ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा अध्यक्ष द्धय ओली– प्रचण्डको भेटवार्ता सकियो, सहमतिको प्रस्ताव तयार


एबीसी न्यूज


काठमाडौं, २४ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच आज भएको भेटवार्ता सकिएको छ । आज भएको भेटवार्तामा प्रधानमन्त्री ओली र प्रचण्डबीच स्थायी कमिटीमा पेश गर्ने एजेण्डा तय गर्दै सकिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार झण्डै ३ घण्टा भएको छलफलमा शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठकमा लैजाने संयुक्त प्रस्तावबारे छलफल भएको छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार नेकपामा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र त्यसमा नेताहरुले गरेको टिप्पणीलाई एकीकृत गर्दै एजेण्डा तयार पारेको हो ।

बालुवाटार स्रोतका अनुसार बुधबार भएको दुई अध्यक्षको भेटवार्तामा तय भएका एजेण्डालाई कार्यान्वयनमा लैजादा आउनै परिणामका बारेमा समेत छलफल भएको छ । स्थायी समिति सदस्यहरुलाई पठाउने र कोरोनाका कारण बैठक छोट्याउनेबारेमा पनि दुवै नेता सहमत भएको बुझिएको छ ।

स्रोतका अनुसार अध्यक्षद्वयबीचको सहमतिको प्रस्ताव आज नै स्थायी कमिटी सदस्यहरुलाई पठाउने तयारी रहेको छ । एक सचिवालयका अनुसार कार्यदलले दिएको सुझावका आधारमा अध्यक्षद्वयले सहमतिको प्रस्ताव तयार गरेको छ । नेकपामा विवाद उत्कर्षमा पुगेपछि महासचिव विष्णु पौडेलको नेतृत्वमा साउन ३० गते कार्यदल गठन गरिएको थियो । कार्यदलले भदौ ६ गते विवाद समाधानका लागि सुझावसहितको प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com