मिथ्या सूचना (मिसइन्फोर्मेसन) बारे बहस हुँदै आएको छ । मिथ्या सूचनाले आममानिसलाई ध्रुवीकृत गर्न सक्छ, मास्क वा खोप लगाउनेजस्ता स्वास्थ्य सुरक्षाका अभ्यास घटाउन सक्छ र विज्ञानको विश्वसनीयतामा क्षति पुर्याउन सक्छ । धेरैजसो मिथ्या सूचना दुर्घटनावश नभई संगठित राजनीतिक अभियानबाट आउने गर्छ र यसलाई हामी दुराशययुक्त सूचना ९डिसइन्फोर्मेसन० भन्छौँ । ध्रुवीकरण र विश्वसनीयताका अलावा मिथ्या र दुराशययुक्त सूचनाको प्रभाव थप विनाशकारी छन् । यस्ता सूचनाले लोकतन्त्रकै अवमूल्यन गर्छन् । हालै ‘करेन्ट ओपिनियन इन साइकोलोजी’मा प्रकाशित शोधपत्रमा हामीले दुराशययुक्त सूचनाले लोकतन्त्रका दुई महत्वपूर्ण पक्षलाई कमजोर बनाउँछ भन्ने निचोड निकालेका छौँ ।
निर्वाचनको अखण्डताः पहिलो पक्ष, चुनावको विश्वसनीयता अर्थात् शक्तिको वितरणको सुनिश्चिततासँग सम्बन्धित छ । अमेरिकाको हालैका सर्वेक्षणले करिब ७० प्रतिशत रिपब्लिकन सन् २०२० को राष्ट्रपतीय चुनावको वैधतामा शंका गर्छन् । सो चुनावमा पराजित डोनाल्ड ट्रम्पले फैलाएको दुराशययुक्त सूचनाका कारण यो सन्देह उत्पन्न भएको हो । निर्वाचनपछि शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुने–नहुनेमा लोकतन्त्र निर्भर हुन्छ । सन् २०२० को ‘ठूलो झुट’ भनेर चिनिने दुराशययुक्त सूचनाले अमेरिकी लोकतन्त्रमाथिको विश्वासलाई घटाएको छ ।
विश्वसनीय सूचनामा निर्भरता स् लोकतन्त्रको दोस्रो महत्वपूर्ण पक्ष भनेको विभिन्न नीतिगत विकल्प तर्जुमा गर्न आवश्यक विश्वसनीय सूचना हो । हामीले अधिनायकवादको सट्टा लोकतन्त्र रोज्छौँ, किनभने निर्णय र परिणाम उत्पादन गर्ने मामिलामा लोकतान्त्रिक व्यवस्था उत्कृष्ट छ । यो उत्कृष्टता एक व्यक्ति विवेक नभई आमजनताको सामूहिक विवेकले सम्भव भएको हो । तर, जब आममानिसमाझ निरन्तर दुराशययुक्त सूचना पस्किइन्छ, सामूहिक विवेकको प्रभावकारिता कम हुन्छ ।
दुराशययुक्त सूचनाको दस्ताबेजीकृत उदाहरण खोज्ने हो भने जलवायु परिवर्तनसम्बद्ध सूचनालाई हेर्दा हुन्छ । जीवाश्म इन्धन उद्योगले यसको प्रयोगले वातावरणीय दुष्परिणाम निम्त्याउने जानकारी सन् १९६० कै दशकमा थाहा पाइसकेका थिए । तैपनि, तिनले वास्तविकतालाई अस्वीकार गर्ने संस्थामाथि दशकौँसम्म लगानी गर्दै आए । यो दुराशययुक्त सूचनाको अभियानले जलवायु परिवर्तन रोक्ने पहलकदमीलाई दशकौँ पछाडि धकेल्यो ।
जलवायु परिवर्तनसँग सम्बन्धित पहलकदमी नीतिमा भएको ढिलाइलाई गलत सूचनाले सिर्जित एक महत्वपूर्ण नीतिगत ढिलाइका रूपमा लिन सकिन्छ ।कोभिड–१९ महामारीमा रोगका लागि सञ्चार प्रयोजनका ५ जी टावरलाई समेत जिम्मेवार ठहर्याउनेदेखि लकडाउन र खोपमाथि शंका गर्नेसम्मका गलत सूचना तीव्र रूपमा फैलिएका थिए । नतिजा विश्व स्वास्थ्य संगठनले न्यून–गुणस्तरको जानकारी र षड्यन्त्र सिद्धान्तको प्रचुरतालाई वर्णन गर्न ‘इन्फोडेमिक’ (सूचानामा आएको महामारी) शब्दको समेत सिर्जना गर्नुपर्यो ।
पुरातनपन्थी समूह र खुला बजार अर्थतन्त्रसम्बद्ध थिंक ट्यांकको समूहले विज्ञानलाई अस्वीकार गर्छ र विज्ञानमा आधारित नियमलाई ‘स्वतन्त्रता’को अतिक्रमण मान्छ
विभिन्न मिथ्या सूचनालाई जोड्ने कडी स् चाखलाग्दो के छ भने जलवायु परिवर्तनलाई अस्वीकार गर्ने केही राजनीतिक शक्तिले नै कोभिडबारे दुराशययुक्त सूचना फैलाउन एकै किसिमको रणनीति अपनाइरहेका छन् । आखिर यी दुई पाटा कसरी जोडिन्छन् रु जलवायु परिवर्तनका मामिलामा कार्बनको मूल्य निर्धारण र कोभिड–१९ महामारीमा सामाजिक दूरीजस्ता सामाजिक स्तरमा सरकारले लागू गर्न खोजेको समाधानका उपाय शंकाको साझा कारक बन्न पुग्छ ।
पुरातनपन्थी समूह र खुला–बजार अर्थतन्त्रसम्बद्ध थिंकट्यांकको एक वृत्तले विज्ञानलाई अस्वीकार गर्छ र विज्ञानमा आधारित नियमलाई ‘स्वतन्त्रता’को अतिक्रमण मान्छ । चुनाव वा जलवायु परिवर्तन वा खोपसँग सम्बन्धित वा अन्य मामिलामा हुने संगठित दुराशययुक्त सूचना अभियानमा प्रयोग हुने अर्को तिकडम भनेको व्यक्तिगत इमानदारी र विश्वसनीयतालाई कमजोर पार्न गरिने व्यक्तिगत आक्रमण हो । चुनावमा ट्रम्पमाथि अन्याय भयो भन्नेले अमेरिकी चुनावी अधिकारीलाई धोखाधडी गतिविधिमा संलग्न भएको झुटो आरोपसमेत लगाए ।
वैज्ञानिकमाथि आक्रमणको नयाँ मोर्चाः आक्रमणको नयाँ मोर्चाले लोकतन्त्रको प्रमाण–आधारित अखण्डता जोगाउने वैज्ञानिक र पैरवीकर्तालाई तारो बनाउनु अस्वाभाविक भने होइन । यी आक्रमण र पूर्वाग्रही आरोप लगाउन मूलतः रिपब्लिकन पार्टीका नेताले उक्साएका छन् । यसरी उक्साहटमा आउनेमा विशेषतः सन् २०२० को चुनावका वेला ट्रम्पको आधारहीन आरोपलाई समर्थन गर्ने कार्यकर्ता छन् ।
मिथ्या सूचना फैलाउनेले आफ्ना काममाथि भएका जाँच–अध्ययनलाई कमजोर पार्ने लक्ष्य राखेका हुन्छन्, जसमा जलवायु परिवर्तन अस्वीकार र खोपविरोधी अभियानजस्ता रणनीति प्रयोग हुन्छन् । यस अभियानले मिथ्या सूचना अनुसन्धानमा नकारात्मक प्रभाव पारेको छ ।
अगाडि कसरी बढ्ने ? : हाम्रो शोधपत्रले डिजिटल सेवा ऐन र अभ्यास संहिताजस्ता युरोपेली संघका कानुन निर्माण गर्न भूमिका खेलेको छ । यी कानुनले मिथ्या र दुराशययुक्त सूचनाविरुद्ध लोकतन्त्रको लचिलोपनलाई बढाउने लक्ष्य राखेका छन् । हाम्रो अनुसन्धानले मिथ्या सूचनामा जनताको प्रतिरोध कसरी बढाउने भनेर पनि खोज गरेको छ । उदाहरणका रूपमा ‘इनोकोल्युसन’को विधिलाई लिन सकिन्छ । यो विधिअनुसार मिथ्या सूचना फैलाउने रणनीतिबारे जानकारी दिएर आममानिसलाई त्यसबाट जोगाउन सकिन्छ ।
पूर्वी युरोपका तीन करोड ८० लाख मानिसमाझ छोटो शैक्षिक भिडियोको प्रयोगबाट हालै इनोकोल्युसन अभियान चलाइएको थियो । नतिजास्वरूप युक्रेनी शरणार्थीबारे बनेका भ्रामक भाष्य पहिचान गर्ने क्षमतामा वृद्धि भएको छ । अमेरिकालगायत क्षेत्रमा यी पहल र अनुसन्धान खोजको कार्यान्वयन भने अनिश्चित छ । विडम्बना, अमेरिकामा राजनीतिको एक खेमा लोकतन्त्रमा मिथ्या सूचनाबाट हुने खतराभन्दा मिथ्या सूचनामा हुने अनुसन्धानबाट बढी खतरा महसुस गर्छ ।
(लेवेन्डोस्की ब्रिस्टोल विश्वविद्यालयका कग्निटिभ साइकोलोजीका अध्यक्ष हुन् भने कुक मेलबर्न स्कुल अफ साइकोलोजिकल साइन्सेस मेलबर्न विश्वविद्यालयका वरिष्ठ अनुसन्धाता हुन्)
प्रतिक्रिया दिनुहोस्