ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुराशययुक्त सूचनाले लोकतन्त्र यसरी कमजोर बनाउँछ


स्टफेन लेवेन्डोस्की / जोन कक
मंसिर ८, २०८० शुक्रबार  ४ : ३८ बजे

मिथ्या सूचना (मिसइन्फोर्मेसन) बारे बहस हुँदै आएको छ । मिथ्या सूचनाले आममानिसलाई ध्रुवीकृत गर्न सक्छ, मास्क वा खोप लगाउनेजस्ता स्वास्थ्य सुरक्षाका अभ्यास घटाउन सक्छ र विज्ञानको विश्वसनीयतामा क्षति पुर्‍याउन सक्छ । धेरैजसो मिथ्या सूचना दुर्घटनावश नभई संगठित राजनीतिक अभियानबाट आउने गर्छ र यसलाई हामी दुराशययुक्त सूचना ९डिसइन्फोर्मेसन० भन्छौँ । ध्रुवीकरण र विश्वसनीयताका अलावा मिथ्या र दुराशययुक्त सूचनाको प्रभाव थप विनाशकारी छन् । यस्ता सूचनाले लोकतन्त्रकै अवमूल्यन गर्छन् । हालै ‘करेन्ट ओपिनियन इन साइकोलोजी’मा प्रकाशित शोधपत्रमा हामीले दुराशययुक्त सूचनाले लोकतन्त्रका दुई महत्वपूर्ण पक्षलाई कमजोर बनाउँछ भन्ने निचोड निकालेका छौँ ।

निर्वाचनको अखण्डताः पहिलो पक्ष, चुनावको विश्वसनीयता अर्थात् शक्तिको वितरणको सुनिश्चिततासँग सम्बन्धित छ । अमेरिकाको हालैका सर्वेक्षणले करिब ७० प्रतिशत रिपब्लिकन सन् २०२० को राष्ट्रपतीय चुनावको वैधतामा शंका गर्छन् । सो चुनावमा पराजित डोनाल्ड ट्रम्पले फैलाएको दुराशययुक्त सूचनाका कारण यो सन्देह उत्पन्न भएको हो । निर्वाचनपछि शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुने–नहुनेमा लोकतन्त्र निर्भर हुन्छ । सन् २०२० को ‘ठूलो झुट’ भनेर चिनिने दुराशययुक्त सूचनाले अमेरिकी लोकतन्त्रमाथिको विश्वासलाई घटाएको छ ।

विश्वसनीय सूचनामा निर्भरता स् लोकतन्त्रको दोस्रो महत्वपूर्ण पक्ष भनेको विभिन्न नीतिगत विकल्प तर्जुमा गर्न आवश्यक विश्वसनीय सूचना हो । हामीले अधिनायकवादको सट्टा लोकतन्त्र रोज्छौँ, किनभने निर्णय र परिणाम उत्पादन गर्ने मामिलामा लोकतान्त्रिक व्यवस्था उत्कृष्ट छ । यो उत्कृष्टता एक व्यक्ति विवेक नभई आमजनताको सामूहिक विवेकले सम्भव भएको हो । तर, जब आममानिसमाझ निरन्तर दुराशययुक्त सूचना पस्किइन्छ, सामूहिक विवेकको प्रभावकारिता कम हुन्छ ।

दुराशययुक्त सूचनाको दस्ताबेजीकृत उदाहरण खोज्ने हो भने जलवायु परिवर्तनसम्बद्ध सूचनालाई हेर्दा हुन्छ । जीवाश्म इन्धन उद्योगले यसको प्रयोगले वातावरणीय दुष्परिणाम निम्त्याउने जानकारी सन् १९६० कै दशकमा थाहा पाइसकेका थिए । तैपनि, तिनले वास्तविकतालाई अस्वीकार गर्ने संस्थामाथि दशकौँसम्म लगानी गर्दै आए । यो दुराशययुक्त सूचनाको अभियानले जलवायु परिवर्तन रोक्ने पहलकदमीलाई दशकौँ पछाडि धकेल्यो ।

जलवायु परिवर्तनसँग सम्बन्धित पहलकदमी नीतिमा भएको ढिलाइलाई गलत सूचनाले सिर्जित एक महत्वपूर्ण नीतिगत ढिलाइका रूपमा लिन सकिन्छ ।कोभिड–१९ महामारीमा रोगका लागि सञ्चार प्रयोजनका ५ जी टावरलाई समेत जिम्मेवार ठहर्‍याउनेदेखि लकडाउन र खोपमाथि शंका गर्नेसम्मका गलत सूचना तीव्र रूपमा फैलिएका थिए । नतिजा विश्व स्वास्थ्य संगठनले न्यून–गुणस्तरको जानकारी र षड्यन्त्र सिद्धान्तको प्रचुरतालाई वर्णन गर्न ‘इन्फोडेमिक’ (सूचानामा आएको महामारी) शब्दको समेत सिर्जना गर्नुपर्‍यो ।

पुरातनपन्थी समूह र खुला बजार अर्थतन्त्रसम्बद्ध थिंक ट्यांकको समूहले विज्ञानलाई अस्वीकार गर्छ र विज्ञानमा आधारित नियमलाई ‘स्वतन्त्रता’को अतिक्रमण मान्छ

विभिन्न मिथ्या सूचनालाई जोड्ने कडी स् चाखलाग्दो के छ भने जलवायु परिवर्तनलाई अस्वीकार गर्ने केही राजनीतिक शक्तिले नै कोभिडबारे दुराशययुक्त सूचना फैलाउन एकै किसिमको रणनीति अपनाइरहेका छन् । आखिर यी दुई पाटा कसरी जोडिन्छन् रु जलवायु परिवर्तनका मामिलामा कार्बनको मूल्य निर्धारण र कोभिड–१९ महामारीमा सामाजिक दूरीजस्ता सामाजिक स्तरमा सरकारले लागू गर्न खोजेको समाधानका उपाय शंकाको साझा कारक बन्न पुग्छ ।

पुरातनपन्थी समूह र खुला–बजार अर्थतन्त्रसम्बद्ध थिंकट्यांकको एक वृत्तले विज्ञानलाई अस्वीकार गर्छ र विज्ञानमा आधारित नियमलाई ‘स्वतन्त्रता’को अतिक्रमण मान्छ । चुनाव वा जलवायु परिवर्तन वा खोपसँग सम्बन्धित वा अन्य मामिलामा हुने संगठित दुराशययुक्त सूचना अभियानमा प्रयोग हुने अर्को तिकडम भनेको व्यक्तिगत इमानदारी र विश्वसनीयतालाई कमजोर पार्न गरिने व्यक्तिगत आक्रमण हो । चुनावमा ट्रम्पमाथि अन्याय भयो भन्नेले अमेरिकी चुनावी अधिकारीलाई धोखाधडी गतिविधिमा संलग्न भएको झुटो आरोपसमेत लगाए ।

वैज्ञानिकमाथि आक्रमणको नयाँ मोर्चाः आक्रमणको नयाँ मोर्चाले लोकतन्त्रको प्रमाण–आधारित अखण्डता जोगाउने वैज्ञानिक र पैरवीकर्तालाई तारो बनाउनु अस्वाभाविक भने होइन । यी आक्रमण र पूर्वाग्रही आरोप लगाउन मूलतः रिपब्लिकन पार्टीका नेताले उक्साएका छन् । यसरी उक्साहटमा आउनेमा विशेषतः सन् २०२० को चुनावका वेला ट्रम्पको आधारहीन आरोपलाई समर्थन गर्ने कार्यकर्ता छन् ।

मिथ्या सूचना फैलाउनेले आफ्ना काममाथि भएका जाँच–अध्ययनलाई कमजोर पार्ने लक्ष्य राखेका हुन्छन्, जसमा जलवायु परिवर्तन अस्वीकार र खोपविरोधी अभियानजस्ता रणनीति प्रयोग हुन्छन् । यस अभियानले मिथ्या सूचना अनुसन्धानमा नकारात्मक प्रभाव पारेको छ ।

अगाडि कसरी बढ्ने ? : हाम्रो शोधपत्रले डिजिटल सेवा ऐन र अभ्यास संहिताजस्ता युरोपेली संघका कानुन निर्माण गर्न भूमिका खेलेको छ । यी कानुनले मिथ्या र दुराशययुक्त सूचनाविरुद्ध लोकतन्त्रको लचिलोपनलाई बढाउने लक्ष्य राखेका छन् । हाम्रो अनुसन्धानले मिथ्या सूचनामा जनताको प्रतिरोध कसरी बढाउने भनेर पनि खोज गरेको छ । उदाहरणका रूपमा ‘इनोकोल्युसन’को विधिलाई लिन सकिन्छ । यो विधिअनुसार मिथ्या सूचना फैलाउने रणनीतिबारे जानकारी दिएर आममानिसलाई त्यसबाट जोगाउन सकिन्छ ।

पूर्वी युरोपका तीन करोड ८० लाख मानिसमाझ छोटो शैक्षिक भिडियोको प्रयोगबाट हालै इनोकोल्युसन अभियान चलाइएको थियो । नतिजास्वरूप युक्रेनी शरणार्थीबारे बनेका भ्रामक भाष्य पहिचान गर्ने क्षमतामा वृद्धि भएको छ । अमेरिकालगायत क्षेत्रमा यी पहल र अनुसन्धान खोजको कार्यान्वयन भने अनिश्चित छ । विडम्बना, अमेरिकामा राजनीतिको एक खेमा लोकतन्त्रमा मिथ्या सूचनाबाट हुने खतराभन्दा मिथ्या सूचनामा हुने अनुसन्धानबाट बढी खतरा महसुस गर्छ ।

(लेवेन्डोस्की ब्रिस्टोल विश्वविद्यालयका कग्निटिभ साइकोलोजीका अध्यक्ष हुन् भने कुक मेलबर्न स्कुल अफ साइकोलोजिकल साइन्सेस मेलबर्न विश्वविद्यालयका वरिष्ठ अनुसन्धाता हुन्)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com