काठमाडौं,१२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी कतार भ्रमणका लागि प्रस्थान गरेकी छन् । कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार प्रस्थान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनले ,सभामुख कृष्णबहादुर महरा लगायतले विदाइ गरेका छन ।
आइतबार अपरान्ह बसेको मन्त्रीपरिषद बैठकले कतार भ्रमण स्विकृत गरेको थियो । राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल–कतारबीच कृषि तथा पशुपंक्षी, स्वास्थ्य, सुरक्षा, प्रेस तथा सूचना र कुटनीतिक राहदानी सम्बन्धि छुट्टाछुट्टै समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ ।
प्रतिक्रिया दिनुहोस्