ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सचिवालय बैठक अनिश्चय बन्दै : नेकपा एकिकरणको बाँकी काम अवरुद्ध (भिडियोसहित)


एबीसी न्यूज

 

काठमाडौं, २९ साउन  ।  स्कुल विभाग विवादको किचलोमा अड्किएको नेकपाको सचिवालय बैठक अनिश्चय बन्दै गएको छ । नेकपाको विवाद उल्झनले नेकपा एकिकरणको बाँकी काम अवरुद्ध भएको छ । नेताहरुले आफु अनुकुल एकिकरणको व्याख्या गर्न थालेपछि नेकपाका सांगठिनिक प्रकयाहरु रोकिएका छन्

एकिकरण भएको चौध महिनापछि नेताहरु पार्टी एकिकरण प्रक्रिया टुङ्ग्याउन तिव्र रुपले अघि बढेको जस्तो देखिएको थियो । शिर्ष नेताहरु औपचारिक अनौपचारिक छलफल गरिरहेका थिए । तर, नेकपाभित्र स्कुल विभाग कसले पाउने भन्ने विषयमा सहमती नजुट्दा सचिवालय बैठक पटक पटक स्थगित हुन पुग्यो । साउन १२ गते बसेको बैठकले पनि कुनै निष्कर्ष निकाल्न सकेन । बैठक साउन २८मा बोलाइयो, यो बैठक नै बस्न सकेन ।पार्टी अध्यक्षद्धयले एकताका बाँकी काम साउन महिना भित्रै सक्ने आश्वासन दिएका थिए । तर, यो आश्वासन मेलम्चीको पानी जस्तै भयो । नहोस पनि कसरी र जबकी बैठक नै बस्न नसकेपछि । घटनाक्रमले देखाएको छ ः नेकपा एकताका बाँकी प्रक्रिया झनझन जटिल मोडमा पुगेको छ ।

ंपार्टी एकिकरण गरिसकेका नेताहरुले कयौं बैठक बस्दा पनि स्कुल विभाग मिलाउन सकेनन् । यो एउटा विभागसँग जोडिएको विषय मात्रै रहेन अब । यति विषय मिलाउन नसकेकोमा नेताहरुले पार्टी नेतृत्वको क्षमता माथि नै प्रश्न चिन्ह उठाएका त छन् । तर नेकपाका महासचिव विष्णु पौडेल स्कुल विभागमा विवाद नभएको जिकिर गर्छन् । बाहिर भनिएजस्तो विवाद नभएकोले छिट्टै सचिवालय बैठक बसेर टुंगो लगाइने उनको भनाइ छ । नेताहरु आफ्नै त्रुटी र लापरबाहीका कारण पार्टीको काम अघि बढ्न नसकेको आरोप समेत लगाउन थालेका छन् नेताहरुले । नेकपा आफैले बनाएको नीति विपरित शिर्ष नेताले आ–आफ्नो मान्छे काखी च्याप्दै दोहोरो जिम्मेवारी दिने, आफैले बनाएको विधि, पद्धती र मापदण्ड मिच्दै जाने गरेका छन् ।यसकारण, सचिवालयले यसअघि गरेका निर्णय प्रायः विवादित हुने गरेकै छ । नेताहरुमा सामुहिक निर्णय गर्ने परिपाटी नहुनाले पार्टीमा विवाद र ढिलासुस्ती भइरहेको केन्द्रीय सदस्य कुमार पौडेलको भनाइ छ ।

स्कुल विभागको निउँमा नेकपा भित्र गुटको राजनीति मौलाएको छ । नेताहरु गुट मासेर सिंगो पार्टी बनाउने तर्फ भन्दापनि एकले अर्कोलाई निषेध गरेर अघि बढ्न खोजेका छन् । शिर्ष नेतादेखि नै इगोको लडाइँ चल्दा पार्टी गुट, उपगुट र भित्रि लडाइँले कमजोर र भुत्ते बन्दै गएको छ । यद्यपी महासचिव विष्णु पौडेल नेकपामा गुट उपगुट नभएको बताउँछन् । जिल्ला इन्चार्ज तोक्नु अघिका बैठकले नेकपाको सक्रियताले यस्तै गति लिले भन्ने अपेक्षा गरेका नेता कार्यकर्ता सचिवालय बैठकले निर्णय गर्न नसक्दा निराश देखिएका छन् । पार्टीको विवादित काम सल्टाएर सजिव पार्टी बनाउन नेकपालाई निकै ढिलो भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com