काठमाडौं ६ मंसिर । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (बुधबार) बस्दै छ। युवा संघसहित पार्टीका २३ वटा भ्रातृ तथा जनवर्गीय संगठनले काठमाडौँमा गर्न लागेको बृहत् प्रदर्शनको एक दिनअगाडि एमालेको बैठक बस्न लागेको हो। बैठक एमालेको केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने बताइएको ...