काठमाडौ , बैशाख २० गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशबाट राज्य संचालनमा सरकार जानु गलत भएको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । अध्यक्ष यादवले सरकारले ल्याएको अध्यादेश जनहित नभएको बताएका छन । विगतका अध्यादेशले आफनो पार्टी नै अप्ठेरोमा पारेको उनले सुनाएँ । उनले भने सरकारले जसरी नै संसद फेस गर्नुपर्छ । अध्यादेशको बाटो गलत र औचित्यहिन रहेको उनले बताए ।








प्रतिक्रिया दिनुहोस्