ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभा बैठकबाट स्थायी राजधानीको टुङ्गो लाग्ने : मुख्यमन्त्री राई


admin


विराटनगर, १६ माघ ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यही माघ २० गतेबाट शुरु हुने प्रदेशसभा बैठकबाट स्थायी राजधानी र नामकरणको टुङ्गो लाग्ने बताउनुभएको छ । 

नगर विकास कोषको ऋण सहयोगमा विराटनगर महानगरपालिकाले वडा नं ११ मा निर्माण गरेको बस टर्मिनलको आज उद्घाटन कार्यक्रममा उहाँले प्रदेशको पूर्वाधार निर्माण गर्न आगामी केही दिनमा निजी क्षेत्रको सहकार्यमा लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिनुभयो । 

उहाँले विकास र संवृद्धिको उद्देश्यप्रति केन्द्रित भएर सरकारले विकास निर्माणको वातावरण तयार गरिरहेको धारणा व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री राईले हिमाल, तराई र पहाडका जनताको विकासप्रतिको चाहना परिपूर्ति गर्न भूगोलअनुसारका विकास कार्य गर्न प्रदेश सरकार योजनाबद्ध भएर लागेको चर्चा गर्दै यस क्षेत्रको पर्यटन पूर्वाधार निर्माण गरी स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने बताउनुभयो । 

मुख्यमन्त्री राईले विराटनगरवासीको चाहनाअनुरूपको बृहत् मनोरञ्जनस्थलका पार्कको निर्माण गर्नुपर्नेमा जोड दिँदै ‘सडक, विद्युत्, सहरीकरण, स्वास्थ्य, शिक्षा’ जस्ता जनताका आवश्यक विकास योजनालाई गुरुयोजना बनाई सरकारले निर्माण गर्ने छ भन्नुभयो । 

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले टर्मिनल क्षेत्रमा सेवा केन्द्र स्थापनाका लागि सरकारले सहयोग गर्ने बताउँदै यसको संरक्षण, सफाइ र सुरक्षाका लागि सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

सामाजिक विकासमन्त्री जीवन घिमिरेले दक्ष जनशक्ति निर्माणका लागि प्रदेश सरकारले नौ हजार युवालाई तालीम प्रदान गर्ने बताउँदै नगर क्षेत्रमा ३०० किलोमिटर सडक कालोपत्रे, विमानस्थल विस्तार र वैजनाथपुरमा सुविधासम्पन्न खेलमैदान निर्माण कार्य अगाडि बढाएको जानकारी दिनुभयो । 

प्रदेशसभामा नेपाली काङ्ग्रेसका सचेतक केदार कार्कीले नयाँ बस टर्र्मिनलमा शिशुस्तनपान स्थान र सुरक्षाको उचित प्रबन्धसहित सिसीटिभीको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । 

जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले विराटनगरलाई स्थायी राजधानी घोषणा नभएमा जिल्लावासीको सहयोगमा समितिका भवनमा सञ्चालन भएको प्रदेशसभा बैठक सञ्चालन गर्न नदिने घोषणा गर्नुभयो । 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सङ्घीय र प्रदेश सरकारको सहयोगमा विकास कार्य अगाडि बढाउँदै जाने विचार व्यक्त गर्दै बस टर्मिनल क्षेत्रमा बायोग्यास शौचालयको निर्माण गरिने बताउनुभयो । 

विसं २०७३ मङ्सिर १९ गते शिलान्यास भई विसं २०७५ असोज १४ गते सम्पन्न भएको उक्त टर्मिनल ३० कट्ठा जग्गामा पाँच हजार ५८० वर्गमिटरमा निर्माण गरिएको छ । गौरीपार्वती निर्माण सेवा काठमाडौँले रु आठ करोड ४७ लाखमा निर्माण सम्पन्न गरेको बस टर्मिनलमा रेष्टुराँ, कफीसप, लगेज रुम, टिकट काउण्टर र महिला तथा पुरुष शौचालयको व्यवस्था रहेको छ । 

टर्मिनलबाट एक समयमा ५५ वटा यातायात साधन राख्ने व्यवस्थासहित सरसफाइका लागि २० हजार लिटर पानी अट्ने पानी ट्याङ्कीसमेत निर्माण गरिएको छ । 

नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश अध्यक्ष किशोर धमलाले टर्मिनल सञ्चालनका लागि यातायात मजदूरसँग छलफल नभएको बताउँदै लामो र छोटो दूरीका गरी ३५० यातायात प्रत्येक पाँच÷पाँच मिनेटमा छुट्ने भएकाले महानगरपालिकाले यातायात व्यवस्थासँग सहकार्य गरी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसदबाट स्वत:निलम्बित भए बस्नेत

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपालको ब्यूरोक्रेसीलाई हामीले नै लोभी बनाएका छौँ – शंकर पोखरेल

प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्नेमा जोड

१४ महिनापछि देउवाजीलाई ‘लौ प्रधानमन्त्री’ भन्दै किस्तीमा राखेर पद हस्तान्तरण गर्छु – प्रधानमन्त्री ओली

कांग्रेस सांसद बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बन हुने प्रतिनिधिसभा सदस्य ३ पुगे, एक फरार

अब दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ – सञ्चारमन्त्री गुरुङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com