपकार र उन्नति नै हाम्रो अभिष्ट र लक्ष्य हो । हामी केबल निरंकुश स्वच्छाचारी शासन प्रणालीका विरोधी हौँ । त्यस कारण कुनै वर्ग विशेषले हामीबाट व्यक्तिगत अनिष्ट हुने आशंका गर्नु उचित छैन । हाम्रा निमित सबैको सहायता ग्राह्य छ र हामी पनि जाति, वर्ग वा कुलको प्रभाव नगरी योग्यताको विचार गर्दै सबैको सहायक बन्ने छौ । सम्पुर्ण राष्ट्रको उन्नति र अभ्युदयका लागि नै हामी प्रयन्तशील रहेको छौँ ।

समय थोरै छ, काम ठुलो छ । यस कारण नेपाल राष्ट्रका प्रत्यक दाजुभाइ, दिदीबहिनी सित यस संस्थाका कुनै सदस्यले व्यक्तिगत रुपमा पुगेर सहयोग र सहायताका लागि प्राथना गर्ने बाटो नपर्खी हामीलाई सहायता गर्न स्वयम नै उपस्थीत हुनका लागि नेपाली राष्ट्रिय कांग्रेसका तर्फबाट मेरो नम्र निवेदन छ । उनीहरुबाट सहायता प्राप्त गर्ने नै हाम्रो प्रयन्त हो । त्यसकारण उनीहरुले आफ्नो यो संस्थामा स्वयम् अविलम्ब आएर यसलाई आफ्नो सहयोग दिंदै यसको शक्ति बढाउनुपर्छ । नेपालमा कुनै प्रकारको आर्थिक, राजनीतिक र सामाजिक सम्बन्ध भएको स्त्री, पुरुष यस संस्थाका सदस्य, प्रतिनिधि वा पदाधिकारी बन्न सक्छन् । तसर्थ यस प्रारम्भ गर्न जनताबाट जस्तो उत्साहजनक सहयोग हामीलाई प्राप्त भयो । त्यो उत्तरोत्तर बढ्दै जाने छ र हामीलाई उत्साह सहयोग र धन सम्बन्धी सहायताको अभाव कहिले हुने छैन भन्ने आशा मात्र होइन विश्वास पनि छ ।

दाताहरुको सहायतामा नेपाली भाषामै हाम्रो एउटा साप्ताहिक पत्रिका “कांशी”बाट प्रकाशित हुने भएको छ भन्ने सूचना दिदा मलाई हर्ष लागेको छ । यसद्वारा हामीहरु आफ्नो सन्देश कार्यक्रमको सूचना र आफ्ना राजनीतिक, सामाजिक, धार्मिक र सांस्कृतिक विचारहरु आफ्ना दाजुभाइ, दिदीबहिनीहरु सम्म अति शिघ्र र सुगमतापूर्वक पु¥याउन सक्नेछौँ । यस बीच हाम्रा सन्देशहरु स–साना पुस्तिका तथा बुलेटिन मार्फत प्रचारित हुनेछन् । तिनीहरु सुगमतापूर्वक र छिटो प्राप्त गर्नका निमित हामीलाई विशेष चन्दा स्वरुप कम्तिमा पाँच रुपैयांका साथ आफ्नो ठेगाना अपेक्षित छ ।
मलाई आदरपूर्वक सभापति बनाए बापत तपाईंहरुलाई पुनः धन्यवाद दिन्न्छु ।
बन्दे मातरम ।
२६, जनवरी १९४७÷१३ माघ २००३
– नेपाली राष्ट्रिय कांग्रेसको स्थापना सम्मेलनको उद्घाटन भाषण शिर्षमा प्रकाशित । स्रोत : नेपाली राष्ट्रिय कांग्रेसको कलकत्ता सम्मेलन पुस्तिका (विश्वेश्वरप्रसाद कोइराला प्रतिनिधि संकलन, प्रधानसम्पादक प्रदीप गिरी)

    Comment Here!


सम्बन्धित समाचार

View All