ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो


एबीसी न्यूज


काठमाडौं, १६ मंसिर । दक्षिण तथा दक्षिण–पूर्वी एशियाका विभिन्न देशहरू इन्डोनेशिया, श्रीलङ्का, थाइल्यान्ड र मलेशियामा आएको विनाशकारी बाढी–पहिरोले साढे ११ सय भन्दा धेरैको ज्यान गएको छ । हजारौं नागरिक घाइते भएका छन् भने धेरै अझै बेपत्ता भएका छन् ।इन्डोनेशियाको सुमात्रा, श्रीलङ्का, थाइल्यान्ड र मलेशियामा लगातार वर्षा र चक्रवातका कारण बाढी पहिरोमा परि लाखौं मानिस विस्थापित भएका कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ । इन्डोनेशियामा मात्रै अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ६ सय नाघेको छ ।श्रीलङ्कामा साढे ३ सय जना, थाइल्यान्डमा १ सय ७६ जना र मलेशियामा ३ जनाको ज्यान गएको खबरमा उल्लेख छ । इन्डोनेशिया र श्रीलङ्का दुवै देशले सेना परिचालन गरी उद्धार तथा राहत कार्य भइरहेको जनाएका छन् । धेरै ठाउँमा सडक अवरुद्ध भएको छ भने विद्युत् तथा सञ्चार अवरुद्ध हुँदा हवाई तथा डुङ्गा मार्फत आपत्कालीन सामग्री पुर्‍याइँदैछ ।श्रीलङ्कामा झन्डै ११ लाख मानिस प्रभावित भएका खबरमा उल्लेख छ । श्रीलङ्का सरकारले यसअघि नै राष्ट्रिय आपतकाल घोषणा गरिसकेको छ । धेरै ठाउँमा विद्यालय, पुल, घर र खेतबारी बगाएको छ ।हजारौं बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । त्यहाँको मौसम विभागका अनुसार केही ठाउँमा अझै ठूलो वर्षाको सम्भावना कायमै रहेकोले उद्धार तथा राहतमा थप समस्या भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com