ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रसाईंको समूहको रणनीति : जसरी पनि हिंसात्मक भिडन्त गर्ने, प्रसाईं गिरफ्तारी दिन आतुर !


ABC NEWS
मंसिर ७, २०८० बिहीबार   ४ : ०१   बजे

काठमाडौं ७ मंसिर । काठमाडौंको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ ।

बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको छ ।

प्रहरीमाथि ढुंगा प्रहार गर्दै दुर्गासमूहका कार्यकर्ता

प्रहरी बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् ।
प्रसाईंले संघीयता भन्नेहरुलाई खेद्नुपर्ने बताएका छन्।
बल्खुमा आफ्नो समूहको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै प्रसाईंले आफूहरुको प्रदर्शन आन्दोलन नभई जनविद्रोह भएको उनले जिकिर गरे।

उनले भने,’यो देशलाई फेरि पुरानो नेपाल बनाउनु छ, यो संघीयता भन्नेलाई लात्ताले दिएर खेद्नु छ। यो आन्दोलन होइन, यसलाई तपाई आन्दोलन नभन्नुस्, जनताले भनेको जनविद्रोह हो।’

उनले नेपालका कैयौँ नेताहरुको विदेशमा लगानी रहेको दाबी गरे। साथै प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनतासमक्ष आत्मसमर्पण गर्न सुझाव दिए।

‘अहिलेका प्रधानमन्त्री प्रचण्डलाई म राम्रोसँग चिन्दछु। तपाईं सरेन्डर गर्नुहोस्, जनतासित आउनुहोस्। हिजो यिनै जनताले पुर्‍याएका हुन् त्यो ठाउँमा,’ उनले भने।

उनले अब काठमाडौँ कब्जा गर्ने उनले चेतावनी दिए। उनले भने,’हामीले अब काठमाडौँ कब्जा गर्नुपर्छ। संसद् भवन कब्जा गर्नुपर्छ। हामीलाई चलाउने कोशिस भयो भने तपाईंहरुले काठमाडौँमा सबै दोकानहरु बन्द गराउनुपर्छ।’

कार्यक्रममा पुगेका राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रदर्शनकारीहरुलाई निषेधाज्ञा तोडेर माइतीघर छिर्न जोस्याएपछि प्रहरीसँग मुठभेड भएको थियो।

प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए ।
त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालीमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
दुर्गा प्रसाईंको समूहको रणनीति नै जसरी पनि भीडन्त गराउने, केही दर्जन मानिसको हत्या गराउने र राज्य असफल भएको भन्ने पार्ने रहेको हिन्दू सम्राट ससेनाका एक पदाधिकारीले बताए । ती पदाधिकारीका अनुसार तीन दिनसम्म काठमाडौंमा बसेर राती दिउंसा वा जुनसकै ेला भएपनि हिंसात्मक गतिविधि गर्ने र दुर्गा प्रसाईंले गिरफ्तारी दिएर माहोल बनाउने भन्ने रणनीति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group