ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, १० असार । सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी जनाउदै आएको छ । समाजवादीले पार्टीतर्फबाट मन्त्रीहरु हेरफेर गर्ने निर्णय भइसकेको र मन्त्रीमण्डलमा यसको तत्काल सम्बोधन हुुनुपर्ने बताउदै आएको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको रुची भने यसतर्फ देखिएको छैन । मन्त्री हेरफेरबारे गठबन्धनको पछिल्लो बैठकमा समेत प्रभावकारीरुपमा छलफल नभएपछि एकीकृत समाजवादी थप असन्तुष्ट हुने देखिएको छ ।

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटीले गरेको निर्णय अनुरुप पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरु तत्कालै हेरफेर गर्नुपर्नेमा जोड दिदै आएको छ । तर, एकीकृत समाजवादीको मन्त्रीमण्डल हेरफेरको निर्णयमा सत्ता गठबन्धनका अन्य दलहरु गम्भिर बनेका छैनन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीको सहमतिमा नै ६ महिनाका लागि मन्त्रीहरु सरकारमा पठाएको बताउने गरेका छन् । एसभित्र मन्त्री हेरफेरको विषयले नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसभित्रै पनि दबाब सिर्जना हुने भनाइ पनि नेताहरुको छ ।

यही विषयमा संवेदनशील भएकाले होला, प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीमण्डल हेरफेरमा रुची देखिएका छैनन् । स्थानीय निर्वाचनमा सम्मानजनक गठबन्धन नभएको भन्दै सन्तुष्ट हुन नसकेको एकीकृत समाजवादी पार्टीको निर्णय गठबन्धनमा सम्बोधन नहुने नसक्दा थप असन्तुष्ट बनेको छ ।प्रधानमन्त्री देउवा बढो सुझबुझका साथ काँग्रेस नेतृत्वको सरकार टीकाइराख्ने मूल उद्देश्यमा देखिन्छन् । गठबन्धनमा सकेसम्म अन्य दलहरु पनि समावेश गराएर बहुमत जुटाउने रणनीतिमा देउवा छन् । सरकार नागरिकता विधेयक संसदमा अघि बढाउने र शान्तीप्रक्रियाका बाँकी कामलाई टुंग्याउनेमा केन्द्रीत भएको छ । जसबाट माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी सकरकारसँग थप सकारात्मक हुनेका लागि बल पुग्नेछ । पछिल्लो समय लोसपाले नागरिकता विधेयक लगायतका मुद्दाहरु सम्बोधन गर्न प्रधानमन्त्रीसँग भेटघाट गरेको थियो । आफ्ना माग, मुद्दालाई सम्बोधन गर्ने दललाई समर्थन जनाउने लोसपाले बताउदै आएको छ । समाजवादीले मन्त्रीमण्डल हेरफेरको विषय चर्कोरुपमा उठाएपनि गठबन्धनमा देउवा र प्रचण्डको झुकाव यसतर्फ देखिँदैन । समाजवादीको मन्त्री हेरफेर नहुदा गठबन्धनमा एकखाले तिक्तता छाएको छ भने यसको असर पार्टीभित्र झनै बढ्ने पनि देखिएको छ । सरकारमा रहेका शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रमे आले लगायतका मन्त्रीहरु पार्टीको निर्णयमा असहमत छन् । बिहीबार कोटेश्वरस्थित नेपालको निजी निवासमा छलफलका क्रममा अध्यक्ष नेपाल र मन्त्री झाँक्रीबीच चर्काचर्की भयो ।

मन्त्री झाँक्रीले राम्रो काम गरिरहँदा पनि हटाइन्छ भने आफ्नो लागि अध्यक्ष मरेतूल्य रहेको भन्नेसम्मको अभिव्यक्ति दिइन् । छलफलमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नरमरुपमा प्रस्तुत हुदै मन्त्री हेरफेर नै गर्ने भए मुख्य दुई सुझाव दिए । पहिलो, राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नको जवाफदिनेसम्मको समय कुर्न दोस्रो, पार्टीको स्थायी कमिटीको निर्णय सच्याएर मन्त्रीमण्डलमा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउन मन्त्रीद्वयले सल्लाह राखे ।

मन्त्री हेरफेरकै कारण भर्खरै निर्माणधीन अवस्थाको पार्टीमा थप आन्तरिक कलह रोक्नुपर्ने चुनौती एकीकृत समाजवादीमा छ । पछिल्लो समय मन्त्री हेरफेरको विषयले गठबन्धन र पार्टीभित्रै पनि एकीकृत समाजवादीको मत एक हुन सकेको छैन । उता स्थायी कमिटीले निर्णय गरिसकेको नयाँ मन्त्रीहरु सपथको मिति कुरेर बसेका छन् । पार्टीबाट मन्त्रीका लागि सिफारिस भइसकेका नेताहरु अब पछि नहट्ने अडानमा छन् । गठबन्धनभित्र र पार्टीको दोहोरो संघर्षमा देखिएको एकीकृत समाजवादीलाई मन्त्री हेरफेरको निर्णय कार्यान्वयनमा चुनौती देखिएको हो । आन्तरिक अन्तोष र कुण्ठाले विग्रहको रुप लिन नपाउदै छिटोभन्दा छिटो समस्या समाधानका लागि एकीकृत समाजवादीका खासगरी, शीर्ष नेताहरु जिम्मेवारपूर्वक अघि बढ्नुपर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com