
बुटवल, १३ चैत्र ।
बुटवलको जितगढीमा अज्ञात ब्यक्तिको गोली प्रहारबाट एक जनाको ज्यान गएको छ । बुधबार राती ८ बजे जितगढीमा चलेको गोलि लागेर भारतीय नागरिक फिरोज खानको घटनास्थल मै मृत्यु भएको छ ।
काम गरेर डेरामा फर्कने क्रममा डेराको गेट कै अगाडी अज्ञात ब्यक्तिले खान माथी गोलि प्रहार गरि फरार भएका थिए । देब्रे छातीमा गोली लागे लगत्तै खानको मृत्यु भएको थियो । गोली चलेको आवाज सुने बाहिर निस्कंदा श्रीमान गेट अगाडी नै ढलेको देखेपछि खानलाई लुम्बिनी प्रादेशीक अस्पताल लगिएको थियो । अस्पताल पु¥याए लगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
बिगत १० वर्ष देखि बुटवल स्थित मैनाबगरको ज्योती मोटर पार्टस अटो ग्यारेजमा हेड मिस्त्रीको काम गरिरहेका ४५ वर्षिय खानको हत्या रहस्यमय देखिएको छ । खानलाई अस्पताल लिएर आएका भतिजा सोनु खानले कसैसंग रिसीबी वा झगडा भएको आफुले थाहा नपाएको बताए ।
घटना लगत्तै प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । बुटवलका सबै नाकाहरुमा सिल गरेर अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालउ बुटवलमा प्रमुख डिएसपी डिलबहादुर मल्लले बताउनु भयो ।




















प्रतिक्रिया दिनुहोस्