काठमाडौं,२२ बैशाख । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिलाई सरकारले विवादमा तान्न खोजेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले राष्ट्रपतिलाई महारानीको शैलीमा प्रस्तुत गर्न खोजिएको टिप्पणी गरेका हुन् ।
सभापति देउवाले भन्नु भयो,राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाउनु गणतन्त्रका लागि शुभ संकेत होइन ।’
यसअघि नीति तथा कार्यक्रम संघीय संसद्मा पेश गर्ने क्रममा राष्ट्रपतिले पटक–पटक मेरो सरकार भनेकोमा कांग्रेसले आपत्ति जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्