ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एचआइभी संक्रमितको संख्या बढ्यो, डलाग्दो तथ्याङ्क


admin
आश्विन २८, २०७४ शनिबार   १ : ४३   बजे

धनगढी, २८ असोज । कैलाली जिल्लाको दुई ठाउँमा सञ्चालनमा रहेका एन्टी रेक्टोभाइरल थेरापी(एआरटी) सेन्टरबाट एक हजार १६६ जनाले एचआइभी एड्सविरुद्धको औषधि सेवन गरिरहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउण्डेशनको संयुक्त आयोजनामा शुक्रबार यहाँ सञ्चारकर्मीका लागि गरिएको कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकअनुसार थप ११ जना औषधि खानुपर्ने प्रक्रियामा रहेका छन् ।

संक्रमितमध्ये महिलाको संख्या बढी छ । औषधि खाइरहेकामध्ये १८ वर्षमुनिका १३७ बालबालिका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक महेश चन्दले कार्यक्रममा जानकारी दिनुभयो ।

संक्रमित बालबालिकालाई ‘सेभ द चिल्ड्रेन’मार्फत् मासिक रु एक हजार सहयोग भइरहेको जनाइएको छ । यी सेन्टरबाट औषधि सेवन गरिरहेकामध्ये गएको एक वर्षमा २० जनाको एड्सका कारण मृत्यु भएसकेको छ ।

कैलालीको सेती अञ्चल अस्पताल र टीकापुर अस्पताल परिसरमा एआरटी सेवा सञ्चालनमा रहेको छ । यी दबै सेन्टरमा कैलाली, कञ्चनपुर, डोटी, बर्दिया, डडेलधुरा, दार्चुला, बझाङ, दैलेख, सुर्खेतलगायतका जिल्लाका साथै सीमावर्ती भारतका संक्रमितले एआरटी औषधि खाइरहेका छन् । औषधि खानेमध्ये कैलाली जिल्लाका मात्रै ९९५ जना रहेका छन् ।

कार्यक्रममा हेल्थ केयर फाउण्डेशनका माधव पन्तले यी दुई सेन्टरमा हालसम्म एक हजार ८५७ जनाको एचआइभी परीक्षण भएकोमा पछिल्लो एक वर्षमा मात्रै ११७ जना संक्रमित भएको पाइएको जानकारी दिनुभयो ।

जनस्वास्थ्य निरीक्षक चन्दले यो रोग बारे बढेको जनचेतनाका कारण केही वर्षयता मृत्यु दर र औषधि खान छोड्ने दर घट्दै गएको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागार्इं र पत्रकार उमिद बागचन्दले रोग रोकथामका बारेमा प्रकास पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group