
काठमाडौं,१२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आज कतार भ्रमणमा जाँदै हुनुहुन्छ । कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नुभएको हो ।
राष्ट्रपति भण्डारी र कतारका राष्ट्रपति अमिरबीच भोलि दोहामा औपचारिक भेटवार्ता हुने कार्यक्रम तय भएको छ । भ्रमण क्रममा नेपाल र कतारबीच द्विपक्षीय हितका विविध विषयमा सम्झौता गर्ने तयारी गरिएको छ ।
कृषि तथा पशुपंक्षी विकाससम्बन्धी, स्वास्थ्य, सुरक्षा सहयोग, प्रेस तथा सूचना र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीसंगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुनेछन् । राष्ट्रपति भण्डारी यही कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।



















प्रतिक्रिया दिनुहोस्