ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजाको अल-शिफा अस्पताल ‘डेथ जोन’ बनेको विश्व स्वास्थ्य संगठनको घोषणा


ABC NEWS
मंसिर ३, २०८० आईतबार   ८ : २३   बजे

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्यालेस्टाइनको गाजा शहरको अल-शिफा अस्पताललाई ‘डेथ जोन’ (मृत्यु क्षेत्र) घोषणा गरेको छ।
अस्पतालको भ्रमणपछि डब्लूएचओले त्यस्तो घोषणा गरेको हो। अस्पतालमा इजरायली सेनाले कब्जा गरी त्यहाँबाट मानिस हटाएपछि डब्लूएचओको नेतृत्वमा रहेको संयुक्त राष्ट्र संघको संयुक्त समूहले निरीक्षण गरेका छ।
अस्पतालका निर्देशकका अनुसार इजरायली सेनाको आदेशमा अस्पतालमा रहेका मानिसलाई बाहिर पठाइएको छ। इजरायली सेनाले भने अस्पतालका निर्देशकको अनुरोधमा त्यसो गरिएको दाबी गरेको छ।
डब्लूएचओ र राष्ट्र संघको टोलीले आफूहरूले अस्पतालभित्र गोलाबारीको निशान र ठूलो समूहमा मृतकहरू देखेको बताएको छ। अस्पतालमा अहिले पनि ३०० जना गम्भीर प्रकृतिका बिरामी रहेको जनाइएको छ।
डब्लूएचओले त्यहाँ बाँकी रहेका बिरामी र कर्मचारीलाई तुरून्त बाहिरिने प्रबन्ध मिलाउन प्रयास गरिरहेको छ। यससँगै युद्धविरामका लागि पुनः अनुरोध गरेको छ।
यसैबीच, अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले वासिङटन पोस्ट्मा प्रकाशित समाचारबारे प्रतिक्रिया दिएको छ। समाचारमा इजरायल र हमास अमेरिकाको मध्यस्थतामा समझदारी निकट पुगेको, पाँच दिनका लागि युद्धविराम गरेर हमासले कब्जा गरेका महिला र बालबालिकालाई मुक्त गर्न तयार भएको उल्लेख गरिएको थियो। ह्वाइट हाउसका प्रवक्ताले त्यस्तो कुनै समझदारी नभएको, तर त्यसका लागि प्रयास भइरहेको जनाएका छन्।
इजरायले आक्रमण गरेको गाजाको अल-शिफा अस्पताल।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमाससँग पूर्ण युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन्। हमासले कब्जा गरेका सर्वसाधारणालाई फिर्ता गर्ने शर्तमा अल्पकालीन युद्धविरामबारे सोच्न सकिने उनले जनाएका छन्।
मंसीर २ मा मात्रै केही बिरामीसहित सयौं मानिसले अल-शिफा अस्पताल त्यागेका छन्। केही स्वास्थ्यकर्मीले आफूहरूलाई अस्पताल छोड्न भनिएको बताएका छन्, तर इजरायलले त्यस्तो कुनै आदेश नदिएको दाबी गरेको छ।
अल-शिफा अस्पतालमा रहेका एक पत्रकारका अनुसार, हिँडडुल गर्न नसक्ने बिरामी र साह्रै थोरै संख्यामा डाक्टरहरू मात्रै अस्पतालमा बाँकी छन्।
त्यस्तै, अरब न्यूजमा प्रकाशित समाचार अनुसार गाजाको स्वास्थ्य मन्त्रालयले अल-शिफा अस्पतालमा रहेका कम्तिमा ३० जना अवधि नपुगी जन्मिएका
शिशुलाई पनि त्यहाँबाट निकालेर इजिप्टका अस्पतालमा पठाइएको जनाएको छ। मन्त्रालयका प्रवक्ता मेधत अब्बासले मंसीर ३ मा उनीहरूलाई अस्पतालबाट पठाइएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group