ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छठ पर्वको लागि पोखरी सजाइँदै


admin

वीरगन्ज,१२ कात्तिक । लोक आस्थाको पर्वका रुपमा रहेको छठपर्वको तयारी अहिले अन्तिम चरणमा पुगेको छ ।

वीरगन्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरुपमा सजाइने काम भइरहेको छ । कतिपय पोखरी तथा घाटमा सरसफाइसमेत गरिने काम शुरु भएको छ ।

तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाको पौराणिक महत्व बोकेको घरीहर्वा, नगवा, रानीघाटलगायतका पोखरी तथा सरोवरसहितको पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सजाइने काम भइरहेको छ ।

स्थानीयवासीका अनुसार प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । छठको लागि आवश्यक पर्ने सामनाको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड लागेको छ ।

स्थानीयवासीका अनुसार विगतमा भन्दा यस वर्ष छठको आवश्यक पर्ने सामानको मूल्य निकै वृद्धि भएको छ । छठको लागि एक महीना पहिलेदेखि जोहो गर्ने काम शुरु भए पनि मुख्य विधि कात्तिक २६ गते पञ्चमीको दिनदेखि शुरु हुन्छ ।

यो पर्व गर्नाले सुख समृद्धि, पुत्र प्राप्ति र मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ । महाभारतकालमा द्रोपती र अनुसुइयाले पनि छठको व्रत बसेको धार्मिक ग्रन्थमा उल्लेख रहेको छ । यसले उनीहरूमाथि आइपरेका विपत्तिबाट छुटकारा पाएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com