बैतडी, १९ माघ । बैतडीका १० वटै स्थानीय तहमा स्थानीय तह स्वास्थ्य सुरक्षा संयोजन समिति गठन भएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउन जिल्लाका ६ वटैै गाउँपालिका र चारवटै नगरपालिकामा संयोजन समिति गठन गरिएको स्वास्थ्य बीमा बोर्ड बैतडीका प्रबन्धक जनक साउदले जानकारी दिनुभयो ...