ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगानी सम्मेलनमा १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर हुने


एबीसी न्यूज
चैत्र १५, २०७५ शुक्रबार  ६ : ५७ बजे


काठमाडौँ, १५ चैत । राजनीतिक स्थिरतासंगै बनेको सरकारले वैदेशिक लगानीलाई आकर्षित गर्न आगामी शुक्रबार र शनिबार ५ वर्षे स्थायी सरकारले नेपालमा तेस्रो लगानी सम्मेलन गर्र्दैछ ।

सम्मेलनमा स्वदेशी तथा बिदेशी उद्योगी व्यवसायीहरुले नेपाल लगानी सम्मेलनमा सहभागिता जनाउने छन् । सम्मेलनमार्फत ७७ वटा परियोजनाको लागि करिब ३० खर्वको लगानीको प्रतिवद्धता आउने अपेक्षँ गरिएको छ ।

आगामी शुक्रबार र शनिबार काठमाडौंमा आयोजना हुन गईरहेको नेपाल लगानी सम्मेलनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । सम्मेलनमा विभिन्न ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डल एवं ६०० भन्दा बढी विदेशी लगानीकर्ताहरुको उपस्थिति रहने निश्चित भएको छ । दुई दिने सम्मेलनमा नेपाल सरकार, लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत हुने भएका छन । लगानी सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर हुनेछ ।

विगतका लगानी सम्मेलन कागजी प्रतिवद्धतामा मात्र सीमित थिए । संक्रमणकालीन अस्थिर राजनीतिक अवस्था, लगानीमैत्री कानुनको अभाव, असुरक्षा आदि कारण लगानीकर्ता त्यति उत्साहित देखिएनन् । तर, अहिले दुई तिहाईको स्थिर सरकार छ । लगानीमैत्री कतिपय ऐनहरु बनेका छन् । सरकारले पुर्ण सुरक्षाको ग्यारेन्टी लिएको छ । यसकारण यो लगानी सम्मेलन विगतको निरन्तरता नहुने सरकारको विश्वास छ । यसैकारण सरकारले सम्मेलनलाई यौटा उत्सवको रुपमा लिएको छ । यसअघि भएका लगानी सम्मेलनका उपलब्धीहरुलाई अगाडि बढाउन पनि सम्मेलनको आयोजना गरिएको सरकारी दाबी छ ।


सम्मेलनलाई लक्षित गरी सरकारले केही महत्वपूर्ण ऐन परिमार्जन गरेर लगानीमैत्री बनाएको छ । अझै पनि कैयौं ऐन पारित हुन बांकी छन् । सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संशोधन गर्नुले लगानीको वातावरण बढेको उद्योगी व्यवसायीको बुझाई छ ।

स्वदेशी लगानीकर्ता र विदेशी लगानीकर्ताबीच नेटवर्किङ गर्नुको साथै स्वदेशी अथवा विदेशी लगानीकर्तालाई ऋण लगायतका विषयमा परामर्शको वातावरण बन्ने भएकोले पनि लगानी सम्मेलनप्रति स्वेदशी उद्योगी व्यवसायीहरु समेत उत्साहित भएका हुन् ।

शुक्रबार र शनिबार हुने सम्मेलनको प्रधानमन्त्री के पी शर्मा ओलीवाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनलाई विपक्षी दलका नेताले समेत सम्बोधन गर्नेछन् । सम्मेलनमा सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजीक्षेत्र, गैरआवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहने छ । विश्वका लगानकर्ताहरुलाई नेपालमा लगानीका अवसर, लगानी प्रवद्र्धनका साथै नेपाल लगानीको लागि उत्कृष्ठ गन्तव्य रहेको सन्देश दिने अवसरको रुपमा लगानी सम्मेलनलाई हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संविधान उल्लंघनको आरोपसहित सरकारमाथि तीव्र आलोचना, प्रशासनिक हस्तक्षेपबारे प्रश्न

बनेपामा मनाइयो २५०० वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

संविधान उल्लंघनको आरोपसहित सरकारमाथि तीव्र आलोचना, प्रशासनिक हस्तक्षेपबारे प्रश्न

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

बनेपामा मनाइयो २५०० वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

आईपीएल क्रिकेटमा गुजरात र हैदराबादको जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com