ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महेश समूहको तीनकुनेमा संयमितप्रदर्शन , दुर्गे समूहको बल्खुको उदण्ड


ABC NEWS
मंसिर ७, २०८० बिहीबार   ३ : ०४   बजे

काठमाडौँ ७ मंसिर । युवा सङ्घ नेपालले काठमाडौँको तीनकुनेमा गरिरहेको प्रदर्शन संयमित छ। प्रदर्शनकारीहरूले न प्रहरी घेरा तोड्ने प्रयास गरेका छन् न त झडप नै भएको छ। उता दुर्गा प्रसाईँ समूहको अगुवाइमा बल्खुमा भइरहेको प्रदर्शन भने अराजक बन्दै गइरहेको छ।

उनीहरूले पटक(पटक स्थानीय प्रशासनले तोकेको प्रदर्शनस्थल नाघेर कालीमाटीतिर आउने प्रयास गरिरहेका छन्। उनीहरू रिङरोडबाट भित्री सहर प्रवेश गर्ने प्रयासमा छन्।

युवा सङ्घको कार्यक्रम व्यवस्थित देखिन्छ। स्वयम् सेवकहरू परिचालन गरिएको छ। प्रदर्शनकारी आयोजकको नियन्त्रणमा देखिएका छन्। उता बल्खुको प्रदर्शनकारीहरू नेतृत्वहीन देखिन्छन्। प्रदर्शनकारीहरू नेतृत्वको नियन्त्रणमा देखिएका छैनन्।

उनीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस अनि पानीको फोहोरा समेत प्रयोग गर्नुपरेको थियो। प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गरेका थिए।

तीनकुनेमा भन्दा बल्खुमा सुरक्षाकर्मीको सङ्ख्या बाक्लो देखिन्छ। सुरक्षाकर्मीले सो क्षेत्रमा जामरको प्रयोग गरेर मोबाइल नेटवर्क अवरुद्ध बनाएको छ। तह(तहमा सुरक्षाको घेरा बनाइएको छ।

बिहान प्रदर्शनस्थलमा जानेक्रममा मोटरसाइकलमा रहेका युवा सङ्घका समर्थक र बल्खुमा भेला भइरहेका प्रसाईँ समूहका प्रदर्शनकारीबिच झडप भएको थियो। प्रहरीले बल प्रयोग गरेर बेलैमा स्थिति नियन्त्रणमा लिँदा अवस्था थप बिग्रन नपाए पनि प्रसाईँ समूहले बल्खुको प्रदर्शन उग्र बनाउने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group