ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सकारात्मक समाचारले नै मुलुकलाई समृद्ध बनाउँछ– मन्त्री बाँस्कोटा


एबीसी न्यूज
जेष्ठ २४, २०७६ शुक्रबार  ६ : ३६ बजे

काठमाडौं, २४ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सकारात्मक समाचारले नै मुलुकलाई समृद्ध बनाउन मद्दत पुग्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १७ हेमन्तपुरस्थित रेडियो नेपाल प्रदेश नं ५ को प्रादेशिक प्रसारण कार्यालयको शुभारम्भ तथा रेडियोको नयाँ भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले रेडियो नेपाल जनताको सम्पत्ति र सबैको साझा संस्था भएको बताउनुभयो ।

“विकास क्रमिक रुपमा हुने कुरा हो, अहिले शुरु गरे त्यो परिमाण, दुई÷तीन वर्षमा देखिन्छ, पत्रकारहरुले पनि आज शुरु भएको कामको परिणाम एक महिनामा खोज्नुु हुँदैन”, उहाँले भन्नुभयो । मुलुकमा तीव्र प्रविधिको विकास भएसँंगै सबै नागरिकलाई कम्प्युटरमा पहुँचमा ल्याउने गरी सरकारले काम गरिरहेको जानकारी उहाँले दिनुभयो । उहाँले दाङमा टेलिकमका छ वटा टावर निर्माण भइरहेको र अबको एक वर्षभित्र फोर जी सेवासमेत शुरु हुनेगरि काम अघि बढेको बताउनुभयो ।

रेडियोले दाङबाट ९८ मेगाहर्जमा दैनिक ३ बजेदेखि ६ बजेसम्म प्रसारण गर्नेछ भने रोल्पामा १०३३ मेगाहर्जबाट प्रसारण गर्नेछ । रेडियोले चौधरी, अवधी, मगरलगायत भाषाबाट समाचार प्रसारण गर्नेछ । रेडियोले प्रदेश नं ५ को कला, संस्कृति संरक्षणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले बताउनुभयो । सो अवसरमा मन्त्री बाँस्कोटाले रेडियो नेपालको नयाँ भवनको समेत शिलान्यास गर्नुभयो । रु दुई करोड १७ लाख ७६ हजार लागतमा निर्माण हुन लागेको उक्त भवन निर्माणको जिम्मा ड्रागण शिवालय चौरी जेभीले पाएको छ ।
सञ्चार मन्त्रालयको सहयोगमा निर्माण हुन लागेको उक्त भवनको काम नौ महिनामा पूरा हुनेछ । त्यस अवसरमा नेकपा संसदीय दलका सचेतक शान्ता चौधरी, प्रतिनिधिसभा सदस्य रेखा शर्मा, प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसी, राष्ट्रियसभा सदस्य कोमल ओली, प्रदेश नं ५ का प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकार प्रक्रियागत देखिन्छ ः वरिष्ठ अधिवक्ता कोइराला , भिडियो

“सही व्यवस्थापन भए बिदा राहत हो, गलत व्यवस्थापन भए बिरामीका लागि सास्ती।”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालेन सरकार प्रक्रियागत देखिन्छ ः वरिष्ठ अधिवक्ता कोइराला , भिडियो

“सही व्यवस्थापन भए बिदा राहत हो, गलत व्यवस्थापन भए बिरामीका लागि सास्ती।”

विश्वयुद्धको नयाँ युग सुरु भइसकेको छ

इजरायली सेनाको आक्रमणमा परी लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको निधन

प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

होटल व्यवसायी महासंघ नेपालमा नयाँ नेतृत्व चयनःअध्यक्षमा टि.आर. भण्डारी निर्विरोध निर्वाचित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com