
वीरगंज, ४ भदौ । वीरगंज माहानगरपालिका १७ श्रीसिया र वडा नम्बर १७ अलौमा रहेको आईसिपी भन्सार र आर्दश चोकको बीचमा रहेको ६२ बिगाहा जग्गा अतिक्रमण गरी सरकारले किनबेच र घर निर्माण गर्न २०७४ साल देखी रोक्का गरेपनि जग्गाको मुअब्जा नपाएउ“दा स्थानीय भने चिन्तित बनेका छन् ।
सरकारले एका तर्फ जग्गा धनीलाई दुई बर्ष देखी मुआवजा नदिएका कारण जग्गा धनी निकै आक्रोसित पनि बनेका छन् । बिहेबारी र अन्य कामका लागी जग्गा बेचेर नै सबै काम गर्नुपर्ने अवस्थामा पनि जग्गा सरकारले रोक्का राखेर बिक्री गर्न नपाउ“दा पीडा महसुस हुने गरेको केहि स्थानीयको भनाई छ । सरकारको बेवास्ताका कारण जग्गा धनीले समयमा मुआवजा पाउन नसकेको स्थानीय बताउ“छन् ।
वीरगंज २५ श्रिसियाको आर्दशचौक टोलमा रहेको ६२ बिगाहा जग्गा र त्यसमा रहका घरहरुको सरकारले अतिक्रमण गरेको छ । बिगत दुई बर्ष देखी बीरगंजको मालपोत कार्यालयमा रोक्का गरी राखेको उक्त जग्गाको धनीले हाल सम्म पनि मुअवजा पाउन नसकेको हुन् ।
वीरगंज देखी करिव ५ किलोमिटर पश्चिममा रहेको एकिकृत चेकजाच चौकी ( आईसिपी ) भन्सार र सुख्खाबन्दरगाहको बिचमा रहेको वीरगंज माहानगरपालिका २५ श्रीसियाको आर्दशचौक टोलको उक्त जग्गामा करिव ४ सय घरहरु बनिसकेका छन् । सरकारले रोक्का गरी राखेको जग्गाको मुअवजा प्रतीधुर २५ लाख रुपैया“ र घरको उचित मुआब्जा दिनु पर्ने र उचित मुआब्जा नदिए आ“फुहरुले आन्दोलन गर्ने जग्गा धनी बताउ“छन् ।
सरकारले एकातिर जग्गा रोक्का गरी राखेको छ भने अर्को तिर आज/भोली भन्दै बिगत २ बर्ष देखी आलटाल गरेकै कारण स्थानीयमा चरम निरासा पैदा भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई सरकारले रोक्का गरि राखेको जग्गाको मुआब्जाको रकम धेरै भएकाले जग्गा धनि स“ग छलफल गरेर यो बिषय लाई छिटै टुङगाउने बताउ“छन् । सरकारले रोक्का गरेको जग्गाको जग्गा धनीहरुले अत्याधिक बढी मुआवजा माग गर्ने गरेका छन् । जसले गर्दा पनि यो काममा ढिलाई हुदै गएको छ । अव भने सरकारले समयमै जग्गा धनिहरुलाई मुआब्जा दिन तर्फ लाग्नु पर्छ । अन्यथा सरकार प्रति स्थानीय जनताको आक्रोसको पारो झनै बढ्न सक्छ ।








प्रतिक्रिया दिनुहोस्