काठमाडौं,१२ जेठ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज टेलिफोन गरी लोकसभा निर्वाचनमा उहाँको विजय भएकामा बधाई दिनुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपालले मोदीको दोस्रो कार्यकाल दुई देशबीचको सहकार्य लाभदायी हुने र नेपाल–भारतबीचको सम्बन्ध उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले शुभकामनाका लागि धन्यवाद दिँदै नेपालसँग मिलेर काम गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याउनुभएको नेता नेपालका प्रेस सहयोगी तथा नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्