ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन महिना बित्दा पनि भिसेरा परीक्षणको रिपोर्ट आएन


admin

बनेपा, १० कात्तिक ।  एकै परिवारका चारजनाको मृत्यु हुने गरी बनेपामा भएको घटनाको तीन महिना बितिसक्दा पनि भिसेरा परीक्षणको रिपोर्ट आउन सकेको छैन ।

गत साउन ६ गते बनेपा–८ स्थित बसपार्कमा मृतावस्थामा फेला परेका दाहाल परिवारका चारजनाको भिसेरा परीक्षणको रिपोर्ट नआउँदा घटनाको वास्तविकता सार्वजनिक हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले परीक्षण रिपोर्टले आत्महत्या भएको देखाए पनि भिसेरा रिपोर्ट नआउञ्जेल निक्र्योलमा पुग्न नसकिने बताउनुभयो ।

भिसेरा परीक्षणका लागि ताकेता गर्न नसकिने तर अब केही दिनभित्रै रिपोर्ट आउने अनुमान गर्दै उहाँले सो रिपोर्ट आएपछि मात्रै अन्य अनुसन्धान शुरु हुने जानकारी दिनुभयो ।

भिसेरा परीक्षणबाट सेल्फास नामक विषादी हो वा होइन ? कुन समयमा खाएको, सबैजनाले कुन कुन समयमा खाएको, एकैपटक खाएको वा नखाएको भन्ने विस्तृत विवरण आउने बताइएको छ ।

बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहाल मृतवस्थामा फेला परे पछि स्थानीय बासिन्दाले घटना रहस्मय भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका थिए । सम्पत्ति र घरायसी विवादका कारण उनीहरूले सामूहिक आत्महत्या गरेको आशङ्का गरिएको थियो ।

मृत फेला परेका व्यक्ति बाबु, आमा, छोरा र छोरी हुन् । गौतम भोजनालयमा भित्रबाट ताल्चा लगाएर उनीहरूले विष सेवन गरेको र सेल्फास नामक विषादीको शिशासमेत प्रहरीले घटनास्थलमा फेला पारेको थियो ।
उता धुलिखेल नगरपालिका वडा नं २ का वडाध्यक्ष राजन कोइरालाको हत्यामा संलग्न व्यक्ति अझै पनि फेला परेका छैनन् ।

प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जनाए पनि हत्यारा फेला नपर्दा घटना रहस्यमय भएको हो ।

गत भदौ ४ गते आक्रमणमा पर्नुभएका वडाध्यक्ष कोइरालाको उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो । आक्रमणपछि उहाँ अर्धचेत अवस्थामा हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com