ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मितव्ययिता अपनाउँदै प्रधानमन्त्री, २८ प्रतिशतले खर्च कमी


एबीसी न्यूज



काठमाडौँ, १४ चैत ।  सरकारले मितव्ययिता अपनाउने रणनीतिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च २८ प्रतिशत कमी आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि मितव्ययिता अपनाउने घोषणा गरेसँगै आफ्नो कार्यालयको खर्चमा एक वर्षमा नै २८ प्रतिशत कमी ल्याउनुभएको हो । 

प्रधानमन्त्री भएलगत्तै मन्त्रिपरिषद् बैठकदेखि शुरुमा सचिवालयमा सङ्ख्या ७६ बाट झारेर ५२ बनाउनेसँगै मितव्ययी अपनाउन थाल्नुभएका प्रधानमन्त्री ओलीले एक वर्षमा रु एक करोड ६२ लाख ९९ हजार खर्च कटौती गर्नुभएको छ । 

कार्यालयले तयार पारेको विवरणअनुसार गत २०७४ फागुन मसान्त खर्च रु छ करोड ८८ लाख ९२ हजार भएकामा यही २०७५ फागुन मसान्तसम्म रु पाँच करोड २५ लाख ९३ हजार खर्च भएको छ । प्रधानमन्त्री कार्यालयतर्फ २०७४ फागुन मसान्तसम्म रु तीन करोड ५२ लाख २५ हजार खर्च भएकामा २०७५ फागुन मसान्तसम्म त्यो घटेर रु दुई करोड ५३ लाख ९५ हजारमा आएको छ । 

यस्तै मन्त्रिपरिषद् कार्यालयतर्फ २०७४ फागुन मसान्तसम्म रु तीन करोड ३६ लाख ६७ हजार खर्च भएकामा २०७५ फागुन मसान्तसम्म त्यो घटेर रु दुई करोड ७१ लाख ९८ हजारमा आएको छ । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार प्रधानमन्त्री ओलीले मितव्ययिता अपनाउने रणनीतिअनुसार खर्चमा कमी ल्याउनुभएको हो । 

उहाँका अनुसार कार्यालयबाट वैदेशिक भ्रमण र दैनिक भत्ता कटौती गर्नुभएको छ भने आन्तरिक भ्रमण पनि केही महीनाअघि मात्र खुलाइएको थियो । ‘एक नेपाली, एक फलफूल’ योजनाअन्तर्गत मात्र प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई वृक्षरोपणको अवस्थाबारे जानकारी लिन मात्र आन्तरिक भ्रमणमा जान दिइएको छ । 

ओली प्रधानमन्त्री भएपछि प्रधानमन्त्री कार्यालयतर्फ २८ प्रतिशत कम खर्च गर्दै रु ९८ लाख ३० हजार कम खर्च भएको छ भने मन्त्रिपरिषद् कार्यालयतर्फ १९ प्रतिशत खर्च कम गर्दै रु ६४ लाख ६९ हजारले कम खर्च भएको छ । प्रवक्ता कुँवरले प्रधानमन्त्री कार्यालयमा कर्मचारी सङ्ख्या १८ प्रतिशतले बढे पनि खर्च भने कम गरिएको जानकारी गराउनुभयो । 

एक वर्षको बीचमा अन्य सबै खर्चमा व्यापक कटौती भए पनि मन्त्रिपरिषद्तर्फको कार्यालयसम्बन्धी शीर्षकमा मात्र रु एक लाख बढी खर्च भएको उहाँले जानकारी गराउनुभयो । गत वर्ष कार्यालय सञ्चालनसम्बन्धी खर्चमा रु ३४ लाख ७० हजार र चालु आवमा रु ३५ लाख ७० हजार बढेको हो । गत वर्ष २०७४ फागुन मसान्तसम्म प्रधानमन्त्री कार्यालयको अन्य भत्ता रु २५ लाख भएकामा त्यो घटेर रु एक लाख ६३ हजारमा झरेको छ । 

प्रधानमन्त्री कार्यालयमा बिहान बेलुका काम गर्ने कर्मचारीलाई पहिले भत्ता दिइने गरे तापनि अहिले त्यस्ता भत्तालाई कटौती गरिएको छ । दैनिक भत्तामा कटौती भत्ता रु २५ लाखबाट रु एक लाख ६३ हजारमा झरेको प्रवक्ता कुँवरले बताउनुभयो । सबैभन्दा बढी प्रधानमन्त्री कार्यालयतर्फको अनुगमन खर्चमा समेत व्यापक खर्च कटौती भएको छ । अनुगमन तथा मूल्याङ्कन खर्च रु ३९ लाखबाट रु सात लाख ४७ हजारमा झारिएको छ । 

उहाँका अनुसार प्रधानमन्त्री कार्यालयले अहिले अत्यावश्यक काममा बाहेक कर्मचारीलाई भत्ता दिने गरेको छैन । गत वर्ष इन्धन खर्च रु ६२ भएकामा अहिले रु ५६ लाख ८२ हजार, सञ्चालन तथा मर्मतसम्भार खर्च रु २९ लाख ९७ हजारबाट रु २६ लाख, कार्यालयसम्बन्धी खर्च रु एक करोड ३८ लाखबाट रु एक करोड १३ लाख, कार्यक्रम खर्च रु २६ लाख २८ हजारबाट रु २१ लाख ५६ हजार, अनुगमन तथा मूल्याङ्कन खर्च रु ३९ लाखबाट सात लाख ४७ हजार र विविध खर्च रु ३२ लाखबाट रु २७ लाख ४७ हजारमा झारिएको छ । 

यस्तै मन्त्रिपरिषद्तर्फ समेत गत वर्षभन्दा यस वर्ष रु ६४ लाख ६९ हजार कमी खर्च भएको छ । गत वर्ष मन्त्रिपरिषद्तर्फ इन्धन रु ९० लाख ३३ हजारमा यस वर्ष रु ६० लाख ६६ हजार, सञ्चालन तथा मर्मत खर्च रु ७६ लाख ६६ हजार भएकामा अहिले ५८ लाख ६२ हजार र विविध खर्च रु एक करोड ३५ लाखबाट रु एक करोड १७ लाखमा झरेको छ । 

प्रधानमन्त्री कार्यालयअन्तर्गत प्रधानमन्त्रीको निजी सचिवालय, कर्मचारी पर्दछ भने मन्त्रिपरिषद् कार्यालयअन्तर्गत प्रधानमन्त्रीको स्वकीय सचिवालय, सल्लाहकारको समूह रहने गरेको छ । प्रवक्ता कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट ‘मितव्ययितासम्बन्धी कार्यविधि–२०७५’लाई पूर्णरुपमा कार्यान्वयन गरिएर कार्यालयको खर्चमा कटौती गरिएको जानकारी गराउनुभयो । 

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री ओलीले ५२ जना स्वकीय सचिवालयमा राख्न पाउने व्यवस्था भए पनि अहिले आधा अर्थात् २६ जना राख्नुभएको छ । तीमध्ये छ जना सल्लाहकार, तीन जना विज्ञ, दुई जना अवैतनिक सल्लाहकार र १५ जना अन्य कर्मचारीसहित २६ जनाको स्वकीय सचिवालयमा रहेको छ । दुई जना अवैतनिक सल्लाहकार अख्तर अलि र मनोज पाण्डेले भने सेवा र सुविधा लिँदैनन् । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

युक्रेन र रुसबीच टर्कीमा वार्ता सम्पन्न, युद्धबन्दी रिहा गर्ने सहमति

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

काठमाडौंमा तीव्र गतिको हावाहुरी, जनजीवन प्रभावितः तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com