ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)


एबीसी / संवाददाता
१० पुस २०७९, आइतबार   १० : ३४   बजे

काठमाडौं, १० पुस ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुष महिनाको बढ्दो जाडोयाममा पनि पासपोर्ट लिनेको भीड उस्तै छ । एक थान पासपोर्टका लागि बिहानैदेखि ठेलमठेलको लाइनमा बस्न विवश छन् आम नागरिक । लाइन कुर्दाकुर्दै पालो नआइ दिन बित्ने र आजभोलि पनि हजारौं यसखाले दैनिकी बिताउन बाध्य छन् । पछिल्लो समय, ई–पासपोर्ट लागू गरेपछि यो दुख झनै भवसागर बन्यो । पूर्वतयारी बिना उन्नत प्रविधिमा आधारित पासपोर्ट जारी गर्दा नागरिकले अनावश्यक झमेला बेहोर्नुपरेको हो । सरकारले २०७८ मंसिर १ गतेबाट तामझामका साथ विद्युतीय राहदानी वितरण सुरु गरेको थियो । हस्तलिखित एमआरपी (मेसिन रिडेबल पासपोर्ट) हुदै गत वर्षबाट थर्ड जेनेरेसन अर्थात् विद्युतीय राहदानी बाहिर ल्याइएको हो । नाम अनलाइन भएपनि लाइनमा बस्नुपर्ने झन्झट भने उस्तै छ ।

नेपालले २०६७ पुस ११ बाट एमआरपी वितरण थाल्दा ७० लाख एमआरपी खरिद गरेको थियो । एमआरपीको मौज्दान सकिन लागेपछि नयाँ खरिद गर्नुपर्ने तर तत्कालीन ओली सरकारले ५० लाख विद्युतीय ल्याउने निर्णयसहित २०७८ कात्तिक १५ गते सम्झौता ग¥यो । गत वर्षको मंसिरबाट विद्युतीय राहदानी जारी गर्न थालिए पनि आवश्यक पूर्वाधारका विषयमा ओली सरकारका तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीदेखि हाल देउवा सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्काको प्राथमिकतामा राहदानी विभाग परेन । विभागले दैनिक ६ हजार राहदानी छाप्छ । छापिएका राहदानी १७ सयको हाराहारीमा वितरण हुन्छ । दैनिक पासपोर्टको माग भने दश हजारभन्दा बढि छ । बाँकी ७७ जिल्लाका १७ इलाका प्रशासन कार्यालय र विदेशमा रहेका ८ कूटनीतिक नियोगबाट वितरण हुन्छ । विभागले भने ३० देखि ४५ मिनेटभित्र पासपोर्ट प्राप्त भइसक्ने बताएको छ ।

विद्युतीय राहदानी वितरणको सकस विदेशमा झनै बढि छ । न्युजिल्याण्ड बस्दै आएका नेपालीको म्याद सकियो भने आफैं अस्ट्रेलिया पुग्नुपर्ने वा अस्ट्रेलियाको क्यानबेरामा रहेको दूतावासका कर्मचारीहरु मोबाइल सेवा दिन न्युजिल्याण्ड पुग्नुपर्ने हुन्छ । टर्कीमा रहेका नेपाली राहदानीका लागि पाकिस्तान आउनुपर्छ । लेबनानमा घरेलु कामदारका रुपमा रहेका नेपाली महिलाले म्याद सकिएपछि नयाँ राहदानीका लागि ईजिप्टमा आवेदन दिनुपर्छ । अन्तराष्ट्रियस्तरमा एमआरपीले काम गर्न सक्ने र अझै एक दशकसम्म सोही पासपोर्टले काम चल्ने हुदाहुदै तत्कालीन ओली सरकारको पालामा विद्युतीय राहदानी ल्याउने निर्णय भएको थियो । अहिले अनलाइन सेवाबाट पासपोर्ट बनाउने भनिएको छ तर, फारम बुझाउने पालो आउनै मुस्किल छ । चाप बढ्ता भएकाले अनलाइन एवम् सर्भर नचल्ने समस्या छ ।

त्यसो त, नागरिकले लाइसेन्सदेखि पासपोर्ट बनाउनेसम्मको साधारण कामका लागि नागरिकले आफूलाई असाहय महसुस गरेका छन् । यसले गर्दा पनि उनीहरुको देशप्रति निराशा र वितृष्णा छ । सेवा केन्द्रमा पिउने पानी, शौचालय, आराम तथा स्तनपानगृहको व्यवस्थापन नहुदा यसरी लाइनमा बस्नेहरुको दैनिकी कष्टपूर्ण छ । तर, माग बमोजिम अनावश्यक सास्तीबिना सेवा आपूर्ति गर्नु सरकारको दायित्व हो । स्रोत, साधन र जनशक्तिको उचित व्यवस्थापन गरी राज्य हुनुको प्रत्याभूति नागरिकलाई दिलाउन सक्नुपर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu