ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धुलोजन्य वायु प्रदूषण उच्च


एबीसी न्यूज
बैशाख ११, २०८३ शुक्रबार  ९ : ३४ बजे

काठमाडौं, ११ वैशाख । नेपालको अधिकांश भू–भाग धुवाँ र धुलोजन्य वायु प्रदूषणले ग्रस्त बनेको छ । केही दिनयता बढेको सुक्खा तातोपनसँगै डढेलो उच्च हुँदा धुवाँ र धुलोजन्य वायु प्रदूषण उच्च बनेको हो । वायु प्रदूषणका कणमा आँखाले देख्न नसकिने पिएम–२५ (कणको मापन) भन्दा पनि मसिना कण वायुमण्डलमा बढ्दै गएकाले प्रदूषण उच्च बनेको वातावरण विभागले प्रस्ट पारेको छ । विभागले केही दिन अघिदेखि नै वातावरण प्रदूषणलाई लिएर उच्च सतर्कता अपनाउन अपिल गर्दै आएको छ ।

मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भू–भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको विभागले औँल्याएको छ । विभागका अनुसार विशेष गरी काठमाडौँ, पोखरा, भैरहवा, विराटनगर, चितवनलगायत हिमालसम्मै वायु प्रदूषणको असर रहेको छ । राजधानीसहित ठुला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा बिहान बेलुकासँगै दिउँसोको समयमा पनि बुधबारदेखि वायु प्रदूषण उच्च बनेको महसुस आमनागरिकले गरेका छन् । काठमाडौँको नागढुङ्गाबाट धादिङतर्फको होचो भाग हेर्दा सडक देखिन्न । अनि ती होचो भागका सडकबाट पहाडका टुप्पातर्फ हेर्दा पाखाका गाउँबस्ती र डाँडा देखिन्न । सुक्खायाम तथा बढ्दो तापमानका र केही समययता वर्षा नभएको पनि वायु प्रदूषणले उच्चता पाएको विभागले स्पष्ट पारेको छ ।

डढेलोविज्ञ सुन्दर शर्माका अनुसार आँखा पिरो हुने गरी धुवाँ र धुलोजन्य प्रदूषणले मानव स्वास्थ्यमै असर पार्न थालेको छ । उहाँले भन्नुभयो, “घामै नदेखिने गरी धुम्म भइरहेको अवस्था छ, अझ जहाँ जहाँ डढेलो लागेको छ, त्यहाँको जनजीवन कष्टकर हुन थालेको छ ।” डढेलो अनुगमन गर्ने विभिन्न प्रविधिले नेपालको उच्च हिमाली भेगसम्मै डढेलोबाट उत्पन्न धुवाँ, खरानीका धुलो र काला कार्बन हावासँगै बहेर पुगिरहेको पाइएको जानकारी विज्ञ शर्माले दिनुभयो ।

बिहीबार अपराह्नसम्म देशका २५३ बढी स्थानमा डढेलो लागेको पाइएको छ । उहाँले थप्नुभयो, “तराईको पुरै आकाश धुवाँमय छ, पश्चिम नेपालका धेरै स्थानमा डढेलो बढेको देखिन्छ, माथि आकाशमार्गमा सेता बादलसँगै खैरो तुवाँलो लागिरहेको देखिएको छ ।” छिमेकी भारतका किसानले कृषिजन्य अवशेष खेतमै जलाउने उच्च याम भएकाले त्यताबाट पनि प्रदूषणका कण वायुमार्फत नेपालमा थपिएको अनुमान उहाँको छ । उच्च हिमाली र पहाडी भू–भागका खोँचमा समेत धुवाँ र धुलोले ढाक्दै लगेको छ ।

वायुमण्डलमा धुवाँ र धुलो बाक्लिएपछि सडकमा चल्ने सवारी, उद्योग कलकारखाना, फोहोर जलाउँदा निस्केको प्रदूषण तल्लो वायुमण्डलमै थुप्रिने गरेको वातावरण विभागले जनाएको छ । विभाग अन्तर्गत रहेको वायु प्रदूषण अनुगमन प्रणालीले पनि बुधबारदेखि प्रदूषण नेपालमा उच्च बनेको देखाएको छ । गत २४ घण्टामा सबैभन्दा बढी भक्तपुरका १९६ वायु गुणस्तर सूचकको स्तर कायम भएको छ ।

त्यस्तै रत्नपार्कमा १८५, धुलिखेल र दाङमा १८४, भैँसेपाटीमा १८०, खुमलटार १७७, शङ्खपार्क १७४ र लुम्बिनीमा १७१ पिएमक्युसहितको हानिकारक वायुको सूचक देखिएको छ । हिमाली जिल्ला अछाममा १६६, मुस्ताङमा १६१ र जोमसोम १५४ पिएमक्युको अस्वस्थकर वायु सूचक कायम हुँदा वातावरण प्रदूषित भएको प्रमाण दिइरहेको छ । अन्य जिल्लामा पनि वायु प्रदूषणको सघनता बढ्दै गएको स्थानीय बासिन्दाले जानकारी दिनुभएको छ । वायु प्रदूषणले स्वास्थ्यमा नकारात्मक असर पु¥याउँछ । विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं दम, खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी रोगीलाई बढी असर पार्ने भएकाले उहाँहरूले विशेष सावधानी अपनाउनु पर्छ । त्यसैले वायु प्रदूषणका असरबाट जोगिन आमनागरिकलाई प्रदूषण बढी भएको समयमा घरबाहिर निस्कँदा मास्क प्रयोग गर्न विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

लोकका लागि लोकतन्त्र कि नेताका लागि सत्ता ?

सम्बन्धित

सांसदलाई ‘नयाँ राजा’ बनाउने कसरत: संविधान मिचेर फौजदारी अभियोगमा उन्मुक्ति दिने प्रस्ताव

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

लोकका लागि लोकतन्त्र कि नेताका लागि सत्ता ?

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

नयाँ शैक्षिक सत्र: काठमाडौं महानगरद्वारा सङ्घीय सरकारको निर्णय अवज्ञा, वैशाख १५ बाटै पठनपाठन सुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com