चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्ने शीर्ष नेतालाई पनि प्रधानमन्त्री प्रचण्डले सो गोलमेच बैठकमा निम्त्याएका छन्। दक्षिण एसियाली मुलुकका सबै नेतृत्वकर्ताले प्रधानमन्त्री प्रचण्डको निम्तो पाएका छन्। कोप–२८ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी हुने कार्यक्रम भने छैन। चीनको तर्फबाट कोप–२८ मा उपप्रधानमन्त्री दिङ छुइसियाङ र वातावरण मामिला ...