काठमाडौं, १९ वैशाख । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ ।
हिजो जयपुरमा भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको राजस्थान रोयल्सले ६ विकेट गुमाएर २२५ रन बनाएको थियो । राजस्थानका रियान पारागले ५० बलमा ९० रन बनाए पनि टोलीको जीतका लागि पर्याप्त भएन । २२६ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थान १० खेलबाट १२ अङ्कसहित तालिकाको चौथो स्थानमा छ भने दिल्ली ९ खेलबाट ८ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।








प्रतिक्रिया दिनुहोस्