ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष प्रचण्डद्वारा मास्केप्रति श्रद्धाञ्जलि


admin

काठमाडौं, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षासेवी एवं नेकपाका पुराना नेता सीताराम मास्केप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

नेकपाको मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले मास्केप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । अध्यक्ष दाहालले मास्केको पार्थिव शरीरमा नेकपाको झण्डासमेत ओढाउनु भएको थियो । सोही अवसरमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णुप्रसाद पौडेल, सचिवालय सदस्य वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा, नेता अग्निप्रसाद सापकोटालगायतले पनि मास्केप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा एक महीनादेखि उपचार गराउँदै आउनुभएका ७१ वर्षीय मास्केको शनिबार मस्तिष्कघातका कारण निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

विसं २००४ माघ १९ गते आमा पदमकुमारी मास्के र बुबा विष्णुप्रसाद मास्केको कोखबाट तेह्रथुमको जलजलेमा जन्मिनुभएका मास्केका चार छोरा र श्रीमती हुुनुहुन्छ । उहाँ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सञ्चालन भएको राजनीतिक आन्दोलन, विद्यार्थी आन्दोलन, प्राध्यापक तथा शिक्षक आन्दोलनका क्रममा पटकपटक गरी तीन वर्ष जेल तथा हिरासतमा पर्नुभएको थियो ।

मास्के २०४३ सालमा भएको पञ्चायती निर्वाचनमा काठमाडाँै नगरपालिकाको प्रधानपञ्चमा नेकपा (माले)को तर्फबाट उम्मेदवार हुनुभएको थियो । उहाँले तत्कालीन मालेको काठमाडौँ जिल्ला कमिटी सदस्यको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापक कोषाध्यक्ष रहनुभएका मास्केले सरकारी शिक्षक सेवाबाट निवृत्त भएपछि स्वयम्भूस्थित जलजला शिशु सदन सञ्चालन गर्नुभएको थियो ।

मास्के राष्ट्रिय खेलकूद परिषद्को उपाध्यक्ष र निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को समेत महासचिव रहनुभएको थियो । उहाँले पुष्पलाल श्रेष्ठसँग सम्पर्क भएपछि राजनीति थाल्नुभएको थियो । हाल काभ्रेस्थित नमोबुद्धमा बस्दै आउनुभएको मास्के खेलकूद क्षेत्रको विकासको साथै उपभोक्ता जागरण अभियानका अभियन्तासमेत रहनुभएको थियो ।

यसैबीच पेशागत महासङ्घ नेपालले मास्केको निधनप्रति दुःख व्यक्त गरेको छ । महासङ्घका अध्यक्ष विश्वनाथ प्याकुरेलले आज विज्ञप्ति निकाल्दै मास्केको निधनले मुलुकको वाम तथा लोकतान्त्रिक आन्दोलन, पेशागत आन्दोलन तथा सामाजिक जागरण आन्दोलनलाई क्षति पुगेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com