ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रथ तान्ने क्रममा पक्राउ परेकालाई निसर्त अविलम्ब रिहा गर्नुपर्ने मेयर महर्जनको माग


एबीसी न्यूज
भाद्र २४, २०७७ बुधबार  ९ : ५६ बजे

काठमाडौं, २२ भदौ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भदौ १८ रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेकालाई निसर्त अबिलम्ब रिहा गर्नुपर्ने बताउनु भएको छ । महानगरका प्रमुख महर्जनद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘ ललितपुर महानगरपालिकाभित्र भएको उक्त घटनामा पक्राउ परेकाहरुको रिहाइका लागि ललितपुर महानगरपालिका प्रमुखको हैसियतले म , ज्यापु समाज र १९ वटा जातिय संघसंस्था समेतले निसर्त रिहा गर्न स्थानीय प्रशासनलाई भनेको कुरा जानकारी गराउन चाहन्छु । ’विना योजना, स्थानीय प्रशासनलाई जानकारी नै नदिई भदौ १८ गते एक समूहले ललितपुरको पुल्चोकमा रहेको रथ तानेको थियो । रथ तान्ने क्रममा प्रहरी र रथ तान्न गएका समूहहरुबीच दोहोरो झडप भएको थियो ।

स्थानीय प्रशासन र रथ तान्ने समूहबीच गत बिहिबार भएको घटनापछि ज्यापु समाजको नेतृत्वमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबुु महर्जन सहित १९ वटा जातिय संघसंस्था र मसहितको छलफल पश्चात भदौ २१ गते धार्मिक विधिपूर्वक सांकेतिक रुपमा श्री मछिन्द्रनाथ रथ तानिएको थियो ।

विज्ञप्तिमा भदौ १८ गते विधि नपु¥याई रथ तान्दा उत्पन्न परिस्थितिले धर्म संस्कृतिप्रेमी सबैको मनमा घाउचोट लागेतापनि भदौं २१ गते धार्मिक प्रक्रिया र विधिपूर्वक सौहर्दपूर्ण वातावरणमा स्वास्थ्य सतर्कता अबलम्बन गरी रथ तान्ने काम सम्पन्न भएबाट घाउचोटमा मल्हमपट्टि लागेको ठहर गरेको उल्लेख छ । विज्ञप्तिमा भदौ १८को घटनामा घाइते भएका ट्राफिक प्रहरी लगायत अन्यको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com