काठमाडौं,१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका युवा संगठनहरुको एकीकरणको काम दुई दिनभित्र टुंगो लगाइने घोषणा गर्नु भएको छ ।
उहा“ले मदन भण्डारी स्मृति दिवसको अवसर पारेर जेठ ३ गते पार्टीका सबै जनवर्गीय संगठनहरुको एकीकरणको काम सम्पन्न हुने गरिने बताउनुभयो ।
भोली बिहान पार्टी सचिबालयको बैठक बोलाइएको पनि जानकारी दिनुभयो । युवा संघ, नेपालको स्थापना दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले मदन भण्डारी स्मृति दिवसको दिन युवा संगठनहरुको एकीकरण भने हुने घोषणा गर्नुभयो ।
उहाँले अन्य संगठनहरुको एकीकरणको काममा केही ढिलाई हुन सक्ने बताउनुभयो । अध्यक्ष दाहालले पार्टीका नेताहरु केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन आफूले पहल गरेको स्मरण गर्नुभयो ।
उहाँले आफूले केही गर्न खोजेको उल्लेख गर्दै पार्टीका नेताहरुको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो । तर उहा“ले के गर्न खोजेको हो भन्ने चाँही खुलासा गर्नुभएन । अध्यक्ष प्रचण्डले जनता र राष्ट्रको भावनाको जगमा दुई पार्टीबीच एकता भएको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्