नेपालको राजनीतिक इतिहासमा कोइराला परिवारको विरासत बोकेका उत्तराधिकारीहरु कसरी सम्झन्छन् विपीलाई ?



 १०७ औं विपी जयन्तीको अवसरमा एबीसी न्युज टेलिभिजन र नेपालपेजडटकमले विशेषगरी प्रजातान्त्रिक विचारधारा एवम् नेपाली काँग्रेससंग निकट रहेका विभिन्न व्यक्ति विशेषहरुसग कुराकानी गर्दै आइरहेकाछौं । यसै सन्दर्भमा कोइराला परिवारका विरासत बोकेका नेताहरु पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका सुपुत्र डा. शशांक कोइराला, पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका सुपुत्र कमल कोइराला र पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाकी सुपुत्री सुजता कोइरालासँग सपना थामी र ध्रुव अधिकारीले गरेको अन्तरंग संवादको सारसंक्षेपः

पैदल हिडेरै देश दौडाहा

दशैंमा नयाँ प्यान्ट् किन्न माग्दा, विपीले नेपोलियन बोनापार्टको किताब किनाउनुभयो – डा.शशांक कोईराला, महामन्त्री, नेपाली काँग्रेस

फोटो –ध्रुव अधिकारी

विपीको अत्यन्त सरल हुनुहुन्थ्यो र उहाँले दिनुभएको दृष्टिकोणहरु हिजो र आज पनि अत्यन्त सान्दर्भिक छन् । हामीले विपीलाई सम्झि“दा उनका कठिन परिश्रमी जीवनलाई सम्झनुपर्छ, उहा घोडामा, पैदल हिंडेरै देशका सबै जिल्ला घुम्नुभयो । यसरी कति नेताले घुम्या छ, भन्नुस् त ? घरदैलोमा पुगेर मानिसहरुसँग सम्वाद गरेर उनीहरुसँगै बस्ने, उनीहरुसँगै घुम्ने, सुत्ने उनीहरुसँग नै हिंड्ने, त्यो प्रतिबद्धता आउनुप¥यो । जनताको आंकाक्षा के हो ? त्यो त जनतासँगै गएर सोध्नुप¥यो नि π हामीले काठमाडौंमा बसेर नीति, निर्णय गरेर हुँदैन । गाउँमा बसेका मान्छेहरुलाई सोध्नुप¥यो, उनीहरुलाई के चाहिन्छ ? स्कूल चाहिने हो कि, अस्पताल चाहिने हो कि, रोड हो कि ? कृषिमा के चाहिने हो ? कुलो चाहिने हो कि ? चापकल चाहिने हो कि ? के चाहिने हो ? भनेर । त्यसलाई लिपिबद्ध बनाएपछि हामी एउटा डिजाइन बनाएर अघि बढ्न सक्छौं । यो सान्दर्भिक हुन्छ, जनताको चाहना अनुरुप हामी अगाडी गएको हुन्छौं ।

काठमाडौंका ठूल–ठूला पांचतारे होटलमा बसेर हामी योजनाहरु तर्जुमा गर्छौं । तर हामीले झुपडीमा बसेर तर्जुमा गर्नुप¥यो । विपी भन्नुहुन्थ्यो, राजाको फोटो साथसाथै एउटा किसानको पनि फोटो होस् र त्यो किसानको फोटो हेरेर योजना आयोगमा हामी योजना तर्जुमा गरौं । आज पनि कृषिमा ७० प्रतिशत जनसंख्या छन्, तर अहिले कृषिमा कति बजेट छ भने २, ४ प्रतिशत । विपीको समयमा ३०, ४० प्रतिशत बजेट कृषि क्षेत्रमा हुन्थ्यो ।

कल्पनामा समेत विपी रिसाएको मलाई थाहा छैन

विपीको धेरै कुरा छन्, म बालक हुँदा पनि विपीले कहिल्यै नाईँ भनेको शब्द मैले सुनिनँ । जहिले पनि उहाँले एउटा पिक्चर देखाइदिनुहुन्थ्यो, हामी बाध्य भएर उहाँकै बाटोमा हिंड्न बाध्य हुुनुपथ्र्यो । उहाँले कहिल्यै थप्पड हान्नुभएन, रिसाउनुभएन । रिसाएको त मलाई कल्पनै समेत छैन । उहाँले जहिले पनि हामीलाई बालमनोविज्ञान अनुसार पथप्रदर्शन गरिरहनुहुन्थ्यो ।

विपीकै दौरा सुरुवाल लगाएर विवाह गरें

हरेक क्षणहरु नै अविष्मरणीय छन् । मेरो विवाहको कुरा म सम्झन चाहें । मैले विवाह गरेको विदेशी केटीसँग । विवाह गर्नुपर्दा मैले बुवालाई भनें, बुवा विवाह गर्नुप¥यो । उहाँले मलाई भन्नुभयो, – गर् π अनि मैले फेरि भनें, विवाह त, तपार्इंले गरिदिनुप¥यो । पार्टी हुनुप¥यो, तयारी हुनुप¥यो । तर, त्यतिबेला विपीले सोध्नुभयो, – तँलाई थाहा छ, किन पार्टी गर्छन् ? मैले भने, हैन रमाइलो हो । तपाइंको छोराको विवाह छ, पार्टी,वार्टी त गर्नप¥यो, साधारण हिसाबले मैले भनें । विपीले भन्नुभयो, – दुईजना विवाह सम्बन्धमा गठबन्धन भाको कुरा, समाजले उनीहरुलाई आशिर्वाद दिन्छ, त्यो समाज म तँलाई बोलाइदिन्छु ।

तँलाई आशिर्वाद दिन समाज राख्नुछ, पार्टी गर्न पर्दैन । मेरो विवाहमा परिवारबाट सुट लगाउन भन्याथें तर, विपीले हुँदैन भन्नुभयो र दौरा सुरुवाल लगाएर विवाह गर भन्नुभयो । मैले भनें, मसँग त, दौरा सुरुवाल छैन । विपीले मेरो लगा π भनेर मेरो विवाहको लागि आफ्नै दौरा सुरुवाल फुकालेर दिनुभो । मैले उहाँकै दौरा सुरुवाल लगाएर विवाह गरें । विवाहमा साढे ३ सय रुपैंयाँ खर्च भएको थियो । चिया र एउटा समोसा मात्रै थियो । त्यस्तो सस्तो विवाह आजकलको जमानामा त हुँदै हुँदैन, आजकल त, धुमधामकासँग गर्नुपर्छ । तर उहाँले सबैलाई बोलाउनुभाथ्यो । एम्बास्डरहरु थियो, पार्र्टीका हरेक पक्षका नेताहरु, पञ्चायतकाहरु प्नि थिए । र हामी दुई जनालाई समाज अगाडी राखेर आशिर्वाद दिएको कुरा अहिले मलाई सम्झन मन लाग्यो ।

मेरो ७५ प्रतिशत अंक थियो, तर मेडिकल अध्ययनको लागि विपीले ४५ प्रतिशत ल्याउनेको नाम सिफारिस गर्नुभयो, म निकै दुखित भएँ
मेडिसिनमा एडमिसन्को सन्दर्भको पनि एउटा कुरा म सम्झन चाहन्छु । मेरो ७५ प्रतिशत थियो । एक जना छोरी थिए, उनको ४५ प्रतिशत मात्रै थियो । विपीको त्यो बेला घाँटीको अप्रेसन भएको थियो । त्यो बेला भारतको एक विदेश विभागको मान्छे आएर विपीलाई सोधेका थिए, मेडिकल अध्ययनका लागि एउटा मात्रै सिट उपलब्ध छ कसलाई गरौं ? भनेर । विपीको घाँटीको अपरेसन भाको थियो, उहाँले भन्नुभयो यो छोरीको लागि गरौं । मेरो त आँखाभरी बलिन्ध्रधारा आँशु नै बग्न थाल्यो, चाहँदा, नचाहँदै पनि मैले भन्न बाध्य भएँ, विपी तपाई त, ठूलो मान्छे भनेर मैले भन्ठान्थे, आज तपाईंले न्यायपूर्ण निर्णय गर्नुभएन, मेरो ७५ प्रतिशत थियो, उसको त मात्र ४५ प्रतिशत तर, तपाइंले उसको नाम किन सिफारिस गर्नुभाको ? जवाफमा विपीले भन्नुभयोे, – तँ कस्तो परिवारमा जन्मिस् ? कुन परिवारमा हुर्किस् ? कस्तो शिक्षा, दिक्षा पाईस् ? दार्जलिङको वन अफ द फेमस स्कूलमा पढेको तैंले । त्यो छोरीले मेरै घरमा जन्मिएर तेरो जस्तो शिक्षादिक्षा पाएको भए, ७५ प्रतिशत होइन, ८५ प्रतिशत आउँथ्यो । उसको जीवनमा त यो अन्तिम अवसर हो । तेरो जीवनमा त, मेरो छोरो भाको हुनाले निरन्तर अवसर पाउँछस् । भनेर भन्नुभाको थियो ।

काठमाडौं जान दिइएको ६० रुपैंया मैले हुर्याइँदिए

यस्तै आर्थिक पक्षमा विपी जति सेन्सेटिभ मान्छे मैले देखिनँ । म दार्जलिङबाट छुट्टीमा बनारस आएको थिए । बनारसमा मैले विपीलाई भनेको थिए, बा म काठमाडौं जान्छु । विपीले जा π भन्नुभयो । मैले भने, पैसा नभइकन कसरी जाने ? त्यसपछि उहाँले मलाई ६० रुपैंयाँ दिनुभयो, मैले त्यो पैसा हुर्याइँदिए । ६० रुपैंयाले काठमाडौं पुगिन्छ ? भनेर । त्यसपछि उहाँले कलम र कागज ल्या π भन्नुभयो र हिसाब गर्नुभयो । यहाँदेखि रिक्सा भाडा रेल स्टेसनसम्म यति । त्यहाँ टिकट किन्छस् यति ।

रातीको खाना खान्छ् यति, बोर्डर पुग्छस् त्यहाँ एकरात बस्छन् यति, त्यहाँबाट बस लिएर काठमाडौं पुग्छस् यतिमा भनेर हिसाब गर्दाखेरी ५५ रुपैंया ६० पैसा आयो । अनि एकजना केशव नामको कार्यकर्ता थिए, उहाँलाई बोलाएर सोधियो, – केशव तिमी काठमाडौं गइरहन्छौं कति पैसा लाग्छ ? भनेर, केशवले पनि त्यै ५५ रुपैंया ६० पैसा भन्नुभयो । अनि विपीले भन्नुभयो तँ मेरो छोरो होस् त्यही भएर तँलाई एक्स्ट्रा पैसासहित दिंदैछु ६० रुपैंया ।

बजारमा झुण्डिएका कपडाहरु आफ्नै ठान् भनेर किताब किनाउनुभयो

कपडा किन्न जाने बेलामा पनि भन्नुहुन्थ्यो । हामी भन्थ्यौं, दशैं आयो बा, कपडा चाहियो । उहाँले सोध्नुभयो, कति वटा प्यान्ट् छ तँसँग ? मैले भनेें ५, ६ वटा छ । उहाँले फेरि भन्नुभयो, ६, ७ वटै प्यान्ट् एकैचोटी लगाउँछस् ? मैले भनें, अँ..काँ…एउटा मात्रै लगाउँछु । त्यसपछि बजार लिएर जानुभयो र झुण्डिरहेको प्यान्ट्हरु देखाएर भन्नुहुन्थ्यो, भन्टान् यो सब तेरै प्यान्ट् हो । मनोवैज्ञानिकरुपमा उहाँले त्यसरी भन्नुहुन्थ्यो, जीऊमा लगाको त त्यै एउटा हो । किताब किन्छस् भने म किनाउँछु तर, यो फजुुल खर्चमा मलाई विश्वास छैन भनेर किताब किनाउनुभयो, नेपोलियन बोनापार्टको । मैले पढेको पहिलो किताब त्यै हो । उहाँले कचकच गरेर पढेको । त्यसो त मेरो आमा पनि धेरै पढ्नुहुन्थ्यो । मैले उहाँकै प्रोत्साहनबाट नै किताबहरु पढ्न सुरु गरें, पछि–पछि त, किताब नभइकन मलाई निद्रै नलाग्ने । सुत्नुभन्दा अगाडी उपन्यास पढ्ने बानी उहाँले गर्दा नै सुरु भाको हो ।

त्यसो त विपीको दुइटा पाटो छ । एउटा राजनीतिक र अर्को साहित्यिक । विपीले भारतको बनारसमा हु“दा देखि नै हिन्दी भाषाबाट लेख्न सुरु गरेका थिए, भारतको हन्स भन्ने पत्रिकामा उनको रचना छापिएको थियो । पछि विपीले नेपाली भाषामा पनि लेख्न सुरु गर्नुभयो । शशांक बताउ“छन्, – उहा“को कृतिहरु कस्तो छ भने, हरेक उपन्यासमा केही न केही म्यासेज छ । जस्तो ‘मोदीआइन’ मा ठूलो मान्छे होइन असल मान्छे बन्नु भन्ने सन्देश छ, ‘तीन घुम्ती’ मा महिलाहरुलाई गरिने फ्रडलाई मनोवैज्ञानिकरुपमा (साइकोलोजिकली) समात्नुभएको छ । यस्तै दोषी चस्मा छ, यस्तै विभिन्न १२, १५ वटा कृतिहरु छन् । यसरी विपीलाई बहुआयामिक व्यक्तित्वको रुपमा शशांक सम्झन् ।

विपी भन्नुहुन्थ्यो, – राम्रोसँग पढ्नू, तेरो आमाले रगत, पसिना बगाएर तँलाई पढाएको छ – सुजता कोइराला, नेतृ, नेपाली काँग्रेस

फोटो –ध्रुव अधिकारी

फोटो –ध्रुव अधिकारी

विपी कोइरालाले राणाकालमा १९ वर्ष जेल यातना सहनुप¥यो, यहाँलाई थाहा नैै छ, उहाँलाई कसरी राखेका थिए । हामीले सुनेअनुसार एउटा सानो गोलघरमा खाना पनि त्यहीं खानु पर्ने, दिसापिसाब पनि त्यही गर्नुपर्ने, त्यस्तो दुःख र टर्चर उहाँले खेप्नुपरेको थियो । विस्तारै उहाँले त्यहींको पुलिससँग दोस्ती गरेर एउटा सानो चिट दिनुभयो, यो चिट जसरी हुन्छ गान्धीजीको हातमा पुगोस् भनेर दिनुभयो । उहाँलाई थाहा पनि थिएन, म बाँच्छु कि मर्छु ।

पछि त्यो चिट, नेपाली काँग्रेसकै एउटा नेताले पाउनुभएछ त्यसपछि विपी त्यो जेलमा हुनुहुंदो रैछ भन्ने थाहा भयो र उहाँलाई छाड्नुपर्छ भन्ने आवाज उठ्यो । विपी सुन्दरीजल जेलमा हुनुहँुदा गणेशमान, किसुनजी लगायतका नेताहरु पनि त्यही हुनुहुन्थ्यो ।
गिरीजा बाबु नख्खु जेलामा हुनुहुन्थ्यो । हामी त्यतिबेला बाहिर बस्थ्यौं, बाहिरै पढ्थ्यौं । विराटनगरबाट मेरो आमाले मलाई गर्मीको छुट्टीमा काठमाडौं ल्याउनुहुन्थ्यो । अब विराटनगरबाट आउने, जाने गाडी र प्लेनको भाडा तिर्न पनि महँगो थियो । त्यो बेला हामीसँग खर्च पनि हुन्थेन यसकारण पनि वर्षमा एकचोटी भेट्न आउँथ्यौं । जेलमा भेट्न जाँदा उहाँहरुले तिमीहरुलाई कस्तो छ ? के छ ? कसरी दिन बिताउँदै छौ ? भनेर सोध्नुहुन्थ्यो ।

हामी खाना लिएर जान्थ्यौं, काठमाडौंका साथीहरु, म सम्झन्छु, विशेषगरी नेवार परिवारहरु उनीहरुस“ग पैसा पनि थियो, व्यापारीहरु पनि हुनुहुन्थ्यो, उहा“हरुले सहयोग गर्नुहुन्थ्यो । परिवारलाई मात्रै भेट्न दिन्थ्यो, अरुलाई भेट्न दिंदैन्थ्यो, त्यतिबेला । मलाई याद भाको चाहीं नि, मेरो आमाको डेथ भयो, गिरिजाबाबु छुट्ने बित्तिकै । गिरिजाबाबु एकदमै अपसेट हुनुहुन्थ्यो । भर्खरै यत्रो वर्षपछि जेलबाट छुट्नुभाको, त्यसको २ महिनामा आमा बित्नुभयो । हामी सबै अपसेट, म त झनै अप्सेट थिएँ । गिरिजाबाबु छुटेपछि उहा“ले छुटाएको हो नि त, बिपीलाई । अनि आमा बितिसकेपछि भेट्न गाको, अनि विपीले सोध्नुभयो मलाई, सुजता कस्तो छ त“लाई ? मलाई त कस्तो पेनफुल भयो, कटाकेटी नै थियौं त्यतिबेला…आखाभरी आ“सु आयो क्या, मेरो आमालाई सम्झेर ।

फोटो –ध्रुव अधिकारी

विपी बाबाले त्यो सोध्दिनुभयो । सबैजना कोही पनि बोल्नै नसक्या, एकछिन त, सबजना चापचुप, कोही पनि बोल्नै नसक्या त्यहा“, अनि भन्नुभयो – गरिजा त“लाई कति दुख भयो होला भनेर…तलाई सुस्माले धेरै सहयोग गरेकी थिइन्, स्कूलमा पढाइकन पनि । अनि मलाई पनि भन्नुभयो – राम्ररी पढ्नू, तेरो आमाले रगत र पसिना बगाएर, स्कूल पढाएर, कमाएर त्यसैले राम्रो पढ्नु भन्नुभएको म सम्झन्छु । घटना त धेरै हुन्छ, तर कुनै – कुनै घटना यस्तो हुन्छ, जसले तपाईको मनमा छोएको हुन्छ, त्यो मान्छेले बिर्सिन सक्दैन ।

विपी कोइरालाले स्थापित गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बाटो नेपाली काँग्रेस र उनकै भाई गिरीजाप्रसाद कोइरालाले समेत छोडे – कमल कोईराला, भतिजा तथा

फोटो –ध्रुव अधिकारी

फोटो –ध्रुव अधिकारी

हाम्रो बाल्यकालमा बित्यो । ७, ८ वर्ष हामीहरु सँगसँगै रह्यौं । तर के भने, मैले कोइराला निवासमा सबैलाई देख्थें तर, विपी कोइरालालाई कम देख्थें । विपी कोइराला कहिलेकाहीं मात्र आक्कल, झुक्कल देखा पर्नुहुन्थ्यो, भारत, पटनातिर गइहाल्नुहुन्थ्यो । म केटाकेटी हुँदा के सुन्थें भने, विपी कोइराला जेलमा हुनुहुन्छ, हजारीबागको सेन्ट्रल जेलमा । म सानै भएकोले धेरै कुरा बुझ्दिनँथे । पछि जेलबाट छुटेपछि थोरै कालको लागि आउनुहुँदा मेरो भेट भाको थियो ।

एउटा ठूलो घटना के भाको थियो भने, मेरो बुवा पनि सेवा क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो त्यो बेला । मेरो हजुरबुवा, विपी कोइरालाको बुवा कृष्णप्रसाद कोइरालालाई पक्राउ गरियो भन्ने कुरा मैले सुनें । हजुरबुवा पक्राउ परेपछि मेरो बुवाको पनि जागिर खोसियो । पक्राउ पर्ने कारण के थियो भने, विपी कोइराला सँगसँगै भारतका प्रसिद्ध समाजवादी नेता जयप्रकाश नारायण चाहीं हाजारीवागको सेन्ट्रल जेलबाट चाडवाडको दिन थियो, मौका मिलाएर भाग्नुभएको रहेछ । जयप्रकाश भागेर विराटनगर आउनुभाको छ भन्ने हल्ला थियो । जयप्रकाशलाई लगेर थुन्यो सप्तरीको राजविराज जेलमा ।

तर त्यो बेला पनि अब जान्ने विद्यार्थीहरु थिए, राजनीतिकर्मीहरु थिए, जनताहरु थिए उनीहरुले छुटाइलिउँछन् जेलबाट । त्यसपछि फेरि के हल्ला चल्यो भने, जयप्रकाशहरु विराटनगरमा कोइराला निवासमा बसे र उनीहरु भारत गए भन्ने । म त्यो बेला काठमाडौंमा थिएँ । जयप्रकाशलाई कोइराला निवासमा राख्यो भन्ने आरोपका कारण उहाँलाई पक्र्यो । पक्डेर उहाँलाई २२ दिन लगाएर, ईण्डियाबाट ल्याउन त भएन । भारतबाट ल्याउन पनि भएन अब राजनीति गर्नेहरुलाई ।

तर त्यो बेला एउटा सुविधा के दिएको थियो भने, बयलगाडामा आफ्नै खर्चमा उहाँको छोरा तारिणीप्रसाद कोइराला र एक जना घरको सहयोगीसहित राजविराजबाट सिरहा, सिराहाबाट बरियारपुर वीरगञ्ज पुग्यो । वीरगञ्जबाट बयलगाडा छुट्यो । त्यहाँबाट सहयोगीहरु बयलगाडा लिएर विराटनगर फर्कें भने, उहाँहरु भने काठमाडौं आइपुग्नुभयो । त्यो बेलामा मेरो बुवा (मातृकाप्रसाद कोइराला) ले उहाँलाई कालीमाटीमा भेट्नुभयो । त्यो बेला मोटर, गाडी त केही थिएन ।

एक लाइनको टेलिफोन थियो । मेरो बुवाको त जागिर खोसिएको थियो । यसकारण हामी फेरी विराटनगर जाने भयौं । त्यो बेलामा हजुरबुवा कृष्णप्रसाद कोइराला चुनावमै हुनुहुन्थ्यो । त्यो बेलामा मेरो आमाले मलाई हिंड्, सँगसँगै जाऊ भनेर हिंड्नुभयो । सिंहदरबारको अगाडीबाट हिंड्न पाइँदैन्थ्यो ।

डिल्लीबजार, घट्टेकुलोबाट हिंड्दै, हिंड्दै वीर अस्पतालको सामनेबाट, ओरालो लाग्दै त्रिपुरेश्वर हुँदै त्यो जुद्धघाट । त्यो जुद्धघाटमा जुद्ध धर्मशाला थियो । त्यो धर्मशालाको माथिल्लो एक तला । त्यो अझै पनि छ । भर्खरै अस्ति केही दिन अघि पनि मैले हेरेको थिएँ । त्यहाँ मलाई मेरो आमाले सिंढी चढाउँदै लग्नुभयो, म त सानै थिएँ । मैले एउटा बाटोमा हिंड्दै गर्दा अब ५, ६ वर्षको केटो । एउटा ढुंगा टिपेको थिएँ, एउटा सेतो ढुंगा । मैले त केही बुझ्दिनथें । आमाले ढोग्नु भन्नुभो । त्यो बेला मैले भित्तामा एउटा रातो फेटा देखेको थिएँ । रातो फेटा भनेको रामदल भन्ने पुलिस । उनीहरुको लुगा खाँकी, पाइन्ट खाकी, फेटा चाहीं रातो थियो । त्यो टाँगेको थियो । तर पुलिस थिएन त्यहाँ । ढुक्क छ, नजरबन्दमा राखेको छ, परिवारको साथमा बस्न देको छ । मेरो हजुरआमा पनि हुनुहुन्छ त्यहाँ, लामो कोठा छ । बिछ्यौनाहरु पनि छ । मलाई प्रष्ट पुरा याद चाही त्यति बेलाको हो । अरु बेलामा पनि घरमा पनि चर्चाहरु, कुराहरु त सुनेको थिएँ, केटाकेटीमा कोइराला निवासमै थिएँ, उहाँहरु पनि हुनुहुन्थ्यो तर अलिअलि मात्रै याद छ ।

विपी कोइरालाले निरन्तर संघर्ष गरिराख्नुभयो ।

विसं. २००७ सालको क्रान्तिपछि उहाँ , ९ महिना मात्रै गृहमन्त्री बन्नुभयो । यसपछि पनि उहाँले संघर्ष गर्नुभयो । ईण्डिया पनि विपीको एगेन्स्टमा, राजाहरु पनि यो मान्छे ¥याडिकल छ, सोसियलिष्ट छ, यल्ले के के गर्ने हो ? भनेर उनीहरु सबैले मातृकाप्रसाद कोइरालालाइ अगाडी सार्दै गए । जवाहरलाल नेहरुले पनि, त्रिभुवनले पनि अगाडी सारे । २००७ सालपछि नै विसं. २०० सालमा विपी कोइरालाले भद्र अवज्ञा आन्दोलन, कहिले सत्याग्रह, यी धेरै कुराहरु किताबमा आइसक्याछ ।

२०१५ सालमा राजा महेन्द्रको पालामा एउटा संसदीय संविधान बन्यो र प्रतिनिधिसभा कायम भयो । त्यो बेलामा उहाँ आफ्नै बलमा राजा र इण्डियाले नचाहँदा–नचाहँदै पनि जनताको बलमा प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री भएपछि बृताप्रथा, राजा रजौटा प्रथा उन्मुलन गर्नुभो । यसकारण, ५, ६ महिनामै विपीलाई हटाउने खेल सुरु भइहाल्यो दरबारमा । कहिले जोगी नरहरिनाथ काण्ड भयो, गोर्खा काण्ड भयो, के के काण्ड भयो । अन्तमा, राजाले सेनाको बलमा विसं २०१७ साल पुष १ गते विपी कोइरालालाई अपदस्त ग¥यो, जेल हाल्यो ।

विपी कोइराला वास्तवमा पावरमा रहेको त त्यति हो । तर नेपालको इतिहासमा लामो, तीन सालदेखिको सक्रियता, सात सालको, २०१५ साल सम्म पनि प्रजातन्त्रको संस्थापक जसले लडेर प्रजातन्त्र स्थापना गरे । प्रजातान्त्रिक आन्दोलनमा सर्वप्रथम नेता र राजनेताको रुपमा विपीको नाम दर्ज भएको छ । आजसम्म पनि हरेक वर्ष विपीको नाममा किताबहरु निस्केकै छ, उहाँका समर्थक र विरोधीहरुले पनि उहाँको कुरा गरेकै छन् ।

मदन भण्डारीले पनि प्रशंसा गरेकै छन्, त्यसैले त्यो देनलाई नेपालको राजनीतिक इतिहासले कहिले पनि बिर्सिंदैन, बिर्सन सक्दैन पनि । बरु, आजको नेपाली काँग्रेसले विपी कोइरालाको बाटोलाई छोड्यो । विपी कोइराला प्रतिनिधिसभामा सबै जनताद्धारा निर्वाचित प्रतिनिधिहरु हुनुपर्छ भन्नुहुन्थ्यो तर यो आज छैन । पैसा दिएर पनि सांसद भएका छन् । र विपी कोइरालाले स्थापित गरेको प्रजातन्त्रको बाटो नेपाली काँग्रेस र उनकै भाई गिरीजाप्रसाद कोइरालाले समेत छोडे ।

    Comment Here!


सम्बन्धित समाचार

View All