ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चमा कांग्रेस र एमालेबाट न्यायधीशका लागि एक–एक जना सहति ६ जना सिफारिश


ABC NEWS

काठमाडौं ५ मंसिर । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा प्रमुख दलहरूले भागबण्डा गरेका छन्। जसमा नेपाली कांग्रेस निकट कानुन व्यवसायी र एमाले निकट कानुन व्यवसायीबाट एक–एक जनालाई न्यायाधीश बनाइएको छ।

माओवादीको लागि एक जना कोटा छुट्याइएको छ। सर्वोच्च अदालतमा ७ जना न्यायाधीश रिक्त भए पनि माओवादीको कोटाबाट नाम आउन नसक्दा मंगलबार ६ जना मात्रै न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो।
न्याय परिषद्ले ४ जना उच्च अदालतका न्यायाधीशबाट सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। कानुन व्यवसायीबाट न्यायाधीश बनेकी सारंगा सुवेदी हाल उच्च अदालत जनकपुरको कामु मुख्य न्यायाधीश छिन्।

नायव महान्यायाधिवक्ताबाट न्यायाधीश बनेका महेश शर्मा पौडेल हाल उच्च अदालत पाटनका प्रमुख न्यायाधीश छन्।

टेकप्रसाद ढुंगाना उच्च अदालत पाटनको दोस्रो वरियताका न्यायाधीश हुन्। अब्दुल अजिज मुसलमान पनि उच्च अदालत हेटौँडाका कामु मुख्य न्यायाधीश हुन्। उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ।
कानुन व्यवसायीबाट दुई जना न्यायाधीशका लागि सिफारिस भएका छन्। नेपाली कांग्रेस निकट कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ता सुनिल पोखरेल सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका छन्। एमालेको कोटाबाट बालकृष्ण ढकाललाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ।

पोखरेल नेपाल बार एसोसिएसनको पूर्व महासचिव समेत हुन्। बालकृष्ण ढकाल सर्वोच्च बार एसोसिएसनको पूर्व सचिव हुन्। उनी एमाले निकट कानुन व्यवसायी हुन्।

जसमा चार जना उच्च अदालतका न्यायाधीश हुन्। अब एक जना पनि वकिलकै कोटाबाट न्यायाधीश बन्ने न्याय परिषद्का एक सदस्यले बताए।

माओवादीको कोटाबाट भने न्यायाधीश नियुक्त गर्न बाँकी छ। न्यायाधीशमा सिफारिस भएका व्यक्तिहरूको सुनुवाइका लागि अब संसदीय सुनुवाई समितिमा पठाइनेछ। सुनुवाइ भएर अनुमोदन भएपछि उनीहरू न्यायाधीश बन्नेछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com