काठमाडौं,१२ कात्तिक । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उहाँकोे शरीरमा ‘लोयर रेस्पिरेटरी ट्राक इन्फेक्सन’ (एलआरटिआइ) का कारण चिनीको मात्रा असन्तुलित भएकाले ‘एन्टी बायोटिक इन्सुलेन्स’ ...