ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’


एबीसी न्यूज
चैत्र ११, २०८२ बुधबार  १ : ०३ बजे

काठमाडौं, ११ चैत्र । काठमाडौं महानगरपालिकाले महामारीजन्य रोग नियन्त्रणको लागि समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गरेको छ ।

महानगरले समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गर्नको लागि स्वास्थ्यकर्मीहरुलाई दुई दिने तालिम दिएको हो । महानगरको स्वास्थ्य विभागले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा सबै शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको जनाएको छ । महानगरको स्वास्थ्य सेवा विभाग अन्तर्गत महामारी तथा रोग नियन्त्रण महाशाखाका रोग निगरानी फोकल पर्सन कौशलचन्द्र सुवेदीले समुदायमै रोगको प्रारम्भिक पहिचान, निगरानी र नियन्त्रणका लागि यो प्रणाली महत्वपूर्ण हुने बताउनु भयो । तालिममा सहभागी स्वास्थ्यकर्मीहरूलाई रोग पहिचान, तथ्याङ्क संकलन, जोखिम मूल्याङ्कन तथा सोहीअनुसार प्रतिकार्य गर्ने सीप प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपालमा रोग निगरानी प्रणालीको महत्व उच्च भएपनि पछिल्ला वर्षहरूमा यसको अभ्यास समुदायस्तरसम्म प्रभावकारी रूपमा विस्तार हुन नसकेको उहाँको भनाई छ । विशेषगरी कोभिड–१९ महामारीका क्रममा कमजोर निगरानी प्रणालीका कारण ठूलो जनधनको क्षति व्यहोर्नुपरेको उहाँले बताउनु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८१ असारमा ५२ वटा प्रमुख संक्रामक रोगलाई प्राथमिकतामा राख्दै नियन्त्रण रणनीति अघि बढाएको उहाँले जानकारी दिनुभयो । साथै, ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२’ जारी गर्दै समुदायस्तरमै रोग नियन्त्रण प्रणाली कार्यान्वयन गर्ने मार्गनिर्देशन दिएको उहाँको भनाई छ । सोही कार्यक्रमअनुसार तालिम आयोजना गरेको उहाँले जानकारी दिनुभयो । अब समुदायमा कुनै असामान्य स्वास्थ्य घटना देखिएमा तत्काल जानकारी दिन सकिने व्यवस्था गरिएको छ । एकैपटक धेरै मानिस बिरामी पर्नु, नौलो रोग देखिनु, पशुपंक्षीको अस्वाभाविक मृत्यु हुनु वा ज्वरो, झाडापखाला, श्वासप्रश्वासजस्ता लक्षण व्यापक रूपमा देखिएमा नागरिकले नजिकको स्वास्थ्य संस्था वा ‘हेलो स्वास्थ्य’ हटलाइन १११५ मा खबर गर्न सक्नेछन् ।

उहाँले भन्नुभयो, ‘यो समुदायमा आधारित रोग नियन्त्रणको कार्यक्रम हो । तालिममा सहभागीहरुलाई रोग निगरानी सम्बन्धी तालिम दिइनेछ । उनीहरुलाई समुदायमा काम गर्न जाँदा रोगको पहिचान गर्ने, निगरानी राख्ने र तथ्याङ्क संकलन गर्ने, रोगको जोखिमको लेखाजोखा गर्ने र जोखिमको प्रकारअनुसार त्यसको प्रतिकार गर्ने कार्यक्रमको उदेश्य हो । नेपालमा रोग निगरानीका कार्यक्रमहरु एकदमै महत्वपूर्ण छ । तर पछिल्ला वर्षहरुको रोग निगरानी समुदायसम्म त्यति धेरै अभ्यास गरिएन । कोभिडको महामारीमा रोग नियन्त्रण सबलीकरण नहुँदाखेरी त्यसले ठुलो जनधनको क्षति पु¥यायो । नेपाल पनि अछुतो रहन सकेन । विश्वका केही देशहरुले त्यसमा राम्रो निगरानी प्रणाली अपनाएर रोगको जोखिम भार घटाए भने नेपाल चाँही नराम्ररी प्रभावित हुन पुग्यो । त्यसकारण स्वास्थ्य मन्त्रालयले संक्रमण रोग नियन्त्रणको लागि २०८१ को असारमा ५२ वटा मुख्य संक्रमक रोगहरुको प्राथमिकिकरण गरेको छ ।

महामारीजन्य रोगलाई पहिचान गरेर त्यसको व्यवस्थापन गर्नको लागी सरकारले पनि विभिन्न दस्तावेजहरु जारी गरेको छ । पछिलो समय जारी भएको समुदायमा आधारित रोग निगरानी निर्देशिका हो, त्यो निर्देशिकाले समुदायमा आधारित रोग नियन्त्रण प्रणालीलाई निदिष्ट गरेको छ । सोहीअनुसार यसमा स्वास्थ्यकमीहरुलाई दुई दिनको क्षमता अभिवृद्धि तालिम आयोजना गरेका छौँ । तालिममा रोग निगरानीका चरण, प्रणाली, यसले कसरी काम गर्ने भन्ने जानकारी गराउनेछोँ । यो प्रणाली लागू भएपछि समुदायमा नै रोग पहिचान गर्न सकिनेछ । महामारी जन्य रोगको सूचना जनस्तरबाट नै सूचना लिएर त्यसलाई प्रतिकार्य गर्ने काम यसले गर्छ ।’

महानगरको स्वास्थ्य विभागका प्रकाश परियारले काठमाडौंमा ठूला अस्पतालको पहुँच हुँदाहुँदै पनि समुदायस्तरसम्म स्वास्थ्य सेवा पुग्न नसकेको बताउनु भयो । हालको स्वास्थ्य प्रणाली उपचारमुखी भएकोले अब रोकथाममुखी रणनीतिमा जानुपर्ने आवश्यकता रहेको उहाँले औंल्याउनु भयो । उहाँकाअनुसार समुदायमै रोग निगरानी प्रणाली सञ्चालन गरिएपछि रोग फैलिन नदिन र समयमै नियन्त्रण गर्न सहज हुनेछ । यसले महानगरको समग्र स्वास्थ्य प्रणाली सुदृढ बनाउन महत्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनु भयो । उहाँले सबै वडामा तथा समुदायमा रोग निगरानी प्रणालीका बारेमा जानकारी गराउने पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौंमहानगरका धेरै ठूला अस्पताहरु त छँदैछन् । ती अस्पताले दिने सेवा भन्दा पनि हामी समुदायस्तरमा पुग्न सकिरहेका थिएनौँ, त्यसकारण यो रोग निगरानी प्रणालीलाई समुदायस्तरमा नै सञ्चालन गर्छौं । रोग फैलिन नदिनको लागि नै हामीले यसमा काम गर्नै रोजिरहेका छौँ । हाम्रो अहिलेको स्वास्थ्य प्रणाली रोग लागेपछि उपचार गर्ने भन्ने छ । अब हामी रोग लाग्न नदिन कसरी काम गर्ने भनेर काम गर्नुपर्ने परिस्थिति आएको छ । त्यही भएर हामी अब त्यतातिर केन्द्रित भएका छोँ । यसले समग्र महानगरको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्नेछ ।’

समुदायमा आधारित रोग निगरानी प्रणालीमा लागू भएपनि डिजिटल प्लेटफर्ममार्फत रोगसम्बन्धी सूचना संकलन, विश्लेषण र वर्गीकरण गरिनेछ । जोखिमको आधारमा न्युन, मध्यम र उच्च तहमा विभाजन गरी द्रुत प्रतिकार्य टोली परिचालन गरिने व्यवस्था गरिएको छ । साथै, एआई प्रविधिको प्रयोगबाट अनलाइन माध्यमहरूमा प्रकाशित संक्रामक रोगसम्बन्धी सूचनाहरूको निगरानी गरी प्रारम्भिक चेतावनीसमेत प्राप्त गर्न सकिनेछ । यस प्रणालीको पूर्ण कार्यान्वयनपछि संक्रामक रोगहरूको शिघ्र पहिचान, नियन्त्रण र सम्भावित महामारी न्युनिकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

२६वर्ष पछि कांग्रेसले आफनो विरासत फर्कायो

सम्बन्धित

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन

ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिँदै

आजको मौसमः केही स्थानमा चट्याङसहित वर्षा हुने

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com