काठमाडौं,२८ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नर्सहरुमाथि श्रम शोषण गर्ने अस्पतालहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ । मन्त्री विष्टले श्रम शोषण गरिरहेका अस्पतालहरुको विवरण सरकारलाई बुझाउन पनि पीडित नर्सहरुलाई आह्वान गर्नु भयो ।
आईतबार अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने अस्पतालहरुलाई श्रम ऐन अन्तरगत कार्वाही गर्ने पनि स्पष्ट पार्नु भयो । मन्त्री विष्टले श्रम ऐनले तोके बमोजिम पारिश्रमिक तथा सेवा, सुविधा नदिने सरकारी÷गैरसरकारी सबै संस्थाहरुलाई कार्वाहीको दायरामा ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
मन्त्री विष्टले पीडित पक्षले दिएको उजुरीको आधारमा न्यूनतम पारिश्रमिक समेत नदिने केही अस्पतालहरुलाई कार्वाहीको दायरामा ल्याइएको पनि स्मरण गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस्