ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिहार, छठ नजिकिँदै गर्दा दलित बस्तीमा खुशी छाउँदै


admin
कार्तिक १२, २०७५ सोमबार  ११ : १४ बजे

बर्दिवास, १२ कात्तिक । तिहार र छठपर्व नजिकिँदै गर्दा महोत्तरी जिल्लाका अति विपन्न डोम जातिको बसोबास रहेको दलित बस्तीमा राम्रो कमाइ हुने आसमा खुशी छाएको छ ।

मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्लो–चाल्नो, पङ्खा र अन्य खेलौनाको माग हुने भएकाले बाँसको चोयाबाट यी सामान बनाएर बेच्ने पुख्र्यौली ब्यवसाय अँगाल्दै आएका डोम बस्तीमा खुशी छाएको हो ।

चरम गरीबीले गर्दा वर्षभरि अभावनै अभावमा बित्ने डोम समुदायमा ससाना नानीको रहर र मीठो खाने परिवारको चाहना तिहार र छठ लागेपछि पूरा हुने घरमूलीको आश्वासन हुने गरेको छ ।

“ससाना नानी र घरपरिवारका रहर त हामी गरीबका पनि हुँदा रे छन्” एकाबिहानै चोयाको छिटी बुन्न तल्लिन रहेका जिल्लाको भङ्गाहा नगरपालिका–५ को सीतापुर बजारसँगैको डोम बस्तीका अगुवा प्रगाश मरिकले भन्नुभयो, “ती सबै रहर र चाहना हामीले तिहार र छठपर्वमा पूरा गर्ने आश साँचेका हुन्छौँ ।”

तिहार र छठ नजिकिँदै गर्दा ससाना नानीको फर्माइस (माग) पनि दिनहुँजसो बढी रहेको हुन्छ । ‘बाबु, दिवाली आ छठमें हम गुड्डी उडायब्, हमरा बहुते रङ्गके गुड्डी ला दिहा’ (बुबा, म तिहार र छठपर्वमा चङ्गा उडाउँछु, मलाइ रङ्गीवीरङ्गी चङ्गा ल्याई दिनुहोला) तिहार र छठपर्वका लागि माग भएका चोयाका समान बुनी रहेका जिल्लाकै रामगोपालपुरका अछवा मरिकको छेउमै खेल्दै आइपुगेका उनका सात वर्षीय छोरा अजय मरिकले माग गरे ।

शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता आफ्नो हक भन्ने कुराबारे पूरै बेखबर रहेका डोम ससाना पराले झोपडीमा पुस्तौँदेखि गुजारा चलाइ रहेका छन् । चरम गरीबी र अशिक्षाले जकडिएका डोम समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्नीसंस्कारका लागि आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका समान बेचेर प्राप्त हुने आम्दानी र सुँगुर पाल्ने पुख्र्यौली पेसाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ । तिहार र छठचैँ आपूmहरूले पनि निष्ठापूर्वक मनाइने भएकाले यी पर्व प्रयोजनका सामग्री नयाँ बाँस किनेर पवित्र मनले बनाइने गरिएको डोम बताउँछन् ।

जिल्लाभरिमा एक हजार ५० (२०६८ सालको जनगणनाअनुसार, स्रोत–जिल्ला तथ्याङ्क कार्यालय महोत्तरी) मात्र जनसङ्ख्या रहेको डोम जाति जिल्लाका प्रत्येकजसो बस्तीको पुछारमा एक÷दुई घरमा बसोबास गरेका भेटिन्छन् ।

तिहार र छठ नजिकिएसँगै डोम बाँसको खोजमा निस्कने र घर ल्याइएका बाँस फोडेर (फुटाएर) चोया काढ्दै त्यसबाट आफ्नो सीप पोखी रहेका छन् । तिहार र छठले आफ्नो झुप्रा बस्तीमा पनि खुशी छिराउने आम डोम जातिको सपना छ । यही बेला आफूहरूका लागि नयाँ लुगा फेर्न, मीठोमसिनो खान र नानीहरूको रहर पूरा गर्र्न उपयुक्त अवसर भएको डोम समुदायका अगुवा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com