काठमाडौं, १६ वैशाख । आईसीसी क्रिकेट विश्वकप लिग–२ श्रृंखलाअन्तर्गत आज (वैशाख १६) नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बाट सुरु हुनेछ ।नेपालले यसअघि पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)लाई ३७ रनले पराजित गरेको थियो । ओमानले भने पहिलो खेलमा यूएईसँग हार बेहोरेको छ । लिग–२ को अंकतालिकामा नेपाल २१ खेलबाट १४ अंक जोडेर सातौँ स्थानमा छ भने ओमान २५ खेलमा २९ अंक जोडेर तेस्रो स्थानमा छ ।








प्रतिक्रिया दिनुहोस्