कैलाश पर्वतको पहिलो ग्लेसिएरदेखि मानसरोवरको रोमाञ्चक भिडियो यात्रा-Xclusive.

५८०० मिटरको पहिलो ग्लेसिएरमा, मानसरोवर परिक्रमा



कैलाश मानसरोवर : कथ्य तथ्य र विश्वास– एवीसी न्यूजको आउटलुक विशेषमा (भिडियोसहित)

 

मानसरोवर यात्रा हिन्दू, बौद्ध र जैन मार्गीहरुका लागि सबैभन्दा ठूलो प्रतिष्ठाको विषय हो । त्यसभन्दा पनि संसारकै छानो मानिने तिब्तेन प्लेटो कस्तो होला भन्ने जान्न ल्हासा बाट झण्डै ११ सय ५० किमी दुरीको यात्रा नगरेसम्म सामान्य जानकारी पनि हुन सक्दैन ।
मानसरोवर यात्रा आम मानिसको नजरमा धार्मिक भ्रमण थियो भने मेरा लागि तिव्तेन प्लेटोको अलोकन र अध्ययन ।

माउन्ट कैलाशको पहिलो ग्लेसियरको अगाडि लेखक

सामान्यतया मानसरोवर यात्राका लागि अप्रिलदेखि जून र सेम्टेम्वर तथा अक्टोबर महिना सबैभन्दा राम्रो मानिन्छ भने जुलाई र अगस्त वर्षात्को समय हुनाले बेमौस माएितापनि हामी विमानस्थल उत्रेदेखि साउन ३१ गते माउन्ट कैलाशको आधार क्षेत्रको होटल जहाँको उचाई ४६५० मिटर रहेकोसम्म आइपुग्दा पुरै घामाइलो समय प¥यो । हामी योफाङ च्या होटल आइपुग्ने बेलासम्म सबैभन्दा बढी ५,०८९ मिटरको सिला ९त्तगष्बिएबकक० पास क्रस गरेर आउँदा पनि हाम्रो टोलीका कसैलाई त्यस्तो कुनै समस्या भएन ।
साउन २९ गते दिउँसो २ बजेतिर हिंडेर साँझ नौ बजे हामी अन्राष्ट्रिय महत्वको सिगात्सेमा आएर बास बस्यौं ।
तेस्रो दिन सिगात्सेबाट झण्डै ४५० किमीको दुरीमा रहेको सागामा पुगेर बस्नु पर्ने थियो । त्यसका लागि विहानै ७ बजे नै हिंड्यौं । बीचमा पर्ने जिम्वु भन्ने स्थानमा एउटा गुम्वा पनि रहेछ । सांघाई तिव्वेत मैत्री राजमार्गको त्यो विन्दू ठ्याक्कै ५००० किमीको दूरीमा पर्दो रहेछ । त्यो रोड बनाउन सन् १९५८ मा माओत्सेतुङकै पालामा सुरु गरिएको हो ।
लात्सेमा पुगेर लन्च ग¥यौं । त्यही विन्दु रहेछ जहाँबाट कोदारी राजमार्ग अर्थात् खासा हुँदै नेपाल जाने र अर्को माउन्ट कैलाश जाने बाटो छुट्टिने रहेछ । जुन बाटो सन् १९६७ मा सम्पन्न भएको थियो । कोदारी राजमार्गले स्थलमार्गबाट चीनसँग नेपाल जोड्दा पनि छिमेक अर्को देश भारतले केही समय नाकाबन्दी लगाएको थियो । तर राजा महेन्द्रले माओ र चाओएनलाईसँग सम्वन्ध बनाएर नेपाललाई भारततर्फको परनिर्भरताबाट मुक्त गर्ने बैकल्पिक दिशा देखाएका थिए त्यतिबेलै ।
त्यो दिन हामी रातको दश बजे पुगेर सागाको होटलमा बस्यौं ।

तेस्रो दिने हाम्रो टोली सागबाट अघि बढेको थियो दारचिन का लागि ।

 

नमरिङको केला पास ४८८९ मिटर र सामसङपास ४८१८ मिटर पास गरेर अघि बढ्यौं । त्यस लगत्तै सिला पास सबैभन्दा बढी अल्ट्च्यिुड रहेको ५०८९ मिटर क्रस गर्दै फोटो खिच्दै अघि बढ्यो । बाटोको वरिपरिको दृश्यले केही महिना यतै बस्न पाए कस्तो हुँदो हो भन्ने छाल नआएको भने होइन । मलाई मानसरोवर यात्रा रोमाञ्चक ढंगबाट टेलिभिजनको पर्दामा पनि देखाउनु पर्ने थियो । त्यसैले सम्भावित ठाउँहरुमा आवश्यक काम पनि गरिरहेको थिएँ । यस अघि मैले चेयरमेन माओत्सेतुङको जन्मस्थान साओसान र ग्रेटवालको पनि डकुमेन्ट्री बनाएको थिएँ ।
हामी विस्तारै सिला पास गरेपछि तलतिर झरिरहेका थियौं । छेङ्ला पास ४७९७ मिटर थियो भने अर्को थोग्ला पास ४९२० मिटरको थियो । त्यहाँ पनि फोटो खिच्ने हाँसी मजाक गर्ने र टेलिभिजनको कर्मकाण्ड पनि गर्दै अघि बढ्यो । सिगात्सेबाट अघि बढेपछि देखिएका ससाना शहरहरु कति धेरै चाँडो विकासको चरम विन्दुमा पुग्ने भन्ने पर्खाइको हतारमा रहेका जस्ता देखिन्थे । हरेक सहरमा दू्रत ढँगले निर्माण कार्य भइरहको देखिन्थ्यो ।
फ¥याङ ९एचथबलन० को लोकल रेष्टुरेन्टमा लन्च ग¥यौं । त्यहाबाट अलिकति अघि बढेपछि माउन्ट अन्नपूर्ण र धौलागिरिको नेपालबाट उत्तरी तर तिव्वतबाट दक्षिणी रेन्ज देख्न सकिने थियो । त्यस हिसबाले हामी भौगोलिक रुपमा तिव्वतमा हिंडेपनि टाइम जोन र भूगोलका हिसावले नेपालकै समयचक्रमा कुदिरहेका थियौं । तिव्वतमा बेलुकाको साढे नौ बज्न लाग्दा बल्ल घाम डुब्न लाग्दथ्यो । त्यो समय भनेको नेपालमा सवा सात बजेको अवस्था हो । यद्यपि चीनको सवै क्षेत्रको टाइम जोन एउटै छ । त्यसो त रसियाको टाइमाजोन भने अहिले पनि फरक फरक स्थानको गरी ४ वटा टाइम जोन रहेको छ । त्यो नै विश्वको मौलिक समय फरक भएको देश हो ।
आज सबैभन्दा बढीको उचाई हामीले मायुम चेकपोष्ट क्रस गरेपछि मायुम्लापास ५२११ मिटर क्रस ग¥यौं । कसैलाई पनि अल्ट्च्यिुडको समस्या भएन । त्यसको लगत्तै झरेपछि फोटो खिच्ने स्थान रहेछ । त्यो मानसरोवरकै मुहानको एउटा शाखा भएर बनेको ताल रहेछ । जसलाई नानी ताल भनिन्छ । त्यो स्थानको स्थानीय नाम छेछ्याङ ९ऋजभनअजभनबलन० रहेको छ । पश्चिमा पर्यटकहरुले त्यो स्थानको नाम नै फोटो खिच्ने स्थान भएकाले कोडाक प्यलेस भन्ने राखेका रहेछन् ।

तिव्वतमा भेडा र याकको बथान


बाटोभरि याक र भेडा चरेको बथान देख्दा लोभलाग्दो लय देखिन्थ्यो । हामीले भेडा देख्ने वित्तिकै दशैंमा पुग्ने यिनै त हुन् नेपालमा भन्दै हाँसी मजाक समेत ग¥यौं । नेपालमा तिव्वतबाट दशैंका समयमा भेडा च्याङ्ग्रा गएपनि यति माथिबाट किन जान्थे र ?

बेलुका बुराङ् काउन्टीको दारचेन भन्ने माउन्ट कैलाशको बेस क्याम्प पनि भनिने गाउँ तर अहिले सहर बन्ने हतारोमा रहेको एउटा होटलको बाहिरी टेन्टमा बस्यौं ।
त्यो टेन्ट ल्हासको ल्हासा होटलभन्दा कम सुविधाको थिएन । सबै सुविधा त्यही टेन्टमा थियो ।

५८०० मिटरको पहिलो ग्लेसिएरमा
दारचेनबाट माउन्ट कैलासको वास्तविक बेस क्याम्प अर्थात् डोरापुक मोनेस्ट्रीमा पुग्न दारचेनबाट सरस्युङसम्मको ६ किमी स्थानीय यातायातबाट जानु पर्ने नियम रहेछ । त्यसका लागि पनि स्थानीय अधिकारीबाटी ग्रुप भिसाको कपी सहित कागजपत्र देखाएर अनुमति लिनु पर्दछ । त्यही बेला जर्मनीबाट आएका तीन जना मित्रहरु र हामी एउटै गाडीमा सस्र्युंसम्म गयौं । त्यहाँबाट अघि बेसक्याम्पसम्म पुग्न १६ किमी ट्रेकिङ गर्नु पर्ने थियो । हामीलाई सजिलो होस् भन्नका लागि दुई जना भरियाहरुको व्यवस्था गरिएको थियो । उनीहरुले हामीले बाटोमा खानेकुरा, अक्सिजन लगायतका सामग्रीहरु बोक्नु पर्ने थियो । विहान स्थानीय समय अनुसार साढे ९ बजेतिर हिंडेका हामी साढे दुई बेजतिर बेसक्याम्प अर्थात् डेरापुक पुग्यौं । त्यति चाँडै पुगेपछि के गर्ने भन्ने कुनै योजना थिएन । यसो बाहिर हेरेको दिउँसै छ । माथितिर अलिअलित मानिसहरु पनि हिंडिरहेका छन् ।
ठ्याक्कै हामी पुगेकै बेला भारतीय हिन्दू सद्गुरु आदित्य पनि त्यहीं पुगेका थिए । मैले राजन र मा जिहानलाई माथिसम्म पुगेर आउँ भनें ।
फस्ट ग्लेसिएरतिर
हाम्रो झोलाहरु टुर गाइडलाई हेर्न भन्दै हामी ५ जना माथितिर लाग्यौं । त्यो सानामा पढेको घनघस्याको उकालोको कथाभन्दा पनि कठिन उकालो थियो । त्यहीं हामी उक्लिन थाल्यौं । पहिलो १० मिनेटजतिमा नै कति माथि पो पुगिएला र ? भन्ने हुन थालेको थियो । अलिक मास्तिर पुगेर सुस्ताएको बेला हिमाञ्चल प्रदेशबाट आएका कमल देव शर्मा नामक तिर्थालुसँग कुरा भयो । उनी पनि पहिलो ग्लेसिएरसम्म पुगेर तीन घण्टा जति कुर्दा पनि बादल नहटेपछि फर्केछन् । हाम्रा टिमका सदस्यलाई मैले अलिक माथि जाउँ म घोर तपस्या सुरु गर्दछु त्यसपछि बादल हटिहाल्छ नि भन्दै हौस्याएर फेरि माथि चढ्न थाल्यौ । भाइ राजन र चिनिया मित्रले त लठ्ठी ल्याएका थिए । बाँकी अरुले तलै छाडेका थियौं । झण्डै एक घण्टाजति हिेंडेपछि भाइ राजनले भिनाजु भो अव त नजाउँ भन्न थाले । भोलि फर्किने हो भने अलिक माथि जाउँ भन्दै अघि बढें । म अलिक धेरै अघि बढिसकेपछि सबै उक्लन बाध्य भए । त्यसैगरी हामी माउन्ट कैलाशको पहिलो ग्लेसिएरमा पुग्यौं । हामी पुग्दा यस्तो रमाइलोगरी मुश्किलले १५ मिनेटका लागि घाम लाग्यो । माउन्ट कैलाशमाथिको बादलको घुम्टो पनि एक झल्कोका लागि यिनीहरुलाई अनुहार देखाइदिऊँ जसरी खुला भयो । यद्यपि चुचुरोको माथिको कालो बादलले अलिअलि छायाँ भने बाँकी नै थियो । सायद फेरि अर्को पटकका लागि बोलाएको पनि हुनसक्छ ।
त्यो हिम श्रृङखला आफैंमा विचित्रको भने अवश्य थियो । कतै महादेव शिवका दुई छोराहरु गणेश र कुमारको जस्तो आकृति, कतै बाघको छाला र नागको मालामा शीब भारतीय टिभी श्रृङखलाहरुमा देखाइएजस्तै आकृतिमा देखिएको जस्तो हातका पञ्जा उठाएर आर्शिवाद दिएजस्तो त कतै शिवका ठूला ठूला ढ्याब्रे पाउ जस्तो आकृति अवलोकन गर्दै हिमाली श्रृंखलामा त्यति चर्को घाम लागेका बेला बाक्ला ज्याकेटहरु फुकालेर कसैले कमिज त कसैले भित्री स्वीटरमा मात्र तस्वीर खिच्यौं । केही क्षणमा नै अकाश बादलियो । त्यति खुला र कञ्चन देखिएको माउन्ट कैलाश अलि लजाएजसरी वा चर्को घामबाट जोगिन हामीले हतार हतार अनुहार छोपेजसरी शिर छोपिहाले । तर हाम्रो रोमाञ्चकतामा हाम्रो टाउको दुखाई कहाँ हराएको थियो केही क्षण हामीले नै पत्तो पाएनौं । दुई जना भाइहरु र मलाई अधिक टाउको भने दुखेकै थियो । तर पनि त्यो रोमाञ्चकता । अथवा प्रकृतिको त्यो उचाइमा पुग्नु नै हाम्रो सफलता थियो । मनमनै मैले जीवनमा यति धेरै हण्डरठक्कर सँगै यति धेरै औषधि खाएँ, तर पनि मेरो मुटुको चालले सधैंभर मलाई साथ दिने भयो भन्ने विश्वासले मलाई भित्रैदेखि अरु बढी आत्मविश्वासी बनाएको थियो । गत वर्षमात्र म एकै रात चार पटक अचेत भएको थिएँ । त्यो क्रम गत मे महिनामा छेन्दु गएका बेला पनि एकपटक दोहरिएको थियो । तर पनि मेरो मुटुको चाल र मैलै गर्नुपर्ने कर्तव्यबाट अव कसैले रोक्न सक्दैन भन्ने निकै ठूलो विश्वास प्राप्त भयो ।

गत मे पहिलो हप्ता राष्ट्रपतिको चीन भ्रमण टोलीमा आउँदा मलाई ल्हासामै गा¥हो भएको थियो । अघिल्लो वर्ष प्रधानमन्त्री ओलीसँग आउँदा पनि अधिक टाउको दुखाईका कारण मैले वेनचेन शो छाडेको थिएँ । ती घटनाले पनि एकपटक मानसरोबर र माउन्ट कैलाश पुगेरै हेर्ने भन्ने लगेकै थियो । मेरो यताको आगमनमा भित्रभित्रै शारदा र छोरी जेनी चिन्तित भएको जस्तो लाग्दथ्यो । शारदाको चिन्ता त प्रकट भएकै थियो । छोरीको अव्यक्त रुपमा चिन्ता मैले देख्न सक्थें । तर जेनीमा राजन, साजन मामा त जान आँटेका छन् भने ड्याडी किन नसक्ने भन्ने आत्मविश्वासको भाव पनि उनको अनुहारमा देखिन्थ्यो । हुन त सबैका छोराछोरीलाई आफ्ना बाबा ममीभन्दा ठूलो कोही लाग्दैन । त्यसमाथि पनि जेनीलाई विशेषगरी मेरो शक्ति र कमजोरी अरु बढी राम्रोसँग थाह छजस्तो मलाई लाग्छ ।
होली वाटर
माउन्ट कैलाशको फेदको पानीलाई हिन्दू र बौद्धमार्गीहरुले पवित्र जल अर्थात होली वाटरका रुपमा अथ्र्याएका र व्याख्या गरेका थुप्रै सामग्रीहरु पढ्न र सुन्न पाइन्छ । पञ्च तत्व मध्ये पानी एक नभइ नहुने पवित्र तत्व अवश्य हो । तर कहाँको जल होली वाटर कहाँको पानी ननहोली वाटर हुन्छ भन्नेमा मलाई पनि त्यस्तो कुनै विश्वास लाग्दैन । यद्यपि हिमश्रृङ्खलाको कलकल बगिरहेको पानी पक्कै पनि सबैभन्दा बढी शुद्ध भने अवश्य नै हो । हामीले रमाइलोका लागि नै भए पनि एक बोतल पानी भरेर ल्यायौं । माथि चढ्दा त्यहींको पानी पटक पटक पियौं । ठाउँ ठाउँमा मैले अरु साथीहरुलाई पर्खिनकै लागि रमाइलो गर्न पनि ध्यान गरेको जस्तो गरेर चर्को चर्को स्वरमा ओम ओम ओम मन्त्रोच्चारण गरें । त्यहाँ चढ्ने तिर्थालुहरुले सुस्त सुस्त जय शिव शम्भो भनिरहेका हुन्थे । सामान्यत अल्ट्च्यिुडका कारण चर्को नबोल्नु भन्ने हुन्छ । तर म एकतातिर टेलिभिजनका लागि बोलिरहेको थिएँ, अर्को रमाइलोका लागि । त्यसमाथि स्वर बसेर एजिथ्रोमाइसिन औषधी खाएको चौथो दिन भएको थियो । बाक्लो, बाक्लो र पहेंलो कफ पनि आइरहेको थियो । तर दरिलो इच्छाशक्तिको अगाडि सायद धेरै कुरालाई हार मान्नु पर्दोरहेछ कि ?
हामी फस्ट ग्लेसिएरमा पुग्दा ६ किमी र फर्किदा गरी १२ किमी हिंडेछौं । त्यहाँको समुन्द्र सतहबाट झण्डै ५८०० मिटर उचाई रहेछ । त्यस दिन हामी २८ किमी दूरी पार गरेछौं । सामान्यतया त्यसो गरिनु निकै जोखिमपूर्ण मानिन्छ । तल बस्ने स्थलमा आइपुग्दा त्यहाँको वातावरणले निस्सासिएर मर्नेजस्तो थियो । बल्ल थाहा भयो कि यति बेजोडले टाउको दुखेको रहेछ । पछिल्लो छ महिनादेखि मानिसको जीवनमा आइपर्ने सङ्कट जति सहने त रहेछ भन्ने धारातिर मोडिन थालेको थियो मेरो । त्यही सम्झेर औषधिको एक नियमित डोज मात्र खाएँ । भाइहरुलाई पनि त्यसै गर्न भनें ।

एउटा हलमा ४० भन्दा बढी मानिस । कोही घुरेका छन् । चिनियाहरु चुरोट पिइरहेका छन् । विभिन्न समूह बनाएर आएकाहरुले टुर गाइडप्रति गुनासो गरिरहेका छन् । कोही कोही त झगडा गरिरहेका थिए । राती दुई बजेतिर त्यो होटल भन्ने कि मेस भन्नेका सञ्चालक तिनको झण्डै १ वर्ष पनि नपुगको दुधे बालक र सञ्चालकका जोडीले मम बनाएर खाँदै थिए । म उनीहरुको चुलोनेरको खाटमा परेछु । मसँगै साजन र राजन थिए । उता मेरो खुट्टा पर्नेतिर मद्रासतिरका जोडीको खाट थियो । हामी तीन भाइ एक निमेष पनि झिमिक्क आँखा नगरीकन विहानको ७ बजायौं । विहान ५ बजेबाट कैलाश परिक्रमा गर्नेहरुको टोली हिंड्न थाल्यो ।
सार्वजनिक शौचालय यतिविघ्न दुर्घन्घित मैले जीवनमा कहिल्यै देखेकै थिइन । एकपटक त्यहाँ गएको झण्डै भमिट भएन । तर राम्रो के भयो भने मेरो टाउको दुखाईको औषधिको साइड इफेक्टले मलाई दिशा नै लागेन दुई दिनसम्म । त्यसले गर्दा त्यो सार्वजनिक शौचालयको नर्कबाट म बचें । भाइ राजन र साजनले कसरी सहे म अनुमान पनि गर्न सक्दिन ।

एकथरि ट्रेकिङमा रुचि हुनेहरु र धार्मिक रुपमा माउन्ट कैलाशको होइन कि महादेव शिवको परिक्रमा गर्न चाहनेहरुले मात्र त्यो परिक्रमा गर्दा रहेछन् । दारचेनदेखि दारचेनसम्म तीन दिनको समय लगाएर । त्यो क्रममा जोम्युला पास क्रस गर्दा ५७०० मिटर पार गर्नु पर्ने भएकाले हाइअल्ट्च्यिुडका हिसाबले अलिक जोखिम मानिदो रहेछ । डेरापुकभन्दा अघि बढेपछि कुनै सङ्कट आइलागेमा तत्काल आपतकालीन उद्धार गर्न सकिने अवस्था रहेनछ । तर डेरापुकसम्म त गाडी, एम्वुलेन्स पनि जाने सहज बाटो छ । तर हामीले त अघिल्लो दिनै दुस्साहिसक रुपमा ५८०० मिटर उचाइ चढिसकेपछि परिक्रमाको पनि कुनै आवश्यकता रहेन । चिनिया साथी पनि खुशी भए । उनी पनि मेरो आत्मविश्वास, मानिसहरुलाई अगुवाई गर्ने तरिका वा कला वा प्रोत्साहन देखेर चकित परेको बताए ।

विहान यसो हेर्छु त डा. रिता सिंह (जो मेरा बच्चाहरुकी पारिवारिक चिकित्सक र हाम्री साथी पनि हुन्) उहाँहरुसहितको चार जनाको टोलीले पनि त्यही हामीले जागाराम रुपमा विताएको टेन्टमा नै रात विताउनु भएको रहेछ । सुरुमा उहाँले चिन्नु भएन । मैलै नै डासाप कहिले भन्दै मेरो अनुहारका सबै मास्क र बस्त्र उतारेपछि छक्क पर्दै खोइ त शारदा भन्दै सोध्नुभयो । त्यहीं उहाँले अर्को रमाइलो सुनाउनु भयो, उहाँहरु मध्ये उहाँको श्रीमान एक्ले कैलाश पर्वत परिक्रमा गर्न एकैछिनमा हामीसँगै भएको बेलामा नै विदा भएर हिंड्नुभयो । तर अरु बाँकी तीन जना केही समय त्यहीं टहलिएर दारचेन फर्कने बताउनु भएको थियो ।

फकिंदा चाँडो
अघिल्लो दिन हामीलाई सस्र्युङ अर्थात् यमद्धारबाट डेरापुक पुग्न झण्डै ५ घण्टा लागेको थियो भने भोलिपल्ट फर्किदा हामी तीन घण्टामा फक्यौं । मेरो तरिकाले सबै हिंडेको भए हामी कम्तीमा सवा दुई घण्टामा फर्किसक्ने थियौं । तिव्तीयन अर्थात् त्यस क्षेत्रका बासिन्दा लागि घोडा पालन पनि राम्रो आम्दानीको स्रोत रहेछ । सँगसँगै याक अर्थात् हामीले नेपालमा भन्ने चौंरी गाई पालन अर्को राम्रो व्यवसाय रहेछ । याकले त पोर्टरको काम पनि गर्ने, दूध पनि दिने, त्यसमाथि सवैभन्दा पोषिलो मासुको समेत काम गर्ने जनावरका रुपमा लिइंदो रहेछ । भेडा च्याङग्रा पालनका बारेमा त नेपाल सदियौंदेखि नै जानकार रहँदै आएको छ । वर्षायामको समय भएकाले चौतर्फी संसारको छानो मानिने तिव्तीयन प्लेटोको उजाड रुप देख्नु परेन, बुकी र विभिन्न प्रजातिका फूलहरु फुल्न थालेका, विभिन्न थरिका चरिचरनका घाँसहरु उम्रिरहेको हरियाली समयमा हामीले यात्रा गर्न पायौं । तर पनि हिउँ पग्लेर कहिल्यै दाँत नमाझेको मानिस हाँस्दा देखिएका पहेंला दाँत जस्तै उजाड पत्थर र पहाडहरु भने आँखाले भ्याउनेगरी अवलोकन गर्न पायौं । मनमनै लाग्यो वैशाख जेठमा यो ठाउँ झन कति उजाड देखिंदो हो ?

मानसरोवर परिक्रमा

rptnboz

कैलाश पर्वतबाट फर्केको भोलिपल्ट हामीले ४१२ वर्ग किमीमा फैलिएको झण्डै ३५० फिट भन्दा गहिरो मानिने ११० किमी लामो कोरा अर्थात ट्रेक गर्न मिल्ने बाटोबाट गाडी मार्फत् नै मानसरोवर तालको परिक्रम ग¥यौं । ठाउँ ठाउँमा झर्दैं पुरानै कथा होली वाटरसँग खेल्दै परिक्रमा ग¥यौं । त्यसक्रममा सर्लुङ गुम्वा र टुर्पो गुम्वाको अवलोकन ग¥यौं । सर्लुङ गुम्वामा रहेका पद्सम्भव बुद्ध मूर्तिको अवलोकन र स्पर्श समेत गर्न पायौं । एउटा टुर्पो गुम्वासँगै रहेको हिन्दू मन्दिरको समेत अवलोकन सहित मानसरोवरको अघाउनेगरी दृश्यावलोकन ग¥यौं । त्यस लगत्तै एउटा सानो गल्छेडोंले छेकेको अर्को ताल छ । जसलाई राक्षस ताल भनिन्छ । त्यहाँको पानीलाई छुन नहुने, त्यो तालमा माछा लगायत कुनै पनि मानिसले खान मिल्ने सामुन्द्रिक तत्व केही पनि नहुने विश्वास रहेछ । हामीले त्यसको अवलोकन मात्र ग¥यौं । त्यसको पनि हिन्दू र बौद्धमार्गीहरुका अलग अलग व्याख्या र मान्यता छन् । साझा मान्यता त्यो ताललाई राक्षस ताल भनिन्छ। मानसरोवर र राक्षस तालको सवै स्थानबाट माउन्ट कैलाशको पछाडिको भाग देखिइरहन्छ । टुर्पो गुम्वाबाट त मानसरोवर तालका पाँच फरक फरक रङ देख्न सकिन्छ । त्यो कवि कलाकारहरुका लागि निकै उपयोगी र प्रकृतिले नै कल्पनाशीलताको प्रचुर मात्रमा रङ घोप्टाइदिए जस्तो लाग्यो । बाँकी सबै भिडियो यात्रामा ।

चीनका उच्चतम विकासले किन छोएन त ?
सम्भवत माउन्ट कैलाश र मानसरोवरको यात्रा गरिसेकपछि सबैको मनमा चीनको भव्यतम् विकासको लहरले किनै अझै त्यो ठाउँलाई नछोएको होला भन्ने लाग्छ । त्यसको एउटै कारण तीव्वतको विशाल भूभाग, विचित्रखालको देवी देवताप्रतिको विश्वास, तुलनत्मक रुपले कम जनसंख्याका कारण नै त्यसो भएको हुनु पर्दछ । जिविकाका लागि ल्हासाभन्दा तलबाट नै आलु र पशुजन्य पदार्थ बाहेक सबै लैजानु पर्ने वाध्यताका बीचमा पनि आधुनिक विकास दोस्रो प्रथामिकतामा परेको हुनु पर्दछ । तर पछिललो समय सिगात्से सहर चीन, नेपाल, भारत, पाकिस्तान सहितको अन्तराष्ट्रिय व्यापारिक हव बन्न आइपुग्ने बदलिंदो अवस्थितिले बेइजिङको विकास माउन्ट कैलाशको फेदी वा परिक्रमा नगरी सुखै छैन । माउन्ट कैलाश आसपास र दारचेनका स्थानीय वासिन्दाहरुले दारचेन यस्तो होला भन्ने त कल्पनै थिएन भनेर आश्यर्च मान्दथे । अहिले दारचेनमा पाँच तारे होटल बन्ने तरखरमा छ । टेलिफोनको सा¥है राम्रो कनेक्टीभिटी लोभलाग्दो छ ।
माओको पालामा सुरु भएको सांघाई मैत्री राजमार्ग पूर्ण रुपमा माउन्ट केलाशको ५०० किमीजतिबाट पूरा भएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All