ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी फौजी किराबारे अनुसन्धान गर्न संसद्को ध्यानाकर्षण


एबीसी न्यूज
भाद्र १८, २०७६ बुधबार  २ : ५५ बजे

काठमाडौँ, १८ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपा सांसद गणेश पहाडीले अमेरिकी फौजी किराका कारण खाद्यान्न नष्ट गर्ने कार्य भएको हुँदा तत्काल अनुसन्धान गरी निदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभाको शून्य समयमा उहाँले गत वैशाख २७ गते महाभारत क्षेत्रमा सो किराले खाद्य बाली नष्ट गर्दा किसान मर्कामा परेको हुँदा उक्त किराका बारेमा तत्काल खोज अनुसन्धान गरी निदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका सांसद उमाशङ्कर अरगरियाले धनुषा जिल्लामा कमला नदी नियन्त्रण गरी सिँचाइको विकास गर्न उपभोक्ता समितिले करोडाँै खर्च गरे पनि अझै जनतामा पानीको हाहाकार भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सो क्षेत्रमा सिँचाइको अभाव भएर धेरै जमीन सुक्खा भएकाले बाँझै रहेकोसमेत बताउनुभयो ।

नेकपा सांसद खेमप्रसाद लोहनीले आगामी दिनमा बनाउने सडक भू–क्षय वा बाढी पहिरोले नभत्काउने खालको बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्षात्को समय विस्तारै सकिँदै जान लागेको हुँदा बेलैमा सजग अपनाएर सडक बनाउन आग्रह गनुभयो ।नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले धरहरा निर्माण गर्दा सरकारले तत्काल अस्थायी व्यवस्था गरेर निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यही भदौ २७ गते इन्द्रजात्रा मनाउन लागेको र धरहराको बीचमा मृतकको सम्झनामा परिक्रमा गर्ने प्रचलन जानकारी गराउनुभयो ।

नेकपा सांसद कृष्णप्रसाद दाहालले नेपालमा गाईलाई भीरमा खसाएर मारिएका विषयमा अध्ययन गरी सम्बन्धित दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।नेकपा सांसद कृष्णबहादुर राईले वाग्मती सभ्यता एकीकृत समितिले वाग्मतीलाई सोझ्याउने क्रममा त्यहाँका बासिन्दा घरबारविहीन भएर आन्दोलनमा उत्रिरहेको हुँदा सरकारले त्यस विषयमा सम्बोधन गर्न आग्रह गर्नुभयो ।

नेकपा सांसद गणेशसिंह ठगुन्नाले दार्चुला जिल्ला महाकाली नगरपालिकाले सडक विस्तार गर्दा २० परिवार पहिरोमा परी विस्थापित भएको हुँदा पीडितलाई जतिसक्दो छिटो राहत उपलब्ध गराउनुपर्ने बताउनुभयो । नेकपा सांसद घनश्याम खतिवडाले सहकारी क्षेत्रमा सुशासन कमजोर हुदै गएको हुँदा वित्तीय अनुशासन पनि कमजोर हँुदै गएकाले सहकारी संस्थालाई सुशासनमा ल्याउन र गरिबी न्यूनीकरणका लागि विशेष पहल गर्न आग्रह गर्नुभयो ।

नेकपा सांसद जुलीकुमारी महतोले तराई–मधेशमा जन्मसिद्ध नागरिकका छोराछोरी नागरिकताबाट वञ्चित भएको हुँदा हजारौ नेपाली नागरिकताविहीन भएको हुँदा समाधानको उपाय खोज्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

काठमाडौंमा डोजर आतंक कि व्यवस्थापन सुधार ?देवीनगरमा साततले घर भत्कियो—प्रशासन कहाँ थियो यत्रो वर्ष ?

लोकतन्त्रको उपेक्षा ः कांग्रेस नेता, किरण, एमाले नेता, शान्ती , नेकपा नेता, कुँवर । भिडियो

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com