दाङ, २९ साउन । उपकरण राख्न ठाउँ नहुदाँ समस्या भएको थियो, तर सबैको ब्यवस्था हुदा पनि सवारीह अहिले विश्वमा विभिन्न कारणले वायु प्रदुषण बढ्दै गएको छ । यसरी वायु प्रदुषण हुनुमा पनि एक कारण सवारी साधनको प्रदुषण हो । त्यहि प्रदुषणलाई रोक्न यातायात व्यवस्था विभागका विभिन्न यातायात कार्यालयहरुमा गत बर्ष नै मेसिन भित्रिएको थियो । त्यसैगरी यातायात कार्यालय दाङमा गत बर्ष भदौ १ गते देखी प्रदुषण जाँचपास गर्नका लागी यातायात विभागले उपकरण दिएको कार्यालयले जनाएको छ । तर, उक्त उपकरण हिजो आज प्रयोग विहीन भएको छ ।
कार्यालयमा उपकरण शुरुमा प्राविधीक कारणले थन्किएको थियो, भने अहिले गाडिहरु जासँपास गर्न नल्याउदाँ कार्यालयमा थन्किएको छ । कार्यालयमा उक्त उपकरण आएपछि अहिले सम्म करिब १ सय ३० वटा गाडिले मात्र सवारी चेकजाच गराएको कार्यालयले जनाएको छ । सार्वजनिक सवारी साधनहरुले बर्षमा ६/६ महिना र निजीले बर्षमा १ पटक सवारी चेकजाचँ गराउनु पर्ने प्रावधान भएता पनि कार्यालयको कमजोरी र सवारी धनीको अटेरीका कारण उक्त उपकरण प्रयोग विहीन भएको हो । विभागले उपकरण पठाएपछि शुरुमा हालको भवनमारु चेक जाच गर्न नआउने गरको कार्यालय प्रमुख मत्रिलाल ढकालले बताए ।
प्रदुषण जाचँपास गराएका गाडिहरुले हरियो स्टीकर नटासेकालाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाहीको व्यवस्था छ । तर यातायात कार्यालय दाङमा साना तथा ठुला ५ हजार भन्दा बढि सवारी साधन दर्ता भएका छन । लामो दुरीमा चल्ने सवारी साधन भन्दा छोटो दुरीमा चल्ने सवारी साधन चेक जाचँ नगराएर चलाउदै आएको चालकहरु बताउँछन ।
हिला भाडामा लिएका ठाउँमा गाडिहरु नआए पछि अहिले यातायात कार्यालयवाट नै सेवा दिदै आएको मेकानिकल सुपरभाइजर पदम गिरी बताउ“छन् । सवारी जा“चका लागि यातायातका साधनहरु नल्याउ“दा सवारी चेक जा“च गर्ने उपकरणनै प्रयोग बिहिन भएको छ ।
प्रतिक्रिया दिनुहोस्