बुटवल, २८ माघ ।
सुचना सञ्चार तथा प्रबिधी मन्त्री गोकुल वास्कोटाले सञ्चार गृहहरुले श्रमजिवी पत्रकारलाई न्युनतम पारिश्रमीक उपलब्ध नगराउंदैमा सञ्चारमन्त्रीकोे केहि नगुम्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको बार्षिक साधारण सभाको आज बुटवलमा उदघाटन गर्दै मन्त्री वास्कोटाले सरकरले न्युनतम पारिश्रमीक निर्धारण गरि लागु लागु गर्न भनिए पनि सञ्चारगृहहरुले लागु नगरेको भन्दै लागु नगर्दा सरकारलाई फरक नपर्ने बताउनुभयो ।
मन्त्री बास्कोटाले सरकारले प्रेस ऐन ल्याउने तयारी गरिरहेको जानकारी गराउंदै बिपक्षिहरुले जतिसुकै बिरोध गरेपनि सरकार पत्रकारीतालाई सुदृढ गराएरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । इतिहासमै पहिलो पटक समानुपातीक बिज्ञापनको बिधेयक संसदमा पेश भएको दाबी गर्दै सञ्चार मन्त्री बास्कोटाले सामाजीक संजालको नियमनलाई पनि सरकारले कडाई गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । लोकतन्त्रमा काम कम र कुरा बढी हुने गरेको टिप्पणी गर्दै उहांदे बिधी र पद्धतीका कारण ड्यामका ड्याम काम गर्न नसेको बताउनुभयो ।
साधारणसभाकै अवसर पारेर महासंघ रुपन्देही शाखाले पुर्वअध्यक्षहरु, सल्लाहकारहरु तथा प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाले स्थापना गरेको सर्वोकृष्ठ पत्रकारीता पुरस्कारबाट पत्रकार भगवती पाण्डे र डायलसन अधिकारी तथा शिक्षा पत्रकारीता पुरस्कारबाट पत्रकार लक्ष्मण पोखरेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष तथा महासंघका पुर्व अध्यक्ष महेन्द्र बिष्ट, प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली लगायतले सरकार श्रमजिवी पत्रकारको हितमा उदाशिन रहेको बिचार ब्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्