ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले भने- सगरमाथाको उचाई घटेको भनाई मलाई पत्यार लागेन


admin

काठमाडौं,२७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले सगरमाथाको उचाई घटेको भन्ने भनाई आफूलाई पत्यार नलागेको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार सगरमाथाको उचाई मापन गर्न जान लागेका सरकारी टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा विदाई गर्दै सगरमाथाको उचाई घटेको भन्ने भनाई आफूलाई पत्यार नलागेको बताउनु भएको हो ।

त्यस अवसरमा उहाँले एक सेन्टिमिटर पनि फरक नपर्ने गरी सगरमाथाको उचाई मापन गर्न पनि सरकारी टोलीलाई निर्देशन दिनु भयो । चीनले गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा सगरमाथाको उचाई घटेर ८ हजार ८ सय ४४ मिटर पुगेको भन्ने तथ्य बाहिर आएको थियो ।

त्यसलाई भरपर्दो मान्न नसकिने प्रधानमन्त्री ओलीको भनाई छ । सगरमाथाको उचाई नाप्न नेपालले पहिलो पटक आफ्ना सरकारी कर्मचारीलाई त्यसतर्फ पठाएको हो । प्रधानमन्त्री ओलीले मौसम र स्वास्थ्यको अनुकूलता हेरेर मात्रै सगरमाथाको उचाई नाप्ने काममा अघि बढन पनि सरकारी कर्मचारीहरुलाई सचेत गराउनु भयो ।

उहाँले आरोहण दलमा गएका गाईंडहरुको निर्देशनमा मात्रै सगरमाथाको उचाई मापन गर्ने काममा अघि बढन पनि सरकारी टोलीलाई आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले आफ्नै कर्मचारीहरुलाई दक्ष बनाएर सगरमाथाको तथ्यपरक उचाई मापन गर्न पठाउन लागिएको जानकारी दिनु भयो । उहाँले सावधानीपूर्वक सो जिम्मेवारी पूरा गर्न पनि सरकारी टोलीलाई शुभकामना दिनु भयो ।
सरकारको उचाई मापन टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहनु भएको छ । त्यसैगरी उहाँहरुको गाईड टोलीमा छिरिङ जाङबु शेर्पा र पेमाङिमा शेर्पा रहनु भएको छ । उनीहरु सबै जनाले सगरमाथाको आरोहणका लागि आवश्यक सबै तालिम लिएको पनि मन्त्री अर्यालले जानकारी दिनु भयो ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाईको पहिलो पटक मापन सन् १८ सय ४९ मा भारतले गरेको थियो । त्यसपछि सन् १९५४ र सन् २००५ मा सगरमाथाको उचाई मापन गरिए पनि नेपालले भने पहिलो पटक त्यसको उचाई मापनका लागि सरकारी टोलीलाई पठाएको हो ।

विक्रय संवत २०७२ सालमा गएको विनाशकारी भूकम्पले सगरमाथाको उचाई घटाएको विभिन्न अडकालबाजी भईरहेका बेला सरकारले त्यसको तथ्यबोध गराउन मापनका लागि आफ्नै कर्मचारी परिचालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com