काठमाडौँ, ११ चैत। काठमाडौंको ठमेलबाट २० जना विदेशी महिलाहरू पक्राउ परेका छन् ।ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने २० जना युगान्डाका महिलाहरू पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
उनका अनुसार, ती महिलाहरूलाई काठमाडौं महानगरपालिका–२६ फायरचोकस्थित सडकखण्डबाट पक्राउ गरिएको हो ।बाटो हिंड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधरण पुरुषहरूलाई अनावश्यक रुपमा बाटो छेकी अश्लिल क्रियाकलाप सम्बन्धी मोलमोलाइ गरी दुस्ख दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्