ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निटलाई नेपाली कांग्रेसको शुभेच्छुक संस्था बनाईदै


admin

काठमाडौं, १९ माघ । लोकतन्त्रवादी पर्यटन व्यवसायीहरुको संस्था नेपाल पर्यटन व्यवसायी संघ (नीट) लाई कांग्रेसले शुभेच्छुक संस्थाको मान्यता दिईने भएको छ । नेपाल पर्यटन व्यवसायी संघ (नीट)ले आयोजना गरेको लोकतान्त्रिक पर्यटन व्यवसायिहरुको बृहत भेला तथा सम्मान कार्यक्रममा बोल्दै देउवाले सो कुरा वताएका हुन ।

प्रधानमन्त्री देउवाले भने, ‘पार्टीको आगामी केन्द्रिय समिति बैठकबाट पार्टीको शुभेच्छुक संस्थाको मान्यता दिईने छ ।’चुनावमा नेपाली कांग्रेसको सिद्धान्त र दर्शनले नहारेको तर पार्टीका नेताहरुले चुनाव हारेको उनको भनाई थियो । यस विषयमा पार्टीको केन्द्रिय समितिमा छिट्टै समिक्षा हुने उनले वताए ।

नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा प्रत्येक गाउँमा पर्यटकिय सम्भावना रहेकोले व्यवसायीहरुले पनि लगानी गर्दा त्यस विषयमा ध्यान दिनुपर्ने वताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक खड्काले नेपालमा विशेषगरी कम्युनिष्ट पार्टीहरुले पर्यटन क्षेत्रमा माफियाकरण गरेको वताए ।

नेपाल पर्यटन व्यवसायी संघ (नीट) का अध्यक्ष दीपक महतले लोकतन्त्रमा आस्था राख्ने व्यवसायिहरुले आफ्नो व्यवसायका साथै सामाजिक उत्तरदायित्व अन्र्तगत धेरै काम गरेको बताए । महतले आँफुहरुले पार्टीवाट केहि नमागेको तर आवश्यक पर्दा सहयोग गरेको वताउँदै निट लाई पार्टीले शुभेच्छुक संस्थाको मान्यता दिनुपर्ने माग गरेका थिए ।

कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न संस्थामा निर्वाचित भएका लोकतन्तवादी पर्यटन व्यवसायीहरुलाई बधाई सहित सम्मान गरिएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का केन्द्रीय अध्यक्ष शिव अधिकारीलगायत पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो ।

यसैगरी नीटको अभियानमा भूकम्पपछि मानव बस्ती बिहिन बनेको लाङटाङ क्षेत्रमा पुन बस्ती बसाल्ने अभियानको संयोजन गरेका रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने र उनका सहयोगी अशोक शिल्वाललाई समेत सम्मान गरिएको थियो ।

पर्यटन क्षेत्रमा व्यापार व्यवसाय गरेका लोकतान्त्रीक पर्यटन व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा नीटका सहअध्यक्ष रामशरण थपलियाले कार्यक्रमलाई भव्य र सभ्य बनाउन विशाल सहभागीता जनाउनु भएको भन्दै नेता तथा सम्पूर्ण व्यवसायीहरुलाई धन्यवाद प्रकट गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com